Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

जानकारीको आभावमा प्रदेश २ कुपोषणको शिकार हुँदै : मुख्यमन्त्री राउत

spot_img
spot_img
जनकपुरधाम । मुूख्यमन्त्री लालबाबु राउतले अन्नको भण्डारको रुपमा रहेको प्रदेश २ को बालबालिका कुपोषणको शिकार हुनुमा कुपोषण सम्बन्धि जानकारीको आभाव प्रमुख कारण रहेको बताएका छन् ।
 
राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिले बिहिबार जनकपुरधाममा आयोजना गरेको बहुक्षेत्रीय पोषण योजना सम्बन्धि प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सो कुरा वताएका हुन् ।
 
उनले अन्नको भण्डार मात्र नभई, दुध, फलफुल लगायतका खाद्य सामग्रीको पर्याप्तता हँदा हुँदा उपयोग सम्बन्धि जानकारीको आभावमा बालबालिका कुपोषणको शिकार हुनु दुखद रहेको बताए । पोषण सम्बन्धि प्रदेशमा संचालित कार्यक्रमहरु व्यवहारमा उत्रिन नसकेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले पोषण सम्बन्धि कार्यक्रमलाई जनस्तर सम्म पु¥याउन सरोकारबलाहरुलाई निर्देशन समेत दिए ।
 
उनले भने, ‘ पोषण सम्बन्धी तथ्यांकहरुले प्रदेशको अवस्था सुधारोन्मुख रहेको देखाएपनि सन्तोषजनक छैन । कार्यक्रममा तिब्रता ल्याउनुस ।’ 
 
राष्ट्रिय योजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, पोषण कार्यक्रम निर्देशक लक्ष्मी घिमिरे, पोषण शाखा प्रमुख लिला विक्रम थापा, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सह सचिव बसन्त अधिकारी, प्रदेश नीति आयोगका दानीकान्त झासहितले पोषणको अवस्था बारे प्रस्तुती गरेका थिए ।
 
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रदेश सभा सदस्य प्रमिला दास, शारदा थापा, सरस्वति चौधरी, संविधान सभा सदसय डा. विजय कुमार सिंह लगायतकाे सहभागिता रहेको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही । सर्लाहीको सिर्सियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने, दुई जना गम्भीर घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिर्सियास्थित मलङ्गवा–नवलपुर...