Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, सचिवालय गठन

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साकाे प्रथम बैठक साेमबार सम्पन्न भएकाे छ । संगठनका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा बसेकाे बैठकले संगठनकाे काम छिटाे र सहज तरिकाले गर्न १३ सदस्यीय सचिवालय गठन गरेकाे छ ।

अध्यक्ष पटेलसहित उपाध्यक्ष शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिव अजय चाैरसिया, सह सचिव अमित अग्रवाल, विनाेद पटेल, काेषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरु नरेश सर्राफ, संताेष साह, दिपेन्द्र गिरी, रंजित चाैरसिया, श्याम पासवान र एक जना पछि थप गर्ने गरी सचिवालय गठन गरेकाे हाे ।

बैठकले संगठनकाे जिल्ला कार्य समितिमा ३ जना नयाँ सदस्यलाई थप गर्ने समेत निर्णय गरेकाे छ । थप भएका नयाँ सदस्यहरुमा श्याम सर्राफ, आशिष कर्ण र दिपक कुशवाहा रहेका छन् ।   

यस्तै, बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्न लागेकाे स्व. गाेपाल गिरी क्रियाशिल पत्रकारित पुरस्कारका लागि छनाैट भएका व्यक्तिहरुकाे सवालमा चार पत्रकार संवध संगठनले जारी गरेकाे प्रेस विज्ञप्तीकाे उपर महासंघले कुनै किसिमकाे चासाे नदेखाएकाेले गम्भिर ध्यानाकर्षाण भएकाे जनाउँदै महासंघकाे एकलाैटी र गैर जिम्मेवार पूर्ण गतिविधिकाे खेद प्रकट गर्दै जिल्लाका विभिन्न पत्रकार संगठनसंग छलफल र समन्वय गरी महासंघकाे गलत रवैयाकाे विरुद्धमा सशक्त रुपमा अगाडी बढने निर्णय गरेकाे छ ।

यसका साथै बैठकले संगठनकाे सम्पर्क कार्यालय वीरगंज ११ श्रीपुरस्थित भारतिय महावाणिज्य दुतावास नजिक रहेकाे नेपाल पाेष्ट डेलीकाे कार्यालय संचालन रहेकाे भवनमा सम्पर्क कार्यालय संचालन गर्ने पनि निर्णय गरेकाे छ ।

नेपाल पाेष्ट डेलीकाे कार्यालयमा बसेकाे बैठकमा संगठनका केन्द्रिय सदस्य राघव साह, बृजलाल  पासवान र रेविन्द्र कार्कीकाे विशेष उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा पर्सामा गुटगत विवाद सतहमा, वीरगंजमा एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा देखिँदै आएको गुटगत विवाद फेरि सतहमा आएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा रास्वपाका जिल्ला...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...