Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ पर्साकाे निर्णय सच्याउन चार संगठनकाे माग

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्णय सच्याउन चार पत्रकार संगठनले माग गरेका छन् ।

प्रेस युनियन पर्सा, प्रेस सेन्टर पर्सा, समाजवादी प्रेस संगठन पर्सा र राष्ट्रिय दलित पत्रकार संघ पर्साले मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघ पर्साकाे पछिल्ला गतिबिधिले पर्सेली पत्रकारहरुको मानमर्दन एवम् सिगो महासंघकै गरिमामाथी आँच आउने काम भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ । 

जारी विज्ञप्तीमा श्रमजिवी पत्रकारहरुको हकहित, वृतिविकास तथा सुरक्षाको लागि काम गर्नु पर्नेमा बहुमतको दम्भ देखाउने, अल्पमतको खिल्ली उडाउने तथा नेपाल पत्रकार महासंघको चरित्र बिपरितका एक पछि अर्को गतिबिधिहरु नेपाल पत्रकार महासंघ पर्साले गरी रहेको अवस्था बिद्यमान रहेकाे उल्लेख गरिएकाे छ ।

पत्रकारिता मार्फत पर्सेली समाजलाई एउटा नयाँ दिशा प्रदान गर्ने अग्रज पत्रकार स्व.गोपाल गिरीको स्मृतिमा स्थापित गोपाल गिरी पत्रकारिता पुरस्कार वितरणमा समेत नेपाल पत्रकार महासंघ पर्साले उचित मापदण्ड पालना नगरी बहुमतको दम्भले आफ्ना आस्थाका संगठनका सदस्यहरुलाई पुरस्कृत गर्ने घोषणा गरी महासंघ भित्र प्रेस चौतारीकरण गर्न खोजिएको भन्दै चार पत्रकार सम्बध संगठनले आपत्ति जनाएका छन् ।

प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल र राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवानद्वारा हस्ताक्षरित विज्ञप्तीमा कार्य समिति भित्रबाटै असहमती जनाउँदा जनाउँदै त्यस्ता बिरोधका स्वरहरुलाई वास्तै नगरिनु लोकतन्त्र बिरोधी कार्य हो । बिभिन्न गोष्ठी, भेला तथा तालिममा पर्साको प्रतिनिधि पठाउँने सवालमा समेत एकल निर्णय गरी एउटै आस्थाका पत्रकारहरुलाई पठाउँनु अनुचित रहेको उल्लेख गरिएकाे  छ ।

जारी विज्ञप्ती मार्फत नेपाल पत्रकार महासंघ पर्साको पछिल्लो बैठकले गठन गरेका बिभिन्न समिति तथा उप–समितिहरुमा सबै आस्थाका पत्रकारहरुलाई समेटनु पर्नेमा त्यसो नगरिएकाले त्यो कदम सच्याउन चार संगठनले जोडदार माग गरेका छन् ।

त्यसै गरी चार संगठनहरुले पुरस्कार बितरणमा पनि मापदण्ड बनाई आवश्यक छलफल तथा छनौट समिति निर्माण गरी पुरानो निर्णयलाई बदर गरी पुनः नयाँ निर्णय गर्न समेत माग गरेका छन् । हाम्रा मागलाई नेपाल पत्रकार महासंघ पर्साले बेवास्ता गरे हामी कडा प्रतिवादमा उत्रिन बाध्य हुने जारी बिज्ञप्ती मार्फत संगठनहरुले जानकारी समेत गराएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...