Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

चार बर्षिय बालिकाकाे उपचारमा आर्थिक सहयाेग

spot_img
spot_img

वीरगंज । पाेखरिया युवा समाजले एक चार बर्षिय बालिकाकाे उपचारमा सहयाेग गरेकाे छ । युवा समाजले महाेतरीकाे मनरासिसवा नगरपालिका निवासी नरेश ठाकुरकी ४ बर्षिय छाेरी अंकिता कुमारी ठाकुरकाे उपचारमा आर्थिक सहयाेग गरेकाे हाे ।

काठमाडाैंस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेकी अंकितालाई अस्पताल मै पुगेर पाेखरिया युवा समाजका उपाध्यक्ष दिनेश मिश्रले रु २५ हजार नगद सहयाेग गरेका हुन् ।

विभिन्न व्यक्तिबाट संकलित रकम एक मुष्ट उपचाररत काठमाडाैंस्थित अस्पताल मै पुगेर अंकिताकाे बुवा नरेश ठाकुरलाई हस्तान्तरण गरिएकाे युवा समाजका उपाध्यक्ष मिश्रले जानकारी दिए ।

मिश्रले गरिब र अति विपन्न परिवारकी अंकिताकाे उपचारमा अझै आर्थिक अभाव देखिएकाेले अन्य व्यक्ति र संस्थाहरुलाई सहयाेग गर्न आग्रह समेत गरेका छन् । किडनीमा समस्या देखिएकाे अंकिताकाे अवस्था पहिलादेखी सुधार उनमुख रहेकाे जानकारी गराउँदै मिश्रले चिकित्सकका अनुसार अझै ४ देखी ५ लाख सम्म रकम खर्च हुन सक्ने भएकाेले सहयाेग गर्न आग्रह गरे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...