Date
शुक्र, साउन २२, २०८३
Fri, August 7, 2026

एक महिनाकाे आन्दाेलनपछि तिलावे पुलकाे निर्माण कार्य सुरु

spot_img
spot_img

वीरगंज । पर्सा जिल्लाको ग्रामिण भेगलाई सदरमुकाम वीरगञ्जसँग जोड्ने एक मात्र सडकमा रहेको तिलावे खाेलाको पुल निर्माण कार्य सुरु भएको छ । ठेकेदारको लापरवाहीका कारण विगत ७ महिनादेखि अलपत्र परेको पुल निर्माण कार्य सुरु भएकाे हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख इन्जिनियर दरोगा साहले जानकारी गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको ठेकेदारसहितको सर्वपक्षिय बैठकमा विगत ७ महिनादेखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य यथासिघ्र सुचारु गर्ने सहमति भएकाे थियाे । साेही सहमती अनुसार पुल निर्माण कार्य सुरु भएकाे हाे ।

पुल निर्माणकाे लागि पर्सेली युवाहरुकाे एक समुहले विगत एक महिनादेखी आन्दाेलित छन् । पुल निर्माण नहुँदा पुरानाे सांघुराे पुलमा दिनहु ट्राफिक जाम लाग्ने गरेकाे छ । त्यस कारण पर्सेली जनताहरुलाई सास्ती हुने गरेकाे छ । 

बैठकमा रोकिएको पुलको निर्माण कार्य मंगलवार विहानदेखि सुचारु गर्ने र चैत मसान्तभित्र निर्माण कार्य सक्ने सहमति भएको थियाे । बैठकले सर्वपक्षिय टोलीले पुल निर्माण कार्यको समय समयमा अनुगमन गर्ने सहमति पनि गरेको छ ।

यस्तै, पुल छेउमा मंगलबार बिहान ८ बजेदेखि डाइभर्सन निर्माणको काम पनि सुरु गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए । तिलावे नदीमा अहिले रहेको पुरानो साँघुरो फलामे पुलमा हरेक दिन बिहान र साँझ लाग्दै आएको ट्राफिक जामको समस्या हटाउन त्यसको व्यवस्थापन नेपाल प्रहरी र ट्राफिक प्रहरीले गर्ने सहमति पनि भएको पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार भएको बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी उपरिक्षक बेल बहादुर पाण्डे, हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख इन्जिनियर दरोगा साह, पुल निर्माणको ठेक्का लिएको पप्पु लूम्बीनी जेभि कन्ट्रक्सनका सञ्चालक, विभिन्न पालिकाका अध्यक्ष, राजनीतिक दलका प्रमुख लगायतको सहभागीता रहेको थियो । 

३ बर्षमा बन्नु पर्ने पुल ६ बर्षमा बनेन

वीरगञ्ज ठोरी हुलाकी सडकखण्डमा पर्ने तिलावे नदीमा ३ वर्ष भित्रै बन्नु पर्ने पुल अहिले ६ वर्ष बितसक्दा पनि बन्न नसक्दा पर्सा जिल्लावासीले सास्ती खेप्दै आएका छन् । पुलमा हरेक दिन बिहान र साँझ घण्टौ सम्म ट्राफिक जाम लाग्ने गरेको छ।

त्यहि कारण पर्साका सचेत युवाहरुको सकृयतामा गठित तिलावे पुल निर्माण दबाब समु्हले विगत १ महिनादेखि तिलावे पुलको निर्माण कार्य सुचारुको माग गर्दै दबाब मुलक आन्दोलन गर्दै आएको थियो ।

युवाहरुको दवाव मुलक आन्दोलनका कारण सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षिय बैठकले अलपत्र रहेको पुलको निर्माण कार्य सुचारु गर्ने निर्णय गरेको हो । 

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोला पुलको ठेक्का सकार गरेको थियो । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका अनुसार सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर ठेकेदार कम्पनिले पटकपटक म्याद थप गराउँदै आएको थियो । पछिल्लो पटक थपिएको ठेक्काको म्याद पनि गत भदौ ६ मा सकिसकेको छ । 

विगत ७ महिना यतादेखि पुलको काम अलपत्र छाडेर ठेकेदार कम्पनि पनि सम्पर्कमा थिएन । त्यसपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले ठेक्का सम्झौता नै तोड्ने गरी ७ दिने सूचना पनि निकालेको थियो । 

सूचनामा ठेकेदार कम्पनीलाई ७ दिन भित्र (असोज २१ गते भित्र) चित्तबुझ्दो जवाफ दिन निर्देशन दिँदै अन्यथा कारवाही अघि बढाइने जनाइए पनि ठेकेदार कम्पनि कार्यालयमा हाजीर भएन । पर्साका युवाहरुले विगत एक महिना देखि पुल निर्माण स्थलमै पुल निर्माणको माग गर्दै दबाबमुलक आन्दोलन गर्दै आएका थिए । 

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका प्रमुख साहले ठेकेदारको आग्रहमा पुल निर्माणको अवधी अन्तिम पटक चैत मसान्तसम्मका लागि थप गर्ने प्रकृया अगाडि बढाइसकाे समेत जानकारी गराएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...

पर्सामा २३ लाख ५८ हजार रुपैयाँभन्दा बढीका अवैध सामान बरामद

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले दुई दिनको कारबाहीमा रु. २३ लाख ५८ हजार ९० बराबरका अवैध सामान तथा...