Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

ताजपुरमा धर्मशाला उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले वीरगंज महानगरपालिका २१ ताजपुर टोलमा नवनिर्मित धर्मशाला तथा विवाह भवनको शनिबार उद्घाटन गरेका छन् । यादवको संसदीय विकास कोषको ३२ लाख रुपैयाँ लागतमा उक्त धर्मशाला निर्माण गरिएको हो ।

धर्मशाला उद्घाटन गर्दै सांसद यादवले समाजमा जकडिएर रहेको दाइजो प्रथाको अन्त्यका लागि हामीले सबैले आफ्नैबाट सुरुवात गर्न आह्वान गरेका थिए । ‘समाजमा दिनप्रतिदिन गरिबी बढ्दो छ, आम्दानीको स्रोत कम छ,’ उनले भने, ‘दाइजो प्रथाले झन गरिबी बढाएको छ ।’ याउने हिसाबले विवाह जस्ता पारिवारिक तथा सामाजिक परम्परा सम्पन्न गर्न अनुरोध गरेका थिए ।

धर्मशाला निर्माणले गाउँको चेली बेटीको विवाह गर्दा जन्तीलाई धर्मशालामा व्यवस्थित तरिकाले राख्न मिल्ने भएपछि ताजपुरवासी हर्सित भएकाे वताइएकाे छ । यसअघि धर्मशाला नहुँदा टोलमा जन्ती आउँदा खरियान वा सडक किनारमा टेन्ट टाँगेर राख्नुपर्ने बाध्यता रहेको थियो ।

केही गाउँलेले कृषि फारममा अनुरोध गरेर भएपनि जन्तीको व्यवस्थापन गर्दै आएका थिए । सांसद यादवको संसदीय विकास कोषको रकमले निर्माण भएको धर्मशालामा जन्तीलाई व्यवस्थित रुपले राख्न सकिने उपभोक्ता समितिका अध्यक्ष इनरदेव महतोले बताए ।

धर्मशाला सञ्चालनका लागि संरक्षण समिति गठन गरिएको छ । उद्घाटन कार्यक्रममा इकाई अध्यक्ष निरन्जन पटेल, जिल्ला सदस्य तथा वडाध्यक्षका प्रत्याशी राधाकृष्ण रौनियार, अरुण महतो, भोज महतो कृशवाहा लगायत ताजपुरवासीको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...