Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

छठमा हिन्दुमाथि भएकाे आक्रमणकाे विरुद्ध वीरगंजमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । छठ पुजामा मुस्लिम समुदायद्वारा हिन्दुमाथी गरिएको आक्रमणको विरोधमा हिन्दु समाज पर्सासहित विभिन्न हिन्दुवादी संगठनहरुले वीरगन्जमा बिशाल विरोध जुलुस प्रदर्शन गरेका छन् ।

धनुषा, बारासहित विभिन्न जिल्लामा मुस्लिमहरुद्वारा हिन्दुहरुको आस्थाको केन्द्र एवं प्रमुख चाड छठ पर्वमा हस्तक्षेप गरी हिन्दुमाथि गरिएको आक्रमण विरुद्ध हिन्दुवादी संगठनहरुले विराेध जुलुश प्रदर्शन गर्दै विरोध जनाएका हुन ।

हिन्दु समाज पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालयस्थित लालबांगलाबाट निकालिएको विरोध जुलुसमा विभिन्न हिन्दुवादी संगठन तथा हिन्दु युवाहरुको उल्लेखनिय सहभागिता रहेको थियो । विरोध जुलुस वीरगन्जको घण्टाघर, माईस्थान, आर्दशनगर, छपकैया हुँदै वीरगंज बजार परिक्रममा पश्चात पुन: घण्टाघर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध जुलुसमा सहभागिहरुले मुख्यमन्त्री लालबाबु राउत गद्दीले राजिनामा दिउ, हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमलाई कडा भन्दा कडा कारवाही गर, ईस्लामिक आतकवाद मुर्दावाद, नेपाललाई हिन्दु राष्ट्र कायम गर, दाेषी उपर कारवाही गर, जय श्रीराम लगायतको नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकता बोकेका मुस्लिमहरुलाई यथाशिघ्र पक्राउ गरी कडा कारवाही गर्न माँग गरे ।

हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलले मुस्लिम आयोग र प्रदेश २ का मुख्यमन्त्रीको मिलोमतोमा हिन्दुहरुको मनोबल खसाउँने काम भईरहेको आरोप लगाए । उनले भने, “समय मै हिन्दु सचेत भएन भने, जनकपुर र बारामा होईन पर्सामा पनि हिन्दुमाथि आक्रमण हुने निश्चित छ ।”

धर्मनिरपेक्ष भएदेखि नै हिन्दुको आस्थासंग खेलावाड गर्ने काम भईरहेको वताउँदै अध्यक्ष पटेलले भने, “आजको ¥यालीलाई समेत असफल बनाउँन केहि पार्टीका नेताहरु आफनो कार्यकर्तामा ह्वीप जारी समेत गरेका थिए ।”

विभिन्न पार्टीमा लागेका हिन्दु नेताहरुले गर्दा नै मुलुकमा धर्मनिरक्षेपता ल्याईएको बताउँदै अध्यक्ष पटेलले उनीहरुले गर्दा नै अहिले हिन्दुमाथि गैर हिन्दुहरुले आक्रमण गरीरहेका आरोप लगाए । हिन्दुत्वलाई संरक्षित गर्न एक मात्र विकल्प हो, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने पर्छ । हिन्दु राष्ट्र घोषणा गराउँन सम्पूर्ण हिन्दुसमाज एकजुट भएर सडक आन्दोलन गर्नु पर्ने बताए ।

विश्व हिन्दु परिषदका जिल्ला अध्यक्ष ओमप्रकाश साहले प्रदेश २ का मुख्यमन्त्रीले नै हिन्दुमाथि आक्रमण गराएको आरोप लगाउँदै उनको राजिनामाको माँग गरे ।

अर्का बक्ता हिन्दुवादी एवं नेपाली काँग्रेसका जिल्ला सदस्य धर्मेन्द्र पटेलले पनि हिन्दुमाथि आक्रमण गर्नेलाई कुनैपनि हालतमा जोड्न नहुने चेतावनी दिए । उनले हाम्रो समाजका एकजना माथि आक्रमण हुदाँ हामी पाँचजना माथि आक्रमण गर्नुपर्छ अनि मात्र उनीहरु सुध्रिन्ने बताए ।

नेपाल विश्व हिन्दु महासंघका सचिव अभिषेक तिवारीले पनि नेपालका हिन्दु संगठित हुनुपर्नेमा जोड दिए । उनले हिन्दु संगठित भएन भने हामी सरनार्थी हुन्छौ । मुस्लिम आयोग र मुख्यमन्त्रीको गतिविधि राम्रो छैन, उनले भने, नेपालमा अवैध रुपमा भित्रियाईएका मुस्लिमहरु संगठित भएर हिन्दुमाथि आक्रमण गरीरहेका छन र यिनिहरुको संरक्षण मुस्लिम आयोग र मुख्यमन्त्रीले नै गरीरहेको छ । आफनो धर्म संस्कृति बचाउँन र नेपाललाई ईसाईकरण र मुस्लिमिकरणबाट जोगाउँन हिन्दुहरु संगठित भएर नेपाललाई पुन: हिन्दुराष्ट्र घोषणा गराउँनु पर्छ । नेपाललाई हिन्दु राष्ट्र बनाएनौ भने, आउँने सन्तति यसको परिणाम चुकाउँने छ । अहिले पनि समय वितेको छैन, हामी सम्पूर्ण हिन्दु मिलेर नेपाललाई हिन्दुराष्ट्र बनाउँनु पर्छ उनले भने ।

कार्यक्रममा बाबा बंजरंगीले पनि बारा र जनकपुरमा हिन्दुमाथि आक्रमण गर्ने जिहादी मानसिकताका मुस्लिमलाई कडा कारवाही गर्न माग गरे । उनले भने, अहिले हिन्दु युवा सडकमा आएको छ, जुनदिन साधुसन्त समाज सडकमा उत्रिन्छ त्यो दिन हिन्दुमाथि आक्रमण गर्नेलाई कसैले पनि बचाउँन नसक्ने चेतावनी समेत दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...