Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एस पर्साकाे चार वटै निर्वाचन क्षेत्रकाे अध्यक्ष र सचिव चयन

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्साकाे सचिवालय बैठक साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे अध्यक्षतामा बसेकाे बैठकले जिल्ला अन्तर्गतका चार निर्वाचन क्षेत्रकाे अध्यक्ष र सचिव चयन गरेकाे छ ।

बैठकले पर्सा निर्वाचन क्षेत्र नं. १ काे अध्यक्षमा मंजुर आलम, सचिवमा सन्ता महर्जन, क्षेत्र नं. २ काे अध्यक्षमा बृजलाल पासवान, सचिवमा रेविन्द्र कार्की, क्षेत्र नं. ३ काे अध्यक्षमा राजेन्द्र चाैधरी, सचिवमा बृजेश चाैहान, क्षेत्र नं. ४ काे अध्यक्ष गंगा खड्का र सचिवमा दिनेश साहलाई चयन गरेकाे नेकपा (एकीकृत समाजवादी) वीरगंज महानगरका अध्यक्ष मनाेज चाैधरीले जानकारी दिए ।

त्यसैगरी सचिवालय बैठकले यही श्रावण मसान्त भित्र संगठित सदस्यता अध्यावधिक गर्ने र मंसिर ४ गते हुने संघ र प्रदेशकाे निर्वाचन केन्द्रित अभियान संचालन गर्ने समेत निर्णय गरेकाे उनले जानकारी गराए ।

वीरगंज लिंकराेडस्थित रहेकाे हाेटल कुमु प्यालेसमा बसेकाे बैठकमा पार्टीका पाेलिट ब्युराे सदस्य एवम् पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरन्जीवी अचार्य, लेखा आयाेग सदस्य किशाेरी कुशवाहा लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...