Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026
Home Blog Page 728

जगतपुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्धन कार्यक्रम सम्पन्न

0

वीरगंज । पोखरीया नगरपालिकाकाे वडा नं. ८ जगतपुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्धन कार्यक्रम सम्पन्न भएकाे छ । पोखरीया नगरपालिकाको बैरिया बिर्ता आयुर्वेद औषधालयकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वडाध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैरिया बिर्ता आयुर्वेद औषधालयका प्रमुख डा रवीन्द्र कुमार यादव र वैध निरीक्षक दीपेन्द्र कुमार झाले जेष्ठ नागरिकमा हुने स्वास्थ्य समस्या र त्यस सम्बन्धी समाधानको उपाय र व्यवस्थापनको साथै स्वास्थय जीवन शैलीको बारेमा अभिमुखिकरण गरेका थिए ।

जेष्ठ नागरिकको ब्लब सुगर जाँच गरि उनीहरूमा भएको स्वास्थ्य समस्याको बारेमा पहिचान गरी उपचार सेवा दिइएको थियो ।

कार्यक्रममा ४५ जना जेष्ठ नागरिकको स्वस्थ्य परीक्षण गरी रसायन प्रकारका अश्वगन्धा चूर्ण, गुडुचि चूर्ण, आमलकी चूर्ण तथा महा नारायण तेल वितरण गरी आवश्यक सुझाव सल्लाह दिइएको थियो । वडा अध्क्षय किशोरी साहले यस्तो कार्यक्रम समय समयमा संचालन भए जनसमुदाय लाभान्वित हुने भन्दै प्रशंसा गरेका थिए ।

वीरगंजकाे ३ स्थानमा जडान टावर लाइट सांसद यादवद्वारा उद्घाटन

0

वीरगंज । उज्यालो वीरगञ्ज अभियान अन्तर्गत सांसद प्रदीप यादवले बुधबार वीरगञ्जका तीन स्थानमा जडान भएका टावर लाइटहरुको उद्घाटन गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका ३ स्थान वेलवा, जगरनाथपुर र सवैठवामा टावर लाइट उद्घाटन गरेका हुन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो संसदीय कोषको रकमबाट जडान गरेकाे टावर लाइटको सांसद् यादवले बुधबार एक कार्यक्रम विच उदघाटन गरेका छन् । प्रत्येक टावर लाइटमा १० वटा ४ सय वाट क्षमता भएका लाईट रहेको छ । ३० लाख रुपैयाँको दरले प्रत्येक टावर लाइट जडान गर्न खर्च लागेको सांसद यादवले जानकारी दिएका छन् ।

सांसद यादवले यसअघि पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूमा टावर लाइट जडान गराएका छन् । नयाँ र आधुनीक हाइम्याक्स प्रविधियुक्त टावर लाइटले १ किलोमिटर भन्दा बढी दूरीसम्म उज्ज्यालो दिने सांसद् यादवले बताएका छन् ।

अँध्यारोको समयमा यात्रुहरुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै आफूले नगरका विभिन्न स्थानमा टावर लाइट जडान गरेको सांसद् यादवले बताए । उनले टावर लाइटले रातिको समयमा साइकल र विशेषगरी पैदल यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘सबैसँग लाइट भएको वाहन हुँदैन, हाम्रा दैनिक ज्यालादारी गर्ने मजदुरहरूले साइकलबाट यात्रा गर्नुहुन्छ,’ यादवले भने, ‘उहाँहरू अँध्यारोमा साइकल चलाउँदा कतिपटक दुर्घटनामा परेको मैले स्वयम् देखेको छु, उहाँहरुलाई सहयोग पुग्ने उद्देश्यले मैले टावर लाइट जडान गरेर वीरगञ्जलाई उज्यालो बनाउँने प्रण लिएको छु” जनता समाजवादी पार्टीका नेता समेत रहेका सांसद् यादवले विकास निर्माणको कार्यमा आफू जैले तत्पर रहेको बताए र टावर लाइट जडानले स्थानियहरु हर्षित भएकाे वताइएकाे छ ।

उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु दिपेन्द्र यादव, प्रेम आर्यल लगायतकाको उपस्थिती रहेको थियो ।

निजामती कर्मचारी संगठन पर्साकाे अध्यक्षमा पुन: गिरी निर्वाचित

0

वीरगंज । नेपाल निजामती कर्मचारी संगठन पर्साको अध्यक्षमा पुनः अमित कुमार गिरी निर्वाचित भएका छन् । बुधबार सम्पन्न संगठनकाे ११ औं जिल्ला अधिवेशनबाट गिरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समिति निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका अध्यक्ष जयकान्त झाले जानकारी दिए ।

संगठनको उपाध्यक्षमा संदिप कुमार पटेल, महिला उपाध्यक्षमा निशा दाहाल, सचिवमा सुरेन्द्र प्रसाद यादव, सह–सचिवमा रामसुन्दर महतो, कोषाध्यक्षमा राजेश राम, सदस्यहरु बन्दना खतिवडा, टिका मायाँ वस्नेत, मन्जु कायस्थ, रितु कुशवाहा, सुरेश प्रसाद यादव, सदाम हुसेन, राकेश साह, स‌ंदेश कुशवाहा, रमेश गुप्ता, उपेन्द्र प्रसाद गाैराे, विनाेद मिश्र, संदिप साह, पप्पु कुमार पटेल, सराेज यादव, नरेन्द्र प्रसाद यादव निर्विराेध निर्वाचित भएकाे उनले वताए ।

वीरगंजस्थित जिल्ला समन्वय समिति पर्सा नजिक रहेकाे संगठनकाे भवनमा भएकाे अधिवेशनबाट केन्द्रिय प्रतिनिधिहरुमा रिमा साह, राजेश्वर प्रसाद कुशवाहा, ध्रुव प्रसाद चाैरसिया, संताेष कुमार यादव, प्रकाश पुडासैनी र गणेश राम सर्वसहमत चयन भएका छन् ।

यस्तै, प्रदेश प्रतिनिधिहरुमा रेखा पटेल, इन्दल प्रसाद चौरसिया, रतेन्द्र दास, बिजय कुमार झा, संजय पटेल, मनाेज साह, रामप्रबेश यादव, बन्टी कुमार चाैरसिया, प्रदिप चाैरसिया, सुधांशु शेखर प्रसाद चयन भएका छन् ।

अधिवेशनको उद्घाटन नेपाल निजामती कर्मचारी अधिकारिक ट्रेड युनियन नेपालका अध्यक्ष भोला पोखरेलले गरेका थिए । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै अध्यक्ष पाेखरेलले कर्मचारी समायाेजन ऐन ट्रुटी पुर्ण रहेकाे वताए ।

उनले ट्रुटी पुर्ण र अन्याय पूर्ण कर्मचारी समायाेजन ऐनलाई सच्याउनु पर्ने वताउँदै गरिएकाे कर्मचारी समायाेजन पुन: गर्नु पर्ने वताए । उनले भने “कर्मचारीहरु बिचकाे एकता हुनु जरुरी छ । श्रमको सम्मान हुनु पर्छ । निजामती सेवामा दास प्रथा उन्मुलन गर्नु पर्छ । करार कर्मचारीलाई पनि विदा, उपचारको सुविधा सरकारले दिनु पर्छ ।”  

अध्यक्ष पाेखरेलले कर्मचारीको मनोबल बढाउने काम सरकारको गर्नु पर्ने वताउँदै निजामती सेवामा सेवा र सुविधा बढाउन पर्ने धारणा राखे । उनले २ नम्बर प्रदेशमा कोई पनि उप सचिव आउन नमानेको वताउँदै आएकाे अधिकृत कर्मचारीलाई काम गर्न नदिने आफू अनकुल काम गरेन भने लखेटन समेत काम भईरहेको वताए । 

अधिवेशन उद्घाटन समाराेहमा सेवा निवृत भएका कर्मचारी अरुण महताे, सुबदार प्रसाद यादव, हरेन्द्र प्रसाद यादव, कृष्ण कुमार मिश्र, नगिना साह, प्रसन्न गिरी, दुर्गा कार्की, अरुण सिन्हा, मदन माेहन माली र पत्रकार शम्भु कुमार सुमनलाई सम्मान समेत गरिएकाे थियाे । 

संगठन पर्साका अध्यक्ष गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन समाराेहमा संगठनका केन्द्रिय सदस्य जयकान्त झा, राज कुमार दास,
जिल्ला समन्वय समिती पर्साको समन्वय अधिकारी एवम् संगठनका सल्लाहकार छविरमण भट्टराई,  निजामती कर्मचारी आधिकारिक ट्रेड युनियन पर्साका अध्यक्ष सुबादार यादव, काेषाध्यक्ष ध्रुप चाैरसिया, नेपाल निजामती कर्मचारी युनियन पर्साको अध्यक्ष विजय गुप्ता, शिक्षक महासंघका पर्साका सचिव विनोद गिरि, जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्राण मेहता, अरुण महताे लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

संगठकी सदस्य निशा दाहालले संचालन गरेकी कार्यक्रममा स्वागत मन्तव्य संगठनका संदिप पटेलले राखेका थिए ।

वीरगंजलाई राजधानी बनाउन माग गर्दै कांग्रेसकाे प्रदर्शन

0

वीरगंज । पर्साको वीरगञ्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितिकाे आयाेजनामा मंगलबार वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरिएकाे हो।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे दबाब मुलुक जुलुस माइस्थान, महाविरस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा गरी पुन: घण्टाघर मै पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद, प्रदेश सरकार खबरदार वीरगंज राजधानी हाम्राे पुकार, विधायकहरू होसियार’लगायतका नारा लगाएका थिए ।

कोण सभामा सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साहले भौतिक पूर्वाधार, विकासको सूचकांक लगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेकाले प्रदेशको राजधानी वीरगन्ज नै बन्नुपर्ने माग गरे । 

उनले मधेस आन्दोलनका वेला मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको र अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको आरोप पनि लगाए । प्रदेश २ काे एक मात्र महानगरपालिका वीरगंज नै प्रदेशकाे राजधानीकाे लागि उपयुक्त ठाउँ भएकाे उनकाे भनाई थियाे ।

अर्का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगन्जलाइ प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज नै राजधानी बन्ने ठोकुवा गरे । 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमले वीरगन्जलाई मुख्यमन्त्री होइन, राजधानी चाहिएको बताए । मधेस आन्दोलनताका मधेसी दलका शीर्ष नेताहरूले वीरगन्जमै आएर राजधानी वीरगन्जलाई बनाउने ती नेता अहिले भुलेकाले अब वीरगन्जका जनताले त्यसको हिसाबकिताब गर्ने वेला आइसकेको बताए ।

धाेबिनीका अधिकृत साहद्वारा हिसाबकिताब सार्वजनिक, स्थानियले गरे समर्थनमा नाराबाजी

0

वीरगंज ।  पर्साको धोबीनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले मंगलबार आफुले गरेकाे कामकाे हिसाकिताब सार्वजनिक गरेका छन् । अधिकृत साहले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, उपाध्यक्ष पारस कुर्सी लगायतकाे जनप्रतिनिधि र सयाैं स्थानियकाे उपस्थितीमा हिसाकिताब सार्वजनिक गरेका हुन् । 

गाउँपालिका अध्यक्ष कुर्मीसहितकाे केही जनप्रतिनिधिले गाउँपालिकाकाे एक कराेड रकम हिनामिना गरेकाे आराेप लगाएपछि अधिकृत साहले आफुले गरेकाे कामकाे खर्च एक दैनिक पत्रिकामा सार्वजनिक गर्नुकाे साथै गाउँ कार्यपालिका कार्यालय अगाडी  सयाैंकाे संख्यामा जम्मा भएका गाउँवासी माझ लाउड स्पिकरकाे माध्यमले सार्वजनिक गरेका थिए ।

अधिकृत साहले सार्वजनिक रुपमा नै आफनो तिन महिनाकाे कार्यकालकाे हर हिसाब जनतामा सार्वजनिक गर्दै आफूमाथि लगाएको भ्रष्टाचारकाे आरोप प्रमाणित गर्न जनप्रतिनिधिहरुलाई चुनौती समेत दिए ।

अधिकृत साहले स्पष्ट रुपमा ६ महिनाको अवधिमा १० करोड ८८ लाख ८५ हजार ६३४ रुपैया खर्च भएको हिसाब सार्वजनिक गरेका थिए ।

उनले, जस मध्ये समाजिक सुरक्षा भाता तर्फ ३ करोड ६० लाख ७७ हजार ३ सय ३७, सशर्त कार्यक्रममा ३ करोड ३ लाख ६४ हजार ७ सय १५, कार्यालय, वडा र बेरुजु पर्छयौट तर्फ ३ करोड ७४ लाख १३ हजार ५ सय २६ रुपैया र योजना तर्फ ५० लाख ३० हजार ५६ रुपैया खर्च भएको हिसाब किताब सार्वजनिक गर्दै, आवश्यक परे सम्पूर्ण लेखाजोखाको भिल भरपाई उपलब्ध गराउँने र यसमा चित्त नबुझे आफू विरुद्ध सम्बन्धीत निकाय अख्तियारमा जान सुझाव समेत दिए ।

गाउँ कार्यपालिकाकाे कार्यालय लंगडी अगाडी सयाैंकाे संख्यामा जम्मा भएकाे गाउँवासीले अधिकृत साहकाे समर्थनमा चर्काे नाराबाजी गरेका थिए । स्थानीयले जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदैं प्रदर्शनमा उत्रिएपछि धोबिनी गाउँपालिका कार्यालय मंगलबार दिनभर तनावग्रस्त रहयाे ।

अधिकृत साह सार्वजनिक रुपमै आफुले गरेकाे कामकाे खर्च सार्वजनिक गरेपछि उनले कुनै किसिमकाे अनियमितता नगरेकाे र जनप्रतिनिधिहरुले झुठाे आराेप लगाएकाे भन्दै सयाैंकाे संख्यामा जम्मा भएका स्थानियहरु आक्राेशित भएका थिए । आक्राेशित स्थानियहरुकाे भिड नियन्त्रण गर्न बाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएकाे थियाे ।

अधिकृत साहलाई फसाउन खोजिएको र ईमान्दार प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गराउन खोजेको भन्दै सयौँको संख्यामा स्थानीयले प्रदर्शन गर्दै विरोध जनाए ।

अधिकृत साहले आफु गाउँपालिकामा आएदेखिकाे गरेकाे कामकाे हिसाबकिताब सार्वजनिक गरेपछि उनकाे समर्थनमा गाउँवासीले चक्राे नाराबाजी गर्दै त्यस अघिकाे हिसाकिताब गाउँपालिका अध्यक्ष कुर्मीसंग माग गरेका थिए ।

गाउँवासीकाे माग अनुसार गाउँपालिका अध्यक्ष कुर्मीले आफ्नाे नियन्त्रणमा लिएकाे गाउँपालिकाकाे हाजरी रजिस्ट र दर्ता चलानी किताब फिर्ता गरेका थिए । यसका साथै अधिकृत साहकाे कार्यकक्ष र लेखा शाखामा लगाइएकाे ताला पनि खाेलिएकाे थियाे ।

   

पाेखरियामा नेकपा एसकाे नगर कमिटी गठन

0

वीरगंज । नेकपा (एकीकृत समाजबादी)को पोखरिया नगर कमिटी गठन भएको छ । पोखरियामा आयोजित एक भेलाले राजेन्द्र महतोको अध्यक्षतामा १८ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

नव गठित कमिटीकाे उपाध्यक्षमा बानेश्वर दास, सचिवमा गुरु प्रसाद भट्टराई, कोषाअध्यक्षमा महम्मद राजा हुसेन र सदस्यहरुमा क्रमस रोहित गुलगुल महतो, बिनोद चौहान, बृजेस चौहन, ओजिर मियाँ, कृष्ण पटेल, जितेन्द्र दुबे, मदन महतो लगायत रहनु भएको छ ।

सत्रुधन गिरिकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एसका पोलिट ब्युराे सदस्य रामचन्द्र साह, चिरन्जी आचार्य, केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष बालगोपाल थापा, लेखा समिति सदस्य किशोरी कुशवाहा, वीरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी, युवा संघका केन्द्रिय सदस्यहरु अनिल पटेल, सन्जु चौधरी र राज कुशवाहा लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, सचिवालय गठन

0

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक साेमबार सम्पन्न भएकाे छ । संगठनका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनकाे काम छिटाे र सहज तरिकाले गर्न १३ सदस्यीय सचिवालय गठन गरेकाे छ ।

अध्यक्ष पटेलसहित उपाध्यक्ष शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिव अजय चाैरसिया, सह सचिव अमित अग्रवाल, विनाेद पटेल, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरु नरेश सर्राफ, संताेष साह, दिपेन्द्र गिरी, रंजित चाैरसिया, श्याम पासवान र एक जना पछि थप गर्ने गरी सचिवालय गठन गरेकाे हाे ।

बैठकले संगठनकाे जिल्ला कार्य समितिमा ३ जना नयाँ सदस्यलाई थप गर्ने समेत निर्णय गरेकाे छ । थप भएका नयाँ सदस्यहरुमा श्याम सर्राफ, आशिष कर्ण र दिपक कुशवाहा रहेका छन् ।   

यस्तै, बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्न लागेकाे स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारित पुरस्कारका लागि छनाैट भएका व्यक्तिहरुकाे सवालमा चार पत्रकार संवध संगठनले जारी गरेकाे प्रेस विज्ञप्तीकाे उपर महासंघले कुनै किसिमकाे चासाे नदेखाएकाेले गम्भिर ध्यानाकर्षाण भएकाे जनाउँदै महासंघकाे एकलाैटी र गैर जिम्मेवार पूर्ण गतिविधिकाे खेद प्रकट गर्दै जिल्लाका विभिन्न पत्रकार संगठनसंग छलफल र समन्वय गरी महासंघकाे गलत रवैयाकाे विरुद्धमा सशक्त रुपमा अगाडी बढने निर्णय गरेकाे छ ।

यसका साथै बैठकले संगठनकाे सम्पर्क कार्यालय वीरगंज ११ श्रीपुरस्थित भारतिय महावाणिज्य दुतावास नजिक रहेकाे नेपाल पाेष्ट डेलीकाे कार्यालय संचालन रहेकाे भवनमा सम्पर्क कार्यालय संचालन गर्ने पनि निर्णय गरेकाे छ ।

नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा संगठनका केन्द्रिय सदस्य राघव साह, बृजलाल  पासवान र रेविन्द्र कार्कीकाे विशेष उपस्थिती रहेकाे थियाे ।