रक्तसञ्चार केन्द्रलाई कुर्सी हस्तान्तरण
पत्रकार महासंघ पर्साकाे निर्णय सच्याउन चार संगठनकाे माग
वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्णय सच्याउन चार पत्रकार संगठनले माग गरेका छन् ।
प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ पर्साकाे पछिल्ला गतिबिधिले पर्सेली पत्रकारहरुको मानमर्दन एवम् सिगो महासंघकै गरिमामाथी आँच आउने काम भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।
जारी विज्ञप्तीमा श्रमजिवी पत्रकारहरुको हकहित, वृतिविकास तथा सुरक्षाको लागि काम गर्नु पर्नेमा बहुमतको दम्भ देखाउने, अल्पमतको खिल्ली उडाउने तथा नेपाल पत्रकार महासंघको चरित्र बिपरितका एक पछि अर्को गतिबिधिहरु नेपाल पत्रकार महासंघ पर्साले गरी रहेको अवस्था बिद्यमान रहेकाे उल्लेख गरिएकाे छ ।
पत्रकारिता मार्फत पर्सेली समाजलाई एउटा नयाँ दिशा प्रदान गर्ने अग्रज पत्रकार स्व.गोपाल गिरीको स्मृतिमा स्थापित गोपाल गिरी पत्रकारिता पुरस्कार वितरणमा समेत नेपाल पत्रकार महासंघ पर्साले उचित मापदण्ड पालना नगरी बहुमतको दम्भले आफ्ना आस्थाका संगठनका सदस्यहरुलाई पुरस्कृत गर्ने घोषणा गरी महासंघ भित्र प्रेस चौतारीकरण गर्न खोजिएको भन्दै चार पत्रकार सम्बध संगठनले आपत्ति जनाएका छन् ।
प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल र राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्य समिति भित्रबाटै असहमती जनाउँदा जनाउँदै त्यस्ता बिरोधका स्वरहरुलाई वास्तै नगरिनु लोकतन्त्र बिरोधी कार्य हो । बिभिन्न गोष्ठी, भेला तथा तालिममा पर्साको प्रतिनिधि पठाउँने सवालमा समेत एकल निर्णय गरी एउटै आस्थाका पत्रकारहरुलाई पठाउँनु अनुचित रहेको उल्लेख गरिएकाे छ ।
जारी विज्ञप्ती मार्फत नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका बिभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन चार संगठनले जोडदार माग गरेका छन् ।
त्यसै गरी चार संगठनहरुले पुरस्कार बितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत माग गरेका छन् । हाम्रा मागलाई नेपाल पत्रकार महासंघ पर्साले बेवास्ता गरे हामी कडा प्रतिवादमा उत्रिन बाध्य हुने जारी बिज्ञप्ती मार्फत संगठनहरुले जानकारी समेत गराएका छन् ।

रेडक्रस पर्साकाे सभापतिमा कडेलसहित उनकाे प्यानल विजयी
रेडक्रस पर्सा शाखाकाे मन्त्रीमा ९१ मत प्राप्त गरी शैलेन्द्र चाैरसिया विजयी भएका छन् । उनकाे प्रतिद्वन्धि अन्जु श्रेष्ठले ३५ मत प्राप्त गरेकी छन् । उप काेषाध्यक्षमा दयाशंकर सिंह राजपुरत ८८ मत प्राप्त गरी विजयी भएका छन् । उनकाे प्रतिद्वन्धि प्रभाकर कुमार गुप्ताले ३५ मत प्राप्त गरेका छन् ।
जानकारीको आभावमा प्रदेश २ कुपोषणको शिकार हुँदै : मुख्यमन्त्री राउत
भन्सार छलीकाे सामान र औषधीसहित ट्रक पक्राउ
वीरगंज । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरेकाे ट्रक प्रहरीले पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउसाे ४ बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुर चोकस्थित सडकखण्डबाट प्रदेश नं.२-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।
विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरेकाे ट्रक पोखरा लग्दै गरेको सूचना प्राप्त भई खटिएको टोलीले मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३३ को नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
हन्ड्रेडस ग्रुपद्वारा आगलागी पिडितलाई सहयाेग
वीरगंज । हन्ड्रेडस ग्रुप वीरगंजले एक आगलागी पिडितलाई सहयाेग गरेकाे छ । ग्रुपले वीरगंज महानगरपालिकाकाे वडा नं. १४ बहुअरी निवासी आगलागी पिडित राजा रामा यादवलाई सहयाेग गरेकाे हाे ।
आफुहरुले आगलागी पिडित यादवकाे घर मै पुगी एक बाेरा चालम, नुन, दाल, तेल, चिउरा, डलबुट, आलु, प्याज, कम्बल ३ थान लगायतका सामग्री सहयाेग गरेकाे ग्रुपका विशेष साहले जानकारी दिए ।
केही दिन अगाडी भएकाे आगलागीमा राजा राम यादवकाे घर पूर्ण रुपले जलेर नष्ट भएकाे थियाे ।












