Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

मधुवन मथवलमा डेरी संचालन, पशु कृषक हर्षित

spot_img
spot_img
वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ मधुवन मथवलमा दुग्ध डेरि संचालनमा आएको छ । कोइलाभारमाई कृषक समुहको सहकार्यमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले डेरी स‌ंचालनमा ल्याएकाे हाे ।
 
सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष सर्मिला विष्टले उक्त डेरीकाे उद्घाटन गरेकी हुन् ।
 
डेरी स‌चालनले थोरै भएपनी मधुवन मथवलका पशु पालक कृषकलाई राहत पुगेको स्थानिय गिरी राज कडेलले वताए । उनले डेरी स‌चालनले पशु पालक कृषकलाई ब्यवसायिक बन्नमा अभिप्रेरित गरेको वताए ।
 
उनका अनुसार डेरी स‌चालनले ४ कि.मि. पैदल यात्रा, ३ घन्टाको फजुल समय खर्च दुग्ध लिन /दिन मनवा जानुपर्ने समस्याबाट उन्मुक्ति मिलेको छ । थप २ जना कृषक रोजगार भएका छन् ।
 
डेरी उद्घाटन कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, वडाध्यक्ष बासुदेव महतो, पूर्व वडाध्यक्ष बिश्वनाथ पटवारी, रितनारायण चौधरी, राजेन्द्र कडेल, जगन्नाथ तिवारी, भुमा अधिकारी, हेमराज महतो, चान्केश्वर भण्डारी, पारस महतो लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धार्मिक आस्था र परम्परासँग जोडिएको ऋषिपञ्चमी आज मनाइँदै

वीरगंज । नेपाली महिलाहरूले आज अरुन्धतीसहित सप्तऋषिको पूजा–आराधना गरी ऋषिपञ्चमी पर्व मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वका अवसरमा बिहानै उठेर...

पर्सा–बारामा प्रमुख प्रशासकीय अधिकृत हेरफेर, को कहाँ पुगे ?

वीरगंज । पर्सा र बाराका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संघीय मामिला...

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादवसहित ८ जना धरौटीमा रिहा

वीरगंज । वीरगंज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा रहेको गोल्डेन फिंगर गेमिङ जोन प्रालि. (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादवसहित आठै...