Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

मेडिसिटी ब्योधा अस्पतालद्वारा शिक्षिकाहरुसंग अन्तरक्रिया

spot_img
spot_img
वीरग‌ंज । शिशु स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिसिटी ब्योधा अस्पताल वीरग‌ंजले आयोजनामा गरेकाे विभिन्न विद्यालयका शिक्षिकाहरुसंगकाे अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ ।
 
हरेक पर्ष अगष्ट १ देखी अगष्ट ७ तारिक सम्म विश्व स्तनपान दिवस मनाउने गरिएकाे छ । जनचेतना अभिवृद्धि गर्ने कार्यलाई नेपाल मेडिसिटी ब्योधा अस्पतालले पनि निरन्तरता दिदै जाने जनाएकाे छ । वीरगंजस्थित दिल्ली पब्लीक स्कुल, डिएभी स्कुल लगायत अस्पतालमा उपचारार्थ आएका महिलाहरुलाई समेत कार्यक्रममा सहभागी गराईएको थियो ।
 
कार्यक्रममा अस्पतालका बाल रोग बिशेषज्ञ डा. आनन्द रौनियारले स्तनपानको फाईदा, आवश्यकता, आमा र बच्चाको स्वाथ्यमा स्तनपानको महत्वको बारेमा जानकारी गराएका थिए ।
 
यसैगरी अस्पतालको एसिस्टेन्ट नर्सिङ सुपरिटेन्डेन्ट सबिना रेग्मीले स्तनपानको सही तरिका, स्तनपान गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा सिकाएकी थिइन ।
 
कार्यक्रममा अस्पतालका प्रमुख विजय रिमालले अब महिला गर्भवती भएपछि प्रिनटल क्लास, तथाह हेल्दी बेबी क्लिनिकको शुरुवात गर्न लागेको बताए । 
कार्यक्रमममा गर्भवती महिलाहरुको खानपान, दैनिक ब्यायाम, जीवनशैली, स्वाथ्यमा दिनुपर्ने ध्यान, बच्चा डेलिभरी हुंदा अपनाउर्नु पर्ने कार्यहरु तथा बच्चा भईसकेपछि बच्चाको हेरचाहको बारेमा समेत जानकारी गराइएकाे अस्पतालका प्रशासन प्रमुख विष्णु पटेलले वताए ।
 
कार्यक्रममा अस्पतालका वरिष्ठ फिजिसियन डा. अभिसेक सिंह, स्त्री तथा प्रस्तुती राेग बिषेशज्ञ डा. रुविना ताम्रकार, अस्पतालकी क्लिनिकल कोर्डिनेटर डा‍. स्वेता झा लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...