Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

धाेबिनीका अधिकृत साहद्वारा हिसाबकिताब सार्वजनिक, स्थानियले गरे समर्थनमा नाराबाजी

spot_img
spot_img

वीरगंज ।  पर्साको धोबीनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साहले मंगलबार आफुले गरेकाे कामकाे हिसाकिताब सार्वजनिक गरेका छन् । अधिकृत साहले गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, उपाध्यक्ष पारस कुर्सी लगायतकाे जनप्रतिनिधि र सयाैं स्थानियकाे उपस्थितीमा हिसाकिताब सार्वजनिक गरेका हुन् । 

गाउँपालिका अध्यक्ष कुर्मीसहितकाे केही जनप्रतिनिधिले गाउँपालिकाकाे एक कराेड रकम हिनामिना गरेकाे आराेप लगाएपछि अधिकृत साहले आफुले गरेकाे कामकाे खर्च एक दैनिक पत्रिकामा सार्वजनिक गर्नुकाे साथै गाउँ कार्यपालिका कार्यालय अगाडी  सयाैंकाे संख्यामा जम्मा भएका गाउँवासी माझ लाउड स्पिकरकाे माध्यमले सार्वजनिक गरेका थिए ।

अधिकृत साहले सार्वजनिक रुपमा नै आफनो तिन महिनाकाे कार्यकालकाे हर हिसाब जनतामा सार्वजनिक गर्दै आफूमाथि लगाएको भ्रष्टाचारकाे आरोप प्रमाणित गर्न जनप्रतिनिधिहरुलाई चुनौती समेत दिए ।

अधिकृत साहले स्पष्ट रुपमा ६ महिनाको अवधिमा १० करोड ८८ लाख ८५ हजार ६३४ रुपैया खर्च भएको हिसाब सार्वजनिक गरेका थिए ।

उनले, जस मध्ये समाजिक सुरक्षा भाता तर्फ ३ करोड ६० लाख ७७ हजार ३ सय ३७, सशर्त कार्यक्रममा ३ करोड ३ लाख ६४ हजार ७ सय १५, कार्यालय, वडा र बेरुजु पर्छयौट तर्फ ३ करोड ७४ लाख १३ हजार ५ सय २६ रुपैया र योजना तर्फ ५० लाख ३० हजार ५६ रुपैया खर्च भएको हिसाब किताब सार्वजनिक गर्दै, आवश्यक परे सम्पूर्ण लेखाजोखाको भिल भरपाई उपलब्ध गराउँने र यसमा चित्त नबुझे आफू विरुद्ध सम्बन्धीत निकाय अख्तियारमा जान सुझाव समेत दिए ।

गाउँ कार्यपालिकाकाे कार्यालय लंगडी अगाडी सयाैंकाे संख्यामा जम्मा भएकाे गाउँवासीले अधिकृत साहकाे समर्थनमा चर्काे नाराबाजी गरेका थिए । स्थानीयले जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउदैं प्रदर्शनमा उत्रिएपछि धोबिनी गाउँपालिका कार्यालय मंगलबार दिनभर तनावग्रस्त रहयाे ।

अधिकृत साह सार्वजनिक रुपमै आफुले गरेकाे कामकाे खर्च सार्वजनिक गरेपछि उनले कुनै किसिमकाे अनियमितता नगरेकाे र जनप्रतिनिधिहरुले झुठाे आराेप लगाएकाे भन्दै सयाैंकाे संख्यामा जम्मा भएका स्थानियहरु आक्राेशित भएका थिए । आक्राेशित स्थानियहरुकाे भिड नियन्त्रण गर्न बाक्लाे संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएकाे थियाे ।

अधिकृत साहलाई फसाउन खोजिएको र ईमान्दार प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गराउन खोजेको भन्दै सयौँको संख्यामा स्थानीयले प्रदर्शन गर्दै विरोध जनाए ।

अधिकृत साहले आफु गाउँपालिकामा आएदेखिकाे गरेकाे कामकाे हिसाबकिताब सार्वजनिक गरेपछि उनकाे समर्थनमा गाउँवासीले चक्राे नाराबाजी गर्दै त्यस अघिकाे हिसाकिताब गाउँपालिका अध्यक्ष कुर्मीसंग माग गरेका थिए ।

गाउँवासीकाे माग अनुसार गाउँपालिका अध्यक्ष कुर्मीले आफ्नाे नियन्त्रणमा लिएकाे गाउँपालिकाकाे हाजरी रजिस्ट र दर्ता चलानी किताब फिर्ता गरेका थिए । यसका साथै अधिकृत साहकाे कार्यकक्ष र लेखा शाखामा लगाइएकाे ताला पनि खाेलिएकाे थियाे ।

   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...