Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंजकाे ३ स्थानमा जडान टावर लाइट सांसद यादवद्वारा उद्घाटन

spot_img
spot_img

वीरगंज । उज्यालो वीरगञ्ज अभियान अन्तर्गत सांसद प्रदीप यादवले बुधबार वीरगञ्जका तीन स्थानमा जडान भएका टावर लाइटहरुको उद्घाटन गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका ३ स्थान वेलवा, जगरनाथपुर र सवैठवामा टावर लाइट उद्घाटन गरेका हुन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्नो संसदीय कोषको रकमबाट जडान गरेकाे टावर लाइटको सांसद् यादवले बुधबार एक कार्यक्रम विच उदघाटन गरेका छन् । प्रत्येक टावर लाइटमा १० वटा ४ सय वाट क्षमता भएका लाईट रहेको छ । ३० लाख रुपैयाँको दरले प्रत्येक टावर लाइट जडान गर्न खर्च लागेको सांसद यादवले जानकारी दिएका छन् ।

सांसद यादवले यसअघि पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानहरूमा टावर लाइट जडान गराएका छन् । नयाँ र आधुनीक हाइम्याक्स प्रविधियुक्त टावर लाइटले १ किलोमिटर भन्दा बढी दूरीसम्म उज्ज्यालो दिने सांसद् यादवले बताएका छन् ।

अँध्यारोको समयमा यात्रुहरुले खेप्नु परेको सास्तीलाई मध्यनजर गर्दै आफूले नगरका विभिन्न स्थानमा टावर लाइट जडान गरेको सांसद् यादवले बताए । उनले टावर लाइटले रातिको समयमा साइकल र विशेषगरी पैदल यात्रुहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘सबैसँग लाइट भएको वाहन हुँदैन, हाम्रा दैनिक ज्यालादारी गर्ने मजदुरहरूले साइकलबाट यात्रा गर्नुहुन्छ,’ यादवले भने, ‘उहाँहरू अँध्यारोमा साइकल चलाउँदा कतिपटक दुर्घटनामा परेको मैले स्वयम् देखेको छु, उहाँहरुलाई सहयोग पुग्ने उद्देश्यले मैले टावर लाइट जडान गरेर वीरगञ्जलाई उज्यालो बनाउँने प्रण लिएको छु” जनता समाजवादी पार्टीका नेता समेत रहेका सांसद् यादवले विकास निर्माणको कार्यमा आफू जैले तत्पर रहेको बताए र टावर लाइट जडानले स्थानियहरु हर्षित भएकाे वताइएकाे छ ।

उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु दिपेन्द्र यादव, प्रेम आर्यल लगायतकाको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...