Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

रेडक्रस पर्साकाे सभापतिमा कडेलसहित उनकाे प्यानल विजयी

spot_img
spot_img
वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्साकाे सभापतिमा बिरेन्द्र राज कडेल दाेस्राे पटक निर्वाचित भएका छन् । शुक्रबार राती आएकाे अन्तिम मत परिणाम अनुसार कडेल  ७८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनकाे प्रतिद्वन्धि बृजकिशाेर पटेलले ४५ मत प्राप्त गरेका छन् ।
 

रेडक्रस पर्सा शाखाकाे मन्त्रीमा ९१ मत प्राप्त गरी शैलेन्द्र चाैरसिया विजयी भएका छन् । उनकाे प्रतिद्वन्धि अन्जु श्रेष्ठले ३५ मत प्राप्त गरेकी छन् । उप काेषाध्यक्षमा दयाशंकर सिंह राजपुरत ८८ मत प्राप्त गरी विजयी भएका छन् । उनकाे प्रतिद्वन्धि प्रभाकर कुमार गुप्ताले ३५ मत प्राप्त गरेका छन् ।

३  महिला सदस्यकाे लागि भएकाे निर्वाचनमा विना कुमारी चाैलागाई ९५ मत, वविता कुमारी कानु ९३ मत र विधा कुमारी श्रेष्ठ ९१ मत प्राप्त गरी विजयी भएका छन् भने निर्माला कुमारी काफ्ले (भण्डारी)ले ४३ मत प्राप्त गरी पराजित भएकी छन् । 
 
७ खुल्ला सदस्यकाे लागि भएकाे निर्वाचनमा मदन प्रसाद साह कानु ९७ मत, दिनानाथ राैनियार ९६ मत, राजेश्वर प्रसाद चाैरसिया ९५ मत, जितेन्द्र बर्मा ९३ मत, बिनोद गिरि ९२ मत, काशी प्रसाद साह तेली ८८ मत र नवनित आग्रवाल ८७ मत प्राप्त गरी विजयी भएका छन् ।
 
खुल्ला सदस्य पदका उम्मेदवार विनाेद मेहता ५३ मत, सरेन्द्र प्रसाद कानु ४८ मत र मनाेज राम ३८ मत प्राप्त गरी पराजित भएका छन् । शुक्रबार भएकाे निर्वाचनमा खसेकाे १२६ मत सबै सदर भएकाे थियाे ।
 
यस अघि नै महिला उप सभापतिमा मधु राणा, उप सभापतिमा भागवती प्रसाद चाैरी, काेषाध्यक्षमा महन्त प्रसाद यादव र उप मन्त्रीमा सावीर अहम्मद एराज निर्विराेध निर्वाचित भएका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु

हाजीपुर (बिहार) । भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा डुङ्गा डुब्दा १३ बालबालिकाको मृत्यु भएको छ भने सात जनालाई उद्धार गरिएको छ । जिल्ला मजिस्ट्रेट...

नेपाल–भारत सुरक्षा सहकार्य सुदृढ बनाउने विषयमा गृहमन्त्री गुरुङ र अमित शाहबीच भेटवार्ता

काठमाडौँ । भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच उच्चस्तरीय द्विपक्षीय भेटवार्ता भएको...

नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...