Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

एनए कलेजकाे बिदाई कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । नेशनल एकेडेमी कलेज वीरगंजमा शुक्रबार बिदाई कार्यक्रम सम्पन्न भएकाे छ । कलेजका बिबिएस तेस्रो बर्षका बिद्यार्थीहरुले चौथो बर्षका बिद्यार्थीहरुको लागि आयाेजना गरेकाे बिदाई समारोह सम्पन्न भएकाे हाे ।
 
क्याम्पका प्रिन्सपल निरज सिंहको सभापतित्वमा भएकाे कार्यक्रमकाे उद्घाटन वीरगंज उद्याेग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले गरेका थिए । कार्यक्रमकाे उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष अग्रवालले जिवन एउटा सिकाइ भएकोले वास्तविक जिवानमा आफ्नो अध्ययनलाई समर्पित गर्नु नै शिक्षा भएकाे वताए ।
 
वीरगंजकाे भिस्वा होटेलमा भएकाे कार्यक्रममा कलेजका कार्यकारी निर्देशकद्वय केदार तिवारी, बालगोपाल थापा, रेल्वे माविका प्राध्यापक मुनिलाल कर्ण, समाजबादी प्रेस संगठनका केन्द्रिय सदस्य बृजलाल पासवान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खडका, पत्रकार सुरेश बिराडी, चौथो बर्षका बिद्यार्थी अक्षित पटेल, तेश्रो बर्षकी बिधर्थी अन्जु पन्डित लगायतले मन्तव्य राखेका थिए  ।
 
कार्यक्रममा कलेजका छात्र/छात्राहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भाथाधाममा ट्र्याक्टरबाट खसेका किशोरको चक्काले किचेर मृत्यु, चालक फरार

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल भाथाधाम (बाबा दुधेश्वरनाथ महादेव) मा ट्र्याक्टरबाट खसेका एक किशोरको सोही ट्र्याक्टरले किचेर मृत्यु भएको...

२५ वर्षदेखि बन्द वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

वीरगंज । करिब २५ वर्षदेखि बन्द रहेको वीरगंज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न सरकारले गठन गरेको कार्यदल स्थलगत निरीक्षणमा जुटेको छ ।...

मुक्त हरवाचरवाको पहिचान र पुनर्स्थापनाको माग गर्दै जनकपुरमा प्रदर्शन

जनकपुर । मुक्त हरवाचरवाको पहिचान, भूमि अधिकार तथा पुनर्स्थापनाको माग गर्दै जनकपुरधाममा हजारौँ मुक्त हरवाचरवाले विरोध प्रदर्शन गरेका छन्। हरवाचरवा संघर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो...