Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

मेडिसिटी ब्योधा अस्पतालद्वारा शिक्षिकाहरुसंग अन्तरक्रिया

spot_img
spot_img
वीरग‌ंज । शिशु स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिसिटी ब्योधा अस्पताल वीरग‌ंजले आयोजनामा गरेकाे विभिन्न विद्यालयका शिक्षिकाहरुसंगकाे अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
 
हरेक पर्ष अगष्ट १ देखी अगष्ट ७ तारिक सम्म विश्व स्तनपान दिवस मनाउने गरिएकाे छ । जनचेतना अभिवृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी ब्योधा अस्पतालले पनि निरन्तरता दिदै जाने जनाएकाे छ । वीरगंजस्थित दिल्ली पब्लीक स्कुल, डिएभी स्कुल लगायत अस्पतालमा उपचारार्थ आएका महिलाहरुलाई समेत कार्यक्रममा सहभागी गराईएको थियो ।
 
कार्यक्रममा अस्पतालका बाल रोग बिशेषज्ञ डा. आनन्द रौनियारले स्तनपानको फाईदा, आवश्यकता, आमा र बच्चाको स्वाथ्यमा स्तनपानको महत्वको बारेमा जानकारी गराएका थिए ।
 
यसैगरी अस्पतालको एसिस्टेन्ट नर्सिङ सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरिका, स्तनपान गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सिकाएकी थिइन ।
 
कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले अब महिला गर्भवती भएपछि प्रिनटल क्लास, तथाह हेल्दी बेबी क्लिनिकको शुरुवात गर्न लागेको बताए । 
कार्यक्रमममा गर्भवती महिलाहरुको खानपान, दैनिक ब्यायाम, जीवनशैली, स्वाथ्यमा दिनुपर्ने ध्यान, बच्चा डेलिभरी हुंदा अपनाउर्नु पर्ने कार्यहरु तथा बच्चा भईसकेपछि बच्चाको हेरचाहको बारेमा समेत जानकारी गराइएकाे अस्पतालका प्रशासन प्रमुख विष्णु पटेलले वताए ।
 
कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. अभिसेक सिंह, स्त्री तथा प्रस्तुती राेग बिषेशज्ञ डा. रुविना ताम्रकार, अस्पतालकी क्लिनिकल कोर्डिनेटर डा‍. स्वेता झा लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...

दुई दशकदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको बहस फेरि सुरु

वीरगञ्ज । दुई दशकभन्दा बढी समयदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ। सरकारले गत भदौ १ गते...