Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

रेडियाे वीरगंजकाे लाइभ कन्सर्ट भव्य रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । मध्य तराईको पहिलो रेडियो, रेडियो वीरगंजले आफ्नाे १९ औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयाेजना गरेकाे लाइभ कन्सर्ट भव्य रुपमा सम्पन्न भएकाे छ । वीरगंजकाे आदर्शनगरमा भएकाे कन्सर्टमा स्थानिय तथा राष्ट्रियस्तरका ख्याती प्राप्त कलाकारहरुले राखेकाे प्रस्तुतीमा कार्यक्रममा सहभागिहरुले झुमेका थिए ।

कार्यक्रममा नेपाली गायक प्रकाश सपुत, हेमन्त शर्मा, कमल खत्री, एलिना चौहान, मेलिना मैनाली, सञ्जु अमात्य, भाेजपुरी गायक सुनिल पण्डित, हाँस्य कलाकार सुबोध गौतमले प्रस्तुती दिएका थिए । यसका साथै कल्युड डान्स ग्रुप हेटाैडाका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

रेडियो वीरगंज तथा टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएकाे कन्सर्टकाे उद्घाटन पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले गरेका थिए ।

कन्सर्टकाे उद्घाटन गर्दै सांसद यादवले मधेश आन्दोलनदेखि हालसम्मको अवस्था र व्यवस्था परिवर्तनमा रेडियो बीरगंजकाे महत्वपूर्ण भूमिका रहेको बताए । उनले रेडियाेलाई विगत झै सधै सत्य र तथ्यमा आधारित सामाचार प्रसारण गर्दै जनतालाई सुचित गर्न शुभकामना दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद यादवले मधेश आन्दोलनका घाईते एवम् कार्यक्रमका बिशिष्ट अतिथी मुन्सी पटेललाई संकेत गर्दै आफुसँगैका मधेश आन्दोलनका आन्दोलनकर्ताको दुखद अवस्था आएपनि सरकारले केही गर्न नसकेको भन्दै दुःख व्यक्त गरे ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, उद्याेगपती अशाेक वैध, लोसपाका नेता राजेशमान सिँह, नेजामुदिन सम्मानी, शिव पटेल, ओमप्रकाश सर्राफ, जसपाका वीरगंजका महानगर अध्यक्ष ईश्वर यादव लगायतको उपस्थिती रहेको थियाे ।

कार्यक्रमकाे संचालन रेडियाे वीरगंजका उज्जवल घिमिरे र निलिमा पाैडेलले गरेकी थिइन भने स्वागत मन्तव्य ध्रुव अधिकारीले राखेका थिए ।

कार्यक्रममा रेडियाेले कार्यक्रमका विशिष्ट अतिथी समेत रहेका मधेश आन्दाेलनका घाइते मुन्सी पटेललाई व्हील चेयर प्रदान गर्दै सम्मान समेत गरेकाे थियाे । यस्तै, रेडियाे वीरगंजकाे उत्कृष्ट कर्मचारीकाे रुपमा रेडियाेकाे लेखापाल राजेश चाैधरी र कार्यक्रम प्रस्ताेता एमके गुप्तालााई पनि सम्मान गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी गरेको छ । प्राकृतिक विपद् तथा अन्य जोखिमबाट सरकारी संरचनामा हुनसक्ने...

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका महामन्त्री पौडेलको आह्वान

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पार्टी सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान...

एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता भएको छ । उक्त टोली आइतबार अबेर काठमाडौँ आइपुगेको...