Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजलाई राजधानी बनाउन माग गर्दै कांग्रेसकाे प्रदर्शन

spot_img
spot_img

वीरगंज । पर्साको वीरगञ्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितिकाे आयाेजनामा मंगलबार वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरिएकाे हो।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे दबाब मुलुक जुलुस माइस्थान, महाविरस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा गरी पुन: घण्टाघर मै पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद, प्रदेश सरकार खबरदार वीरगंज राजधानी हाम्राे पुकार, विधायकहरू होसियार’लगायतका नारा लगाएका थिए ।

कोण सभामा सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साहले भौतिक पूर्वाधार, विकासको सूचकांक लगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेकाले प्रदेशको राजधानी वीरगन्ज नै बन्नुपर्ने माग गरे । 

उनले मधेस आन्दोलनका वेला मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको र अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको आरोप पनि लगाए । प्रदेश २ काे एक मात्र महानगरपालिका वीरगंज नै प्रदेशकाे राजधानीकाे लागि उपयुक्त ठाउँ भएकाे उनकाे भनाई थियाे ।

अर्का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगन्जलाइ प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज नै राजधानी बन्ने ठोकुवा गरे । 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमले वीरगन्जलाई मुख्यमन्त्री होइन, राजधानी चाहिएको बताए । मधेस आन्दोलनताका मधेसी दलका शीर्ष नेताहरूले वीरगन्जमै आएर राजधानी वीरगन्जलाई बनाउने ती नेता अहिले भुलेकाले अब वीरगन्जका जनताले त्यसको हिसाबकिताब गर्ने वेला आइसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...