Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस पर्साकाे चार वटै निर्वाचन क्षेत्रकाे अध्यक्ष र सचिव चयन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे सचिवालय बैठक साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला अन्तर्गतका चार निर्वाचन क्षेत्रकाे अध्यक्ष र सचिव चयन गरेकाे छ ।

बैठकले पर्सा निर्वाचन क्षेत्र नं. १ काे अध्यक्षमा मंजुर आलम, सचिवमा सन्ता महर्जन, क्षेत्र नं. २ काे अध्यक्षमा बृजलाल पासवान, सचिवमा रेविन्द्र कार्की, क्षेत्र नं. ३ काे अध्यक्षमा राजेन्द्र चाैधरी, सचिवमा बृजेश चाैहान, क्षेत्र नं. ४ काे अध्यक्ष गंगा खड्का र सचिवमा दिनेश साहलाई चयन गरेकाे नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगरका अध्यक्ष मनाेज चाैधरीले जानकारी दिए ।

त्यसैगरी सचिवालय बैठकले यही श्रावण मसान्त भित्र संगठित सदस्यता अध्यावधिक गर्ने र मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचन केन्द्रित अभियान संचालन गर्ने समेत निर्णय गरेकाे उनले जानकारी गराए ।

वीरगंज लिंकराेडस्थित रहेकाे हाेटल कुमु प्यालेसमा बसेकाे बैठकमा पार्टीका पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, लेखा आयाेग सदस्य किशाेरी कुशवाहा लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...