Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

बारामा पनि मिटरव्याजी फेला पर्दै : सवा ३ लाख दिएर ३६ लाख माग

spot_img
spot_img

वीरगंज । तराईका जिल्लाहरुमा मिटरव्याजमा पैसा दिने प्रचलन बढेको छ । ग्रामीण भेगका अशिक्षित व्यक्तिहरुलाई अलि चलाख व्यक्तिहरुले मिटर व्याजमा पैसा दिएर लाखौं असुल्ने गरेको घटनाहरु बेलाबखत सार्वजनिक भइरहेका हुन्छन् ।

१ लाख दिएर ३ लाखको तमसुक कपाली कागज बनाई सोझा साझा जनताहरुसँग ति बराबरको सम्पत्ति एवं जायजथा हड्पने होडबाजी नै चलेको छ । यसै अवस्थामा नेपाल सरकारले मिटर व्याजी पैसा दिने व्यक्तिहरुमाथि कारवाही प्रक्रिया अगाडि बढाएको अवस्थामा हाल आएर यो कार्यमा केही न्यूनीकरण भएको देखिन्छ तर तराईका जिल्लाहरुमा भने यो कार्य अझै रोकिएको छैन ।

बैंकले बार्षिक १० देखि १४ प्रतिशतसम्म व्याज लिएर कर्जा दिने गरेको अवस्थामा मिटर व्याजमा पैसा दिनेहरुले बार्षिक ३६ देखि ६० प्रतिशतसम्म व्याज असुल्ने गरेका छन् । त्यसमा पनि व्याजलाई एक वर्षमा साँवामा परिणत गरि पुनः त्यसको व्याज असुल्ने कार्य तिब्र रुपमा भइरहेको छ ।

यही मिटर व्याजको शिकार बनेका छन् बारा जिल्लाको देवताल गाउँपालिका वडा नं. २ कल्याणपुर निवासी जगनारायण ठाकुर लोहार । ठाकुरले सोही वडाको गम्हरिया निवासी जितेन्द्र प्रसाद यादव भनिने जटहा राय यादवसँग लिएको ३ लाख २५ हजार रुपैयाको मिटर व्याज स्वरुप ३६ लाख तिर्नुपर्ने अवस्था सृजना भएको छ ।

यादवले ठाकुरलाई पहिलो पटक १ लाख, दोश्रो पटक १ लाख २५ हजार र तेश्रो पटक १ लाख गरि ३ लाख २५ हजार दिएर ३६ लाख माग गरि रहेका छन् । ठाकुरले छोरीको बिहेको प्रयोजनका लागि २०७० सालमा यादवसँग १ लाख रुपैया बार्षिक ३६ प्रतिशतले तिर्ने गरि व्याजमा लिएका थिए ।

त्यस पश्चात यादवले २०७१ सालमा व्याज र साँवा मिलाई १ लाख ७५ हजार बनाई ठाकुरलाई थप १ लाख २५ हजार दिई ३ लाख पुँजी बनाएर तीन गुना बढि ९ लाखको कपाली तमसुक कागज बनाएका थिए । त्यस पश्चात २०७४ सालमा यादवले पुनः १ लाख ५० हजार दिएर १० लाख ५० हजार साँवा भएको भन्दै ३१ लाख ५० हजारको कपाली तमसुक कागज बनाए ।

हाल आएर यादवले ठाकुरसँग ३६ लाख रुपैया लिनुपर्ने भन्दै माग गरि रहेका छन् । ठाकुरले यादवलाई व्याज वापत २३ लाख दिई रहेका छन् तर यादवले ३६ लाखको अडान गरि रहेका छन् । ठाकुरका छोराहरु प्रतिष्ठित व्यक्तिको जिम्मेवारीमा रहेकोले बुवालाई कसैले केही नभनोस् भनेर यादवलाई २३ लाख बुझाउन तयार छन् तर यादवले ३६ लाख नै लिने अडानमा छन् ।

यसबारे गाउँको भद्रभलादमीहरुको रोहबरमा पटक पटक छलफल पनि भएको छ तर यादवले कसैको कुरा मान्न तयार छैनन् । आफूसँग कपाली तमसुक कागज रहेको भन्दै ३६ लाख भन्दा कम रकम नलिने भन्दै आएका छन् । यो भन्दा अगाडि ठाकुरले यादवलाई मिटर व्याजी स्वरुप १० लाख ५० हजार बुझाई सकेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...