Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

जगतपुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्धन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पोखरीया नगरपालिकाकाे वडा नं. ८ जगतपुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्धन कार्यक्रम सम्पन्न भएकाे छ । पोखरीया नगरपालिकाको बैरिया बिर्ता आयुर्वेद औषधालयकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वडाध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैरिया बिर्ता आयुर्वेद औषधालयका प्रमुख डा रवीन्द्र कुमार यादव र वैध निरीक्षक दीपेन्द्र कुमार झाले जेष्ठ नागरिकमा हुने स्वास्थ्य समस्या र त्यस सम्बन्धी समाधानको उपाय र व्यवस्थापनको साथै स्वास्थय जीवन शैलीको बारेमा अभिमुखिकरण गरेका थिए ।

जेष्ठ नागरिकको ब्लब सुगर जाँच गरि उनीहरूमा भएको स्वास्थ्य समस्याको बारेमा पहिचान गरी उपचार सेवा दिइएको थियो ।

कार्यक्रममा ४५ जना जेष्ठ नागरिकको स्वस्थ्य परीक्षण गरी रसायन प्रकारका अश्वगन्धा चूर्ण, गुडुचि चूर्ण, आमलकी चूर्ण तथा महा नारायण तेल वितरण गरी आवश्यक सुझाव सल्लाह दिइएको थियो । वडा अध्क्षय किशोरी साहले यस्तो कार्यक्रम समय समयमा संचालन भए जनसमुदाय लाभान्वित हुने भन्दै प्रशंसा गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...