Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

दलित पत्रकार संघ पर्साले अनलाईन र मासिक म्यागजिन सञ्चालन गर्ने

spot_img
spot_img

वीरगंज । राष्ट्रिय दलित पत्रकार संघ पर्साको शनिबार बसेकाे बैठकले अनलाईन र मासिक म्यागजिन सञ्चालन गर्ने निर्णय गरेकाे छ । वीरगंजकाे पानीट्यांकिस्थित संघको कार्यालयमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे  ।

संघका अध्यक्ष श्याम पासवानको अध्यक्षतामा बसेकाे बैठकले पानीटंकीमा संचालनमा ल्याएकाे संघकाे कार्यालय यही मंसिर २९ गते बुधवार औपचारिक रुपमा उद्घाटन गर्ने पनि निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै संघका सल्लाहकार बृजलाल पासवानले दलित पत्रकार संघमार्फत पर्सा जिल्लाका दलितहरुका आवाज उठान गर्न मासिक पत्रिका र अनलाईनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पासवानले भने, ‘अब दलित पत्रकार संघका गतिविधिलाई बढाउनुपर्छ र दलित महिला सदस्यसँगै अन्य दलित समुदायलाई पनि उनीहरुले राज्यबाट पाउने हक अधिकारको बारेमा सुसचित बनाउन संघले पहल चाल्नुपर्छ ।’

संघका अध्यक्ष श्याम पासवानले दलित पत्रकार संघ पर्सा शाखालाई नमुना शाखाको रुपमा विकास गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।

विशूद्ध रुपमा दलितका मुद्धा र आवाजलाई उठान गर्ने अभिप्रायले संघले मासिक रुपमा पत्रिका प्रकाशन गर्नुका साथै अनलाईन सञ्चालन गर्ने निर्णय गरेको संघका सचिव सुर्यनारायण विकले वताए ।

बैठकमा संघका उपाध्यक्ष सुरेश बादल, सदस्यहरु सुबास राम, रामबाबु राम महरा, संगीता दास, सुशिल हजरा, ईश्क कुमार पासवान, दलित अगुवा बुनेल राम लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...