Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

भन्सार छलीकाे सामान र औषधीसहित ट्रक पक्राउ

spot_img
spot_img

वीरगंज । विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरेकाे ट्रक प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउसाे ४ बजे वीरगञ्ज महानगरपालिकाकाे वडा नं. २१ परवानीपुर चोकस्थित सडकखण्डबाट प्रदेश नं.२-०३-००१ ख ०१२९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएकाे हाे ।

विल विजक भन्दा बढी खुद्रा मालबस्तुहरू तथा औषधीहरू लोड गरेकाे ट्रक पोखरा लग्दै गरेको सूचना प्राप्त भई खटिएको टोलीले  मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा सूचना अनुरूप नै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा औषधी फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

उक्त ट्रक तथा चालक जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं.२ बस्ने वर्ष ३३ को  नसरूदीन मियाँलाई नियन्त्रणमा लिई रू. ६० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिबार नै राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम । मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ । हाल स्नातकोत्तर तहको एमपिए, कानुन सङ्कायतर्फ बीए एलएलबी र जनप्रशासन सङ्कायतर्फ बिपीएम...