Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

वीरगंजलाई राजधानी बनाउन माग गर्दै कांग्रेसकाे प्रदर्शन

spot_img
spot_img

वीरगंज । पर्साको वीरगञ्जलाई प्रदेश २ को स्थायी राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ । कांग्रेस वीरगञ्ज महानगर समितिकाे आयाेजनामा मंगलबार वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरिएकाे हो।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे दबाब मुलुक जुलुस माइस्थान, महाविरस्थान, आदर्शनगर हुँदै नगरको परिक्रमा गरी पुन: घण्टाघर मै पुगेर कोण सभामा परिणत भएको थियो । 

प्रदर्शनमा सहभागीहरूले ‘जिल्लावासी प्रदेश २ का मुख्यमन्त्री लालबाबु चाहिँदैन, हाम्रो वीरगन्जलाई कुर्सीसँग बेच्न पाइँदैन,’ ‘मुख्यमन्त्री लालबाबु मुर्दावाद, प्रदेश सरकार खबरदार वीरगंज राजधानी हाम्राे पुकार, विधायकहरू होसियार’लगायतका नारा लगाएका थिए ।

कोण सभामा सम्बोधन गर्दै प्रदेश सभा सदस्य राजेश्वर साहले भौतिक पूर्वाधार, विकासको सूचकांक लगायत हरेक दृष्टिकोणले राजधानीका लागि वीरगन्ज नै उपयुक्त रहेकाले प्रदेशको राजधानी वीरगन्ज नै बन्नुपर्ने माग गरे । 

उनले मधेस आन्दोलनका वेला मधेसी नेताहरूले वीरगन्जलाई नै राजधानी बनाउने वाचा गरेको र अहिले मधेसका नेताहरू सत्तामा पुगेपछि वाचा भुलेको आरोप पनि लगाए । प्रदेश २ काे एक मात्र महानगरपालिका वीरगंज नै प्रदेशकाे राजधानीकाे लागि उपयुक्त ठाउँ भएकाे उनकाे भनाई थियाे ।

अर्का प्रदेश सभा सदस्य शंकर चौधरीले वीरगन्जलाइ प्रादेशिक राजधानी बनाउनका लागि कांग्रेसले वीरगन्जबाट आन्दोलनको विगुल फुकिसकेकाले अब वीरगन्ज नै राजधानी बन्ने ठोकुवा गरे । 

कोणसभालाई सम्बोधन गर्दै कांग्रेस पर्साका कोषाध्यक्ष इम्तियाज आलमले वीरगन्जलाई मुख्यमन्त्री होइन, राजधानी चाहिएको बताए । मधेस आन्दोलनताका मधेसी दलका शीर्ष नेताहरूले वीरगन्जमै आएर राजधानी वीरगन्जलाई बनाउने ती नेता अहिले भुलेकाले अब वीरगन्जका जनताले त्यसको हिसाबकिताब गर्ने वेला आइसकेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...