Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्सामा जारी जनगणनाकाे अनुगमन

spot_img
spot_img

वीरगंज । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पर्सामा जारी जनगणनाकाे मंगलबार जिल्ला जनगणना कार्यालय पर्साकाे एक टाेलीले अनुगमन गरेकाे छ ।

जिल्ला जनगणना अधिकारी केशव ज्ञवाली नेतृत्वकाे टाेलीले कालिकामाई गाउँपालिका र धाेबिनी गाउँपालिकाकाे विभिन्न वडामा जारी गणना कार्यकाे अनगुमन गरेकाे हाे । अनुमन टाेलीले कालिकामाई गाउँपालिकाकाे वडा नं. १, २, ४ र ५ मा जारी गणना कार्यककाे अनुगमन गरेकाे स्थानिय जनगणना अधिकारी उमेश सहनीले जानकारी दिए ।

अनुगमनकाे क्रममा दाेस्राे चरणकाे जनगणना अन्तर्गत मुल गणनाकाे लागि खटिएका गणकहरुले भरेकाे फाराम चेकजांज गर्नुकाे साथै देखिएकाे कमिकमजाेरी बारे जानकारी गराइएकाे अधिकारी सहनीले वताए ।

अनुगमन टाेली प्रत्येक वडामा खटिएकाे गणकहरुकाे एक ठाउँमा भेला गराएर उनीहरुले भरेकाे प्रश्नावली फारम चेकजांच गरेकाे थियाे । साे क्रममा देखिएकाे गलती सच्याउन निर्देश दिइएकाे अनुगमन टाेलीले जनाएकाे छ ।

साे अनुगमन टाेलीमा जिल्ला जनगणना कार्यालय पर्साका सहायक कर्मचारी अमित खड्का, नितेश साह,  साेमलाल श्रेष्ठ सहभागिता रहेकाे थियाे ।

“मेराे गणना, मेराे सहभागिता” नाराका साथ जारी राष्ट्रिय जनगणनाकाे लागि पर्सामा ५५६ जना गणक खटिएका छन् भने उनीहरुकाे सुपरिवेक्षणकाे लागि १४२ जना सुपरिवेक्षकहरु खटिएका छन् । कात्तिक २५ गतेदेखी सुरु भएकाे मुल गणना कार्य मंसिर ९ गते सक्ने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...