[real3dflipbook id=”251″]
ताजपुरमा धर्मशाला उद्घाटन
वीरगंज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगंज महानगरपालिका २१ ताजपुर टोलमा नवनिर्मित धर्मशाला तथा विवाह भवनको शनिबार उद्घाटन गरेका छन् । यादवको संसदीय विकास कोषको ३२ लाख रुपैयाँ लागतमा उक्त धर्मशाला निर्माण गरिएको हो ।
धर्मशाला उद्घाटन गर्दै सांसद यादवले समाजमा जकडिएर रहेको दाइजो प्रथाको अन्त्यका लागि हामीले सबैले आफ्नैबाट सुरुवात गर्न आह्वान गरेका थिए । ‘समाजमा दिनप्रतिदिन गरिबी बढ्दो छ, आम्दानीको स्रोत कम छ,’ उनले भने, ‘दाइजो प्रथाले झन गरिबी बढाएको छ ।’ याउने हिसाबले विवाह जस्ता पारिवारिक तथा सामाजिक परम्परा सम्पन्न गर्न अनुरोध गरेका थिए ।
धर्मशाला निर्माणले गाउँको चेली बेटीको विवाह गर्दा जन्तीलाई धर्मशालामा व्यवस्थित तरिकाले राख्न मिल्ने भएपछि ताजपुरवासी हर्सित भएकाे वताइएकाे छ । यसअघि धर्मशाला नहुँदा टोलमा जन्ती आउँदा खरियान वा सडक किनारमा टेन्ट टाँगेर राख्नुपर्ने बाध्यता रहेको थियो ।
केही गाउँलेले कृषि फारममा अनुरोध गरेर भएपनि जन्तीको व्यवस्थापन गर्दै आएका थिए । सांसद यादवको संसदीय विकास कोषको रकमले निर्माण भएको धर्मशालामा जन्तीलाई व्यवस्थित रुपले राख्न सकिने उपभोक्ता समितिका अध्यक्ष इनरदेव महतोले बताए ।
धर्मशाला सञ्चालनका लागि संरक्षण समिति गठन गरिएको छ । उद्घाटन कार्यक्रममा इकाई अध्यक्ष निरन्जन पटेल, जिल्ला सदस्य तथा वडाध्यक्षका प्रत्याशी राधाकृष्ण रौनियार, अरुण महतो, भोज महतो कृशवाहा लगायत ताजपुरवासीको उपस्थिती रहेको थियो ।
चार बर्षिय बालिकाकाे उपचारमा आर्थिक सहयाेग
वीरगंज । पाेखरिया युवा समाजले एक चार बर्षिय बालिकाकाे उपचारमा सहयाेग गरेकाे छ । युवा समाजले महाेतरीकाे मनरासिसवा नगरपालिका निवासी नरेश ठाकुरकी ४ बर्षिय छाेरी अंकिता कुमारी ठाकुरकाे उपचारमा आर्थिक सहयाेग गरेकाे हाे ।
काठमाडाैंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेकी अंकितालाई अस्पताल मै पुगेर पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्रले रु २५ हजार नगद सहयाेग गरेका हुन् ।
विभिन्न व्यक्तिबाट संकलित रकम एक मुष्ट उपचाररत काठमाडाैंस्थित अस्पताल मै पुगेर अंकिताकाे बुवा नरेश ठाकुरलाई हस्तान्तरण गरिएकाे युवा समाजका उपाध्यक्ष मिश्रले जानकारी दिए ।
मिश्रले गरिब र अति विपन्न परिवारकी अंकिताकाे उपचारमा अझै आर्थिक अभाव देखिएकाेले अन्य व्यक्ति र संस्थाहरुलाई सहयाेग गर्न आग्रह समेत गरेका छन् । किडनीमा समस्या देखिएकाे अंकिताकाे अवस्था पहिलादेखी सुधार उनमुख रहेकाे जानकारी गराउँदै मिश्रले चिकित्सकका अनुसार अझै ४ देखी ५ लाख सम्म रकम खर्च हुन सक्ने भएकाेले सहयाेग गर्न आग्रह गरे ।
अनेम संघ (समाजबादी) पर्साको जिल्ला कमिटी गठन
वीरगंज । नेकपा (एकीकृत समाजबादी) निकाटको अखिल नेपाल महिला संघ (समाजबादी) पर्साको भेला शनिबार सम्पन्न भएको छ । सम्पन्न भेलाले मिनु मानन्धरको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेकाे छ ।
कमिटीको उपाध्यक्षमा धर्मशिला कुशवाहा, रेनु कुमारी चौरसिया, कमला घिमिरे, सचीवमा सोभा देबि राम, सह-सचीवमा संगीता कुमारी महर्जन, जयमती राम, सकुन्तला पासवान, कोपिला थापा, सिमा देबि पासवान, कोषाअध्यक्षमा प्रभा देबि महतो र सदस्यमा श्रृजना श्रेष्ठ, पना देबी राम, सीता देबि बैठा, रम्भा देबि कुशवाहा लगायतका रहेका छन् ।
एकीकृत समाजवादीका सचीवालय सदस्य योगमाया तामाङको अध्यक्षता र अखिल नेपाल महिला संघ (समाजबादी) प्रदेश नं. २ का अध्यक्ष बिभा कार्की, एकीकृत समाजवादीका पोलिट बिउरो सदस्य एवम् पर्सा इन्चार्ज रामचन्द्र साह, जिल्ला अध्यक्ष बालगोपाल थापा, अनेम संघ (समाजबादी) का सचिव कमला वाइबा, नेकपा एसका नगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मन्जुर आलम, सचीव बृजलाल पासवान, जिल्ला उपाध्यक्ष गङगा खडका, सचीव बिक्रम चौरसिया लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
दलित पत्रकार संघ पर्साले अनलाईन र मासिक म्यागजिन सञ्चालन गर्ने
वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको शनिबार बसेकाे बैठकले अनलाईन र मासिक म्यागजिन सञ्चालन गर्ने निर्णय गरेकाे छ । वीरगंजकाे पानीट्यांकिस्थित संघको कार्यालयमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बसेकाे बैठकले पानीटंकीमा संचालनमा ल्याएकाे संघकाे कार्यालय यही मंसिर २९ गते बुधवार औपचारिक रुपमा उद्घाटन गर्ने पनि निर्णय गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै संघका सल्लाहकार बृजलाल पासवानले दलित पत्रकार संघमार्फत पर्सा जिल्लाका दलितहरुका आवाज उठान गर्न मासिक पत्रिका र अनलाईनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पासवानले भने, ‘अब दलित पत्रकार संघका गतिविधिलाई बढाउनुपर्छ र दलित महिला सदस्यसँगै अन्य दलित समुदायलाई पनि उनीहरुले राज्यबाट पाउने हक अधिकारको बारेमा सुसचित बनाउन संघले पहल चाल्नुपर्छ ।’
संघका अध्यक्ष श्याम पासवानले दलित पत्रकार संघ पर्सा शाखालाई नमुना शाखाको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
विशूद्ध रुपमा दलितका मुद्धा र आवाजलाई उठान गर्ने अभिप्रायले संघले मासिक रुपमा पत्रिका प्रकाशन गर्नुका साथै अनलाईन सञ्चालन गर्ने निर्णय गरेको संघका सचिव सुर्यनारायण विकले वताए ।
बैठकमा संघका उपाध्यक्ष सुरेश बादल, सदस्यहरु सुबास राम, रामबाबु राम महरा, संगीता दास, सुशिल हजरा, ईश्क कुमार पासवान, दलित अगुवा बुनेल राम लगायतको उपस्थिती रहेको थियो ।
रेडियाे वीरगंजकाे लाइभ कन्सर्ट भव्य रुपमा सम्पन्न
वीरगंज । मध्य तराईको पहिलो रेडियो, रेडियो वीरगंजले आफ्नाे १९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयाेजना गरेकाे लाइभ कन्सर्ट भव्य रुपमा सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरमा भएकाे कन्सर्टमा स्थानिय तथा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुले राखेकाे प्रस्तुतीमा कार्यक्रममा सहभागिहरुले झुमेका थिए ।
कार्यक्रममा नेपाली गायक प्रकाश सपुत, हेमन्त शर्मा, कमल खत्री, एलिना चौहान, मेलिना मैनाली, सञ्जु अमात्य, भाेजपुरी गायक सुनिल पण्डित, हाँस्य कलाकार सुबोध गौतमले प्रस्तुती दिएका थिए । यसका साथै कल्युड डान्स ग्रुप हेटाैडाका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
रेडियो वीरगंज तथा टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएकाे कन्सर्टकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए ।
कन्सर्टकाे उद्घाटन गर्दै सांसद यादवले मधेश आन्दोलनदेखि हालसम्मको अवस्था र व्यवस्था परिवर्तनमा रेडियो बीरगंजकाे महत्वपूर्ण भूमिका रहेको बताए । उनले रेडियाेलाई विगत झै सधै सत्य र तथ्यमा आधारित सामाचार प्रसारण गर्दै जनतालाई सुचित गर्न शुभकामना दिए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद यादवले मधेश आन्दोलनका घाईते एवम् कार्यक्रमका बिशिष्ट अतिथी मुन्सी पटेललाई संकेत गर्दै आफुसँगैका मधेश आन्दोलनका आन्दोलनकर्ताको दुखद अवस्था आएपनि सरकारले केही गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।
कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, उद्याेगपती अशाेक वैध, लोसपाका नेता राजेशमान सिँह, नेजामुदिन सम्मानी, शिव पटेल, ओमप्रकाश सर्राफ, जसपाका वीरगंजका महानगर अध्यक्ष ईश्वर यादव लगायतको उपस्थिती रहेको थियाे ।
कार्यक्रमकाे संचालन रेडियाे वीरगंजका उज्जवल घिमिरे र निलिमा पाैडेलले गरेकी थिइन भने स्वागत मन्तव्य ध्रुव अधिकारीले राखेका थिए ।
कार्यक्रममा रेडियाेले कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका मधेश आन्दाेलनका घाइते मुन्सी पटेललाई व्हील चेयर प्रदान गर्दै सम्मान समेत गरेकाे थियाे । यस्तै, रेडियाे वीरगंजकाे उत्कृष्ट कर्मचारीकाे रुपमा रेडियाेकाे लेखापाल राजेश चाैधरी र कार्यक्रम प्रस्ताेता एमके गुप्तालााई पनि सम्मान गरिएकाे थियाे ।







एनए कलेजकाे बिदाई कार्यक्रम सम्पन्न
बादशाहको भोजपुरी गीत ‘पानी पानी’ बाहिरियोः फिट अक्षरा सिंह, खेसारीलाल
र्यापर बादशाहले गाएको हिट नम्बर ‘पानी-पानी’ को भोजपुरी संस्करणको गीत विहिबार सार्वजनिक भएको छ। गीतको भोजपुरी संस्करण भोजपुरी सुपरस्टार खेसरीलाल यादव र अभिनेत्री अक्षरा सिंहमा छायांकन गरिएको छ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजको अभिनय रहेको ‘पानी पानी’ ट्र्याक याद छ जसमा आस्था गिलको स्वर र बादशाहको र्याप थियो? ठिक छ, उक्त ट्र्याकले राग बन्न गयो, हामीले सुनेका छौं कि संगीतकार र र्यापर बादशाहले अब भोजपुरीमा त्यसैलाई पुन: निर्माण गरेका छन्, जसमा उक्त भाषामा उनको र्याप खण्ड पनि प्रस्तुत गरिएको छ ।
‘पानी पानी’ को रिक्रिएट संस्करणमा भोजपुरी सुपरस्टार खेसारी लाल र रिनी चन्द्राको साथमा भिडियोमा सुन्दरी अक्षरा सिंहको साथ रहेको छ।
हिट नम्बरको भोजपुरी संस्करणको लागि फ्यानहरू उत्साहित र पर्खिरहेका थिए, भने खेसरीलाल र अक्षरा पनि बादशाहसँग काम गरेपछि खुसी छन् । बादशाहसँगको तस्बिर सेयर गर्दै अक्षराले क्याप्शनमा लेखेकी छिन्, “यो केटा बादशाहले पानी पानीमा आगो लगाएको छ र तिम्रो मनपर्ने जोडीलाई सँगै आउन बाध्य तुल्याएको छ”, अक्षराले पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा गीतको टिजर भिडियो शेयर पनि गरेकी छिन् ।
हृयदेश त्रिपाठीले नयाँ पार्टी खोल्नेः २८ गते सार्वजनिक गर्ने तैयारी
काठमाडौं । सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टी घोषणा गर्ने तयारी गरेका हुन् ।
त्रिपाठीले अनलाइनखबरसँग भने, ‘२८ गते पार्टी घोषणाको कार्यक्रम राखेका छौं । त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्छौं ।
त्रिपाठी, विजेशकुमार गुप्ता लगायतका तत्कालीन राजपाबाट अलग भएका नेताहरुले २०७४ को चुनावमा स्वतन्त्र राजनीतिक समूह बनाएका थिए । एमालेसँग तालेमल गरेका उनीहरुले सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।
त्रिपाठी केर्पा शर्मा ओली नेतृत्वको सरकारमा केही महिला स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत बनेका थिए । अहिले आफूले बनाउन लागेको पार्टीमा तत्कालीन स्वतन्त्र राजनीतिक समूहमा आवद्ध नेताहरु मात्र नभई अरु पनि रहेको त्रिपाठीले बनाए । अनलाइनखबर साभार
एनटीआर, राम चरन, अजय देवगणद्वारा अभिनित ‘आरआरआर’ को ट्रेलर रिलिज
‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ ।
चलचित्रको ३ मिनेट १५ मिनेटको मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । चलचित्रमा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ ।
यो चलचित्र जनवरी ७ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ । भारतमा यो चलचित्र विभिन्न चार भाषामा रिलिज हुनेछ ।
‘बाहुबली’ निर्देशककोे चलचित्र भएका कारणले पनि ‘आरआरआर’ दर्शकमाझ सर्वाधिक प्रतीक्षित छ । बक्स अफिसमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने विश्लेषण गरिएको छ ।












