Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 645

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु : मन्त्री यादव

0

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताएका छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथ मंगलबार आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा बैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए ।

उनले भने, “वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।”

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दावी गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदीवासी जनजाती वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

यसैगरी मन्त्री यादवले हाल विभिद कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाती, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पुरा गर्नु पर्ने धारणा अघि सारे ।

सोही कार्यक्रममा मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिक व्यवस्थापनका लागि नेपालमा करिव २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिए ।

मन्त्री यादवले विषेश गरी तराई तथा मधेशका नजिक एवं टाढा दुबै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनेत गर्नु पर्ने वताए । विश्वमा नै नमूनाको रुपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराए ।

बारामा पनि मिटरव्याजी फेला पर्दै : सवा ३ लाख दिएर ३६ लाख माग

0
मिटरव्याजको शिकार बनेका बारा जिल्ला देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार । तस्बिर : कालिका टाईम्स

वीरगंज । तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् ।

१ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ति बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको छ । यसै अवस्थामा नेपाल सरकारले मिटर व्याजी पैसा दिने व्यक्तिहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाएको अवस्थामा हाल आएर यो कार्यमा केही न्यूनीकरण भएको देखिन्छ तर तराईका जिल्लाहरुमा भने यो कार्य अझै रोकिएको छैन ।

बैंकले बार्षिक १० देखि १४ प्रतिशतसम्म व्याज लिएर कर्जा दिने गरेको अवस्थामा मिटर व्याजमा पैसा दिनेहरुले बार्षिक ३६ देखि ६० प्रतिशतसम्म व्याज असुल्ने गरेका छन् । त्यसमा पनि व्याजलाई एक वर्षमा साँवामा परिणत गरि पुनः त्यसको व्याज असुल्ने कार्य तिब्र रुपमा भइरहेको छ ।

यही मिटर व्याजको शिकार बनेका छन् बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार । ठाकुरले सोही वडाको गम्हरिया निवासी जितेन्द्र प्रसाद यादव भनिने जटहा राय यादवसँग लिएको ३ लाख २५ हजार रुपैयाको मिटर व्याज स्वरुप ३६ लाख तिर्नुपर्ने अवस्था सृजना भएको छ ।

यादवले ठाकुरलाई पहिलो पटक १ लाख, दोश्रो पटक १ लाख २५ हजार र तेश्रो पटक १ लाख गरि ३ लाख २५ हजार दिएर ३६ लाख माग गरि रहेका छन् । ठाकुरले छोरीको बिहेको प्रयोजनका लागि २०७० सालमा यादवसँग १ लाख रुपैया बार्षिक ३६ प्रतिशतले तिर्ने गरि व्याजमा लिएका थिए ।

त्यस पश्चात यादवले २०७१ सालमा व्याज र साँवा मिलाई १ लाख ७५ हजार बनाई ठाकुरलाई थप १ लाख २५ हजार दिई ३ लाख पुँजी बनाएर तीन गुना बढि ९ लाखको कपाली तमसुक कागज बनाएका थिए । त्यस पश्चात २०७४ सालमा यादवले पुनः १ लाख ५० हजार दिएर १० लाख ५० हजार साँवा भएको भन्दै ३१ लाख ५० हजारको कपाली तमसुक कागज बनाए ।

हाल आएर यादवले ठाकुरसँग ३६ लाख रुपैया लिनुपर्ने भन्दै माग गरि रहेका छन् । ठाकुरले यादवलाई व्याज वापत २३ लाख दिई रहेका छन् तर यादवले ३६ लाखको अडान गरि रहेका छन् । ठाकुरका छोराहरु प्रतिष्ठित व्यक्तिको जिम्मेवारीमा रहेकोले बुवालाई कसैले केही नभनोस् भनेर यादवलाई २३ लाख बुझाउन तयार छन् तर यादवले ३६ लाख नै लिने अडानमा छन् ।

यसबारे गाउँको भद्रभलादमीहरुको रोहबरमा पटक पटक छलफल पनि भएको छ तर यादवले कसैको कुरा मान्न तयार छैनन् । आफूसँग कपाली तमसुक कागज रहेको भन्दै ३६ लाख भन्दा कम रकम नलिने भन्दै आएका छन् । यो भन्दा अगाडि ठाकुरले यादवलाई मिटर व्याजी स्वरुप १० लाख ५० हजार बुझाई सकेका छन् ।

नेकपा एस पर्साकाे चार वटै निर्वाचन क्षेत्रकाे अध्यक्ष र सचिव चयन

0

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे सचिवालय बैठक साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला अन्तर्गतका चार निर्वाचन क्षेत्रकाे अध्यक्ष र सचिव चयन गरेकाे छ ।

बैठकले पर्सा निर्वाचन क्षेत्र नं. १ काे अध्यक्षमा मंजुर आलम, सचिवमा सन्ता महर्जन, क्षेत्र नं. २ काे अध्यक्षमा बृजलाल पासवान, सचिवमा रेविन्द्र कार्की, क्षेत्र नं. ३ काे अध्यक्षमा राजेन्द्र चाैधरी, सचिवमा बृजेश चाैहान, क्षेत्र नं. ४ काे अध्यक्ष गंगा खड्का र सचिवमा दिनेश साहलाई चयन गरेकाे नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगरका अध्यक्ष मनाेज चाैधरीले जानकारी दिए ।

त्यसैगरी सचिवालय बैठकले यही श्रावण मसान्त भित्र संगठित सदस्यता अध्यावधिक गर्ने र मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचन केन्द्रित अभियान संचालन गर्ने समेत निर्णय गरेकाे उनले जानकारी गराए ।

वीरगंज लिंकराेडस्थित रहेकाे हाेटल कुमु प्यालेसमा बसेकाे बैठकमा पार्टीका पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, लेखा आयाेग सदस्य किशाेरी कुशवाहा लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

हरवाचरवाको सवाल राजनितिक दलको मुख्य एजेण्डा बन्नु पर्छ : मन्त्री महतो

0

धनुषा । जनकपुरधाम मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा बन मन्त्री सत्रुघन महतोले अझै पनि कृषिबँधुवाको रुपमा कामगरिरहेका हरवाचरवाको सवाल राजनितिकदलहरुको मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिएका छन् ।

२०७९ श्रावण २ गतेका दिन २२ औं कमैया मुक्ति दिवशको अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवाले एक बिशेष कार्यक्रमको आयोजना गरी हरवाचरवा मुक्ति घोषणा गरेका थिए । सोही सन्दर्भमा राष्ट्रिय दलित नेटवर्क र राष्ट्रिय हरवाचरवाअधिकार मंचको संयुक्त आयोजनामा२०७९ श्रावण २३ देखि २४ सम्म संचालन गरिने जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र एक्टिभिष्टहरुका लागि नेतृत्व बिकास र जनवकालतशिप सम्बन्धीदुई दिने तालिमको उद्घाटन गर्दै मन्त्री महतोले उक्त कुरा बताएका हुन् ।

साथै उनले हरवाचरवाको समग्र सामाजिक र आर्थिक बिकासका लागि मधेस प्रदेश सरकारको मन्त्री परिषदको बैठकमा बिशेष प्रस्ताव राख्नका लागि आफुले पहलकदमीलिनमा कुनै कन्जुस्याई नगर्ने कुरामा जोड दिए ।

कार्यक्रमका बिशिष्ट अतिथि, राष्ट्रिय दलित नेटवर्कका केन्द्रिय अध्यक्ष एवं संघीय सरकार भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयद्वारा गठित हरवाचरवा, मुक्तहलिया, कमैया र कमलरीको बस्तुस्थिति अध्ययन समितिका सदस्य गणेश बिश्वकर्माले मुलुकमा अहिले संघीयता र समावेशी बिकासको अभ्यास थालनी भईरहेको परिपेक्षमा अझै सम्म पनि शोषण मूलक कुप्रथाको रुपमा रहेको कृषीबधुवा प्रणालीको अन्त्यन हुनु संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लाजमर्दो भएको कुरा बताए ।

साथै उनले राज्यको संरचनात्मक रुपान्तरणको माध्यमबाट हरवाचरवाको सामाजिक, आर्थिक सशक्तिकरण मार्फत उनीहरुको मर्यादित जीवन सुनिश्चित गराउने पहिलो दायित्व राज्यको नै रहेको जिकीर समेत गरे ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का महोत्तरी जिल्लाअध्यक्ष कौशीलाल यादव, द फ्रिडम फण्डका नेपाल कार्यक्रम सल्लाहकार जियम श्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराई, राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रीय महासचिव लागिन्द्र सदा, दलित समाज उत्थान समिति नेपालका कार्यकारी निर्देशक श्री सुनिल ठाकुरले लगायतले मन्तब्य राखेका थिए ।

राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रिय उपाध्यक्ष श्रीप्रसाद सदाको अध्यक्षतामा भएकाे कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुमबहादुर सार्कीले सहभागिहरुलाई स्वागत गर्दै कार्यक्रमको महत्व र औचियत्ता माथी प्रकाश पारेका थिए ।

उक्त कार्यक्रमको संचालनराष्ट्रिय दलित नेटवर्कका रुपनारायण पासवानले गरेका थिए ।

उक्त तालिममा मधेस प्रदेशका ८ वटै जिल्लामा गठन भएका जिल्ला हरवाचरवा अधिकार मंचका पदाधिकारीहरु र हरवाचरवा एक्टिभिष्टहरु गरी ४० जनाको सहभागिता रहेको छ । सो तालिममा बर्तमान परिवर्तित सन्दर्भसंगै जनवकालत सिप, नेतृत्व बिकास, मानव अधिकारमुखी बिकास पद्धती, मुक्त हरवाचरवाको पुनर्स्थापन प्याकेज, सरोकारवाला बिश्लेषण सम्बन्धी छलफल भई हरवाचरवाको पुनर्स्थापन अभियानमा सहयोग पुग्ने ६ महिने कार्य योजना समेत निर्माण गरिनेछ ।

सो तालिमको सहजीकरण राष्ट्रिय दलित नेटवर्कका केन्द्रीयअध्यक्ष गणेश बिश्वकर्मा, द फ्रिडम फण्ड नेपालका कार्यक्रम सल्लाहकार जियम श्रेष्ठ, जनवकालत सल्लाहकार एवं कानुनी सल्लाहकार बालाराम भट्टराइ र कार्यक्रम सल्लाहकार ब्रम्हदेव रामले सहजीकरण गर्ने छन् ।

मधुवन मथवलमा डेरी संचालन, पशु कृषक हर्षित

0
वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ मधुवन मथवलमा दुग्ध डेरि संचालनमा आएको छ । कोइलाभारमाई कृषक समुहको सहकार्यमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले डेरी स‌ंचालनमा ल्याएकाे हाे ।
 
सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष सर्मिला विष्टले उक्त डेरीकाे उद्घाटन गरेकी हुन् ।
 
डेरी स‌चालनले थोरै भएपनी मधुवन मथवलका पशु पालक कृषकलाई राहत पुगेको स्थानिय गिरी राज कडेलले वताए । उनले डेरी स‌चालनले पशु पालक कृषकलाई ब्यवसायिक बन्नमा अभिप्रेरित गरेको वताए ।
 
उनका अनुसार डेरी स‌चालनले ४ कि.मि. पैदल यात्रा, ३ घन्टाको फजुल समय खर्च दुग्ध लिन /दिन मनवा जानुपर्ने समस्याबाट उन्मुक्ति मिलेको छ । थप २ जना कृषक रोजगार भएका छन् ।
 
डेरी उद्घाटन कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, वडाध्यक्ष बासुदेव महतो, पूर्व वडाध्यक्ष बिश्वनाथ पटवारी, रितनारायण चौधरी, राजेन्द्र कडेल, जगन्नाथ तिवारी, भुमा अधिकारी, हेमराज महतो, चान्केश्वर भण्डारी, पारस महतो लगायतकाे उपस्थिती रहेकाे थियाे ।

‘सम्झना बिर्सना’ भारतमा पनि रिलिज हुने

0

नेपालपछि प्रेम कथानक फिल्म ‘सम्झना–बिर्सना’ अब भारतका शहरमा प्रदर्शन हुने भएको छ । गत असार ३१ गते नेपालभरका हलमा प्रदर्शन भएको फिल्म ९ सेप्टेम्बरबाट इन्डियाका दर्शकमाझ रिलिज हुने भएको छ ।

 निर्माता अद्वितीय प्रधानले ‘सम्झना बिर्सना’ पहिलो चरणमा ९ सेप्टेम्बरमा दार्जिलिङ, सिक्किम, सिलिगुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने जानकारी दिए । उनले दोश्रो चरणमा ७ अक्टोबरमा असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा रिलिज हुने सुनाए ।

निमेष प्रधान निर्देशित फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिँदैछ । ‘हामीले प्रारम्भिक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ,’ निर्माता प्रधानले भने, ‘त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंग्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्ममा आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणा मुख्य भूमिकामा छन् । दार्जिलिङ, सिलगुढी तथा सिक्किमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिव ढकालको छायांकन, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानको संगीत छ ।

हन्ड्रेडस् ग्रुप छाडेर परिवर्तन नेपाल फाउन्डेसनमा

0

वीरगंज । हन्ड्रेडस् ग्रुप पर्साका संयाेजकसहित ११ जनाले सामुहिक राजिनामा दिएका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै संयाेजक बिशेष साहसहित ११ जनाले आफुहरु सामुहिक राजिनामा दिएकाे जानकारी गराएका हुन् ।

लकडाउनकाे समयमा निशुल्क खाना खुवाएर एकासी चर्जामा आएका हन्ड्रेडस् ग्रुप पर्साका ८० प्रतिशत सदस्यले संस्था छाडेकाे वताइएकाे छ । हन्ड्रेडस् ग्रुपमा पदकाे दुरुपयाेग हुनुकाे साथै कुनै पनि काम व्यवस्थित रुपमा नभएकाे सांस्था छाडनेहरुकाे भनाई छ ।

जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा आफुहरु आजकाे मितिदेखि हन्ड्रेडस् ग्रुपकाे साधारण सदस्य समेत नरहने गरी सांस्था छाडेकाे जानकारी गराउँदै परिवर्तन नेपाल फाउन्डेसनमा लागेकाे संयाेजक बिशेष साहले वताए ।

उनले भने “कुनै कार्यक्रम गर्दा जिल्ला शाखाकाे रुपमा गठन भएकाे हन्ड्रेड्स ग्रपुकाे केन्द्रिय समितिले सहयाेग नगर्ने र उल्टै काे संग साेधेर कार्यक्रम गरेकाे प्रश्न गर्नुकाे साथै विभिन्न दातृ निकायबाट प्राप्त भएकाे सहयाेग रकमबाट कटाैती गरे पठाउने गरेकाे थियाे ।” त्यस कारण काम गर्न ग्राहाे भएर आफै परिर्वतन नेपाल फाउन्डेसन खाेल्नु परेकाे उनले वताए ।

परिवर्तन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर कुमार बर्णवालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा फाउन्डेसनकी उपाध्यक्षमा नेहा साह, सचिव विशेष साह, सह सचिव सुजित कुमार बर्णवाल, काेषाध्यक्ष सुशील पटेल, स‌चालक प्रमुख अतुल कुमार, सदस्यता संयाेजक विजय साह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु : मन्त्री यादव

0

काठमाडाैं । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताएका छन् ।

दक्षिण एसिया देशहरुमा रहेका नदी तथा समून्द्रलाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (सासोप) ले आज आयोजना गरेको सरोकारवाला, परामर्शदाता तथा निकायहरुको सहभागितामा देश विशेष वृहत कार्यशालामा बोल्दै मन्त्री यादवले नेपाललाई प्लाष्टिकजन्य फोहर र प्रदूषण नियन्त्रण गर्न आफु लागि परेको बताए ।

“प्लाष्टिकजन्य प्रदूषण अहिलेको सबैभन्दा ठूलो समस्या मध्ये एक हो, यसको समाधान खोज्न हामीले ढीलो गर्नु हुँदैन्,” मन्त्री यादवले भने ।

मन्त्री नियूक्त भए पश्चात छोटो समयमै धेरै कामहरुको सुरुवात गरेको दावी गर्दै उनले ४० माइक्रोन भन्दा कम मोटाईको प्लाष्टिकको प्रतिबन्धलाई कडाईका साथ कार्यान्वयन गर्न आफुले निर्देशन दिएको जानकारी समेत गराए । यादवले केही दिन अगाडि मात्रै मन्त्रालयबाट एउटा सूचना जारी गर्दै ४० माइक्रोनभन्दा कम मोटाईको प्लाष्टिक प्रतिबन्धलाई कडाईका साथ लागू गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिए ।

त्यसैगरी उनले प्लाष्टिकजन्य पूष्पगुच्छा तथा माला आयात, विक्रीवितरण र भण्डारणमा पनि आफूले मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिबन्ध लगाएको जानकारी दिए । प्रतिबन्धले प्रदूषण नियूनिकरण गर्नुका साथै देशमा प्राकृतिक फूल उत्पादन गर्ने कृषकहरुलाई प्रोत्साहन गर्ने र व्यापार घाटासमेत कम गर्ने उनको विश्वास छ । आगामी भदौं १ गतेदेखि प्लाष्टिक प्रदूषण मूक्त बनाउन थप कामहरु पनि हुन गइरहेको उनले जानकारी दिए ।

यसैगरी वीरगंजस्थित सिर्सिया नदीमा भइरहेको औद्योगिक र मानवीय प्रदूषणलाई नियन्त्रण गर्नका लागि मन्त्रालय तथा मातहतका निकायबाट महत्वपूर्ण कामहरु भइरहेको उनले वताए । “वीरगञ्जको सिर्सिया नदीलाई प्रदूषणमूक्त बनाउन म लागी परेको छु, मन्त्रालयबाट खटेको एउटा विज्ञहरुको टोलीले त्यहाँ अनुगमन गर्दैछ, अनुगमनको प्रतिवेदन आउनसाथ नदीलाई प्रदूषित गर्ने उद्योगहरुलाई कारवाही गर्ने प्रकिया सुरु हुन्छ,” उनले भने ।

आफूहरुले राष्ट्रियस्तरबाट प्लाष्टिकजन्य फोहर र प्रदूषण कम गर्न निरन्तर काम गरिरहेपनि अन्तराष्ट्रियस्तरको सहयोग बिना त्यो अपर्याप्त हुने उहाँको भनाई थियो । “प्लाष्टिक प्रदूषण मूक्त बनाउन हामी एक्लैले चालेका कदमहरु अपर्याप्त हुन सक्छन । अन्तर्राष्ट्रिय स्तरबाट सहयोगको पनि आवश्यकता छ, हाम्रो अभियानमा सबैको साथ र सहयोग हुनुपर्दछ,” उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव डा. पेम नारायण कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा सासोपका महानिर्देशक एमडी मसुमुर रहमान, विश्व वैंकका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य संघद्वारा वन मन्त्री यादवप्रति आभार ब्यक्त

0

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घले वन तथा वातावरण मन्त्री प्रदीप यादवप्रति आभार व्यक्त गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभि विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न मन्त्री यादवले वन मन्त्रालयबाट अनुमति दिएपछि सङ्घले उनीप्रति आभार व्यक्त गरेको हो । सङ्घले मन्त्रालयमा एउटा पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद दिएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटकपटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्याहरुबाट विगत तिन दशकभन्दा पनि लामो समयदेखि आजित बनेका थिए ।

पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँ प्रति आभार व्यक्त गरिएको संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।

मन्त्री यादवले यही साउन १८ गते नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका थिए ।

अनुमति नपाएर उक्त काम विगत ३ दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

मेडिसिटी ब्योधा अस्पतालद्वारा शिक्षिकाहरुसंग अन्तरक्रिया

0
वीरग‌ंज । शिशु स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिसिटी ब्योधा अस्पताल वीरग‌ंजले आयोजनामा गरेकाे विभिन्न विद्यालयका शिक्षिकाहरुसंगकाे अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
 
हरेक पर्ष अगष्ट १ देखी अगष्ट ७ तारिक सम्म विश्व स्तनपान दिवस मनाउने गरिएकाे छ । जनचेतना अभिवृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी ब्योधा अस्पतालले पनि निरन्तरता दिदै जाने जनाएकाे छ । वीरगंजस्थित दिल्ली पब्लीक स्कुल, डिएभी स्कुल लगायत अस्पतालमा उपचारार्थ आएका महिलाहरुलाई समेत कार्यक्रममा सहभागी गराईएको थियो ।
 
कार्यक्रममा अस्पतालका बाल रोग बिशेषज्ञ डा. आनन्द रौनियारले स्तनपानको फाईदा, आवश्यकता, आमा र बच्चाको स्वाथ्यमा स्तनपानको महत्वको बारेमा जानकारी गराएका थिए ।
 
यसैगरी अस्पतालको एसिस्टेन्ट नर्सिङ सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरिका, स्तनपान गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सिकाएकी थिइन ।
 
कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले अब महिला गर्भवती भएपछि प्रिनटल क्लास, तथाह हेल्दी बेबी क्लिनिकको शुरुवात गर्न लागेको बताए । 
कार्यक्रमममा गर्भवती महिलाहरुको खानपान, दैनिक ब्यायाम, जीवनशैली, स्वाथ्यमा दिनुपर्ने ध्यान, बच्चा डेलिभरी हुंदा अपनाउर्नु पर्ने कार्यहरु तथा बच्चा भईसकेपछि बच्चाको हेरचाहको बारेमा समेत जानकारी गराइएकाे अस्पतालका प्रशासन प्रमुख विष्णु पटेलले वताए ।
 
कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. अभिसेक सिंह, स्त्री तथा प्रस्तुती राेग बिषेशज्ञ डा. रुविना ताम्रकार, अस्पतालकी क्लिनिकल कोर्डिनेटर डा‍. स्वेता झा लगायतकाे उपस्थिती रहेकाे थियाे ।