Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

प्रदेश २ मा गाँजा फडानी तथा बरामद अभियान

spot_img
spot_img

वीरगंज । सशस्त्र प्रहरीले प्रदेश नं. २ मा गाँजा फडानी तथा बरामद अभियान सुरु गरेकाे छ ।

अभियान अन्तर्गत महाेत्तरी जिल्लाकाे एकडाँरा गाउँपालिका वडा नं.  ५ गोनाहा बथनाहा र साेही गाउँपालिकाकाे वडा नं. ३ अजम्वरपट्टी, महोत्तरी गाउँपालिकाकाे वडा नं. ४ रानिरतुवाका बिभिन्ना स्थानमा ८ बिगाहको क्षेत्र भित्र लगाएको गाँजा फडानी गरिएकाे शस्त्र प्रहरी प्रदेश नं. २ का डिआइजी गणेश ठाडा मगरले जानकारी दिए ।

 सशस्त्र प्रहरी छिन्नानमस्ता बाहिनीका बाहिनी पति, नं.९ गणको सशस्त्र प्रहरी उपरिक्षक, नेपाल प्रहरीकाे प्रहरी उपरिक्षकसहितको सशस्त्र प्रहरीको ४५ जना र नेपाल प्रहरीकाे ३० जनाको संयुकत टोलिले गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको हाे ।

आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिई कार्य गरिने डिआइजी मगरले वताए ।

यस्तै, सर्लाही जिल्लाकाे लालबन्दी नगरपालिका वडा नं. १४ कामिटारमा ३ बिगाह क्षेत्र भित्र लगाएको गाँजा फडानी गरेकाे छ ।

सशस्त्र प्ररहीकाे १० नम्बर गणबाट ससशस्त्र प्रहरी नायब उपरिक्षक दिपेन्द्र थापा नेतृत्वकाे ४० जना सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरिक्षक सुरेश ठाकुर नेतृत्वकाे २४ जनाको संयुक्त टोलिले गाँजा फडानी तथा बरामद कार्य शुरु गरी नष्ट गरेको हाे ।

यस्तै, सशस्त्र प्रहरी २ नम्बर बाहिनी बर्दिबासले महोत्तरी जिल्लाकाे जलेश्वर नगरपालिकाका वडा ७ ‌अंकार टोलबाट अवैध लागु औषध गाँजा बरामद गरेकाे छ ।

स्थानिय सागर दाशको घरमा अबैध लागु ‍औषध गाँजा लुकाइ राखेको भन्ने बिशेष सूचनाको आधारमा नं.२ बाहिनी बर्दिबासबाट स.प्र.ब.ह.मन्तोष सिंहको कमाण्डमा खटीएको ४ जनाको टोली,बि.ओ.पि.जलेश्वरबाट स.प्र.नि.बिर्ख बहादुर शाही र थप मद्धतको लगी नं.९ गण महोत्तरीका गणपति स.प्र.उ.सुरेश सापकोटाको कमाण्डमा खटीएको १५ जना गरी जम्मा २० जनको संयुक्त टोलीले १४.५ के.जि.का दरले तीन पोका गरी जम्मा ४३.५ के.जि.अबैध लागु औषध गाँजा बरामद गरेकाे हाे ।

 उक्त बरामद गाँजा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएकाे छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धर्म, संस्कृति र परम्पराको संरक्षणले सद्भाव, शान्ति र एकता कायम गर्छः सभामुख यादव

जनकपुरधाम । मधेस प्रदेशका सभामुख रामअशिष यादवले धर्म, संस्कृति र परम्पराको संरक्षणले सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न महत्वपूर्ण टेवा पुगेको बताउनुभएको छ...

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ । यही भदौ १८ गते अपहरणमा परेका...

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...