Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगतपुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्धन कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पोखरीया नगरपालिकाकाे वडा नं. ८ जगतपुरमा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्धन कार्यक्रम सम्पन्न भएकाे छ । पोखरीया नगरपालिकाको बैरिया बिर्ता आयुर्वेद औषधालयकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

वडाध्यक्ष किशोरी साह तेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैरिया बिर्ता आयुर्वेद औषधालयका प्रमुख डा रवीन्द्र कुमार यादव र वैध निरीक्षक दीपेन्द्र कुमार झाले जेष्ठ नागरिकमा हुने स्वास्थ्य समस्या र त्यस सम्बन्धी समाधानको उपाय र व्यवस्थापनको साथै स्वास्थय जीवन शैलीको बारेमा अभिमुखिकरण गरेका थिए ।

जेष्ठ नागरिकको ब्लब सुगर जाँच गरि उनीहरूमा भएको स्वास्थ्य समस्याको बारेमा पहिचान गरी उपचार सेवा दिइएको थियो ।

कार्यक्रममा ४५ जना जेष्ठ नागरिकको स्वस्थ्य परीक्षण गरी रसायन प्रकारका अश्वगन्धा चूर्ण, गुडुचि चूर्ण, आमलकी चूर्ण तथा महा नारायण तेल वितरण गरी आवश्यक सुझाव सल्लाह दिइएको थियो । वडा अध्क्षय किशोरी साहले यस्तो कार्यक्रम समय समयमा संचालन भए जनसमुदाय लाभान्वित हुने भन्दै प्रशंसा गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...