Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

मधुवन मथवलमा डेरी संचालन, पशु कृषक हर्षित

spot_img
spot_img
वीरगंज । पर्साकाे सखुवाप्रसौनी गाउँपालिका वडा नं. १ मधुवन मथवलमा दुग्ध डेरि संचालनमा आएको छ । कोइलाभारमाई कृषक समुहको सहकार्यमा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाले डेरी स‌ंचालनमा ल्याएकाे हाे ।
 
सखुवा प्रसाैनी गाउँपालिकाकी उपाध्यक्ष सर्मिला विष्टले उक्त डेरीकाे उद्घाटन गरेकी हुन् ।
 
डेरी स‌चालनले थोरै भएपनी मधुवन मथवलका पशु पालक कृषकलाई राहत पुगेको स्थानिय गिरी राज कडेलले वताए । उनले डेरी स‌चालनले पशु पालक कृषकलाई ब्यवसायिक बन्नमा अभिप्रेरित गरेको वताए ।
 
उनका अनुसार डेरी स‌चालनले ४ कि.मि. पैदल यात्रा, ३ घन्टाको फजुल समय खर्च दुग्ध लिन /दिन मनवा जानुपर्ने समस्याबाट उन्मुक्ति मिलेको छ । थप २ जना कृषक रोजगार भएका छन् ।
 
डेरी उद्घाटन कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल, वडाध्यक्ष बासुदेव महतो, पूर्व वडाध्यक्ष बिश्वनाथ पटवारी, रितनारायण चौधरी, राजेन्द्र कडेल, जगन्नाथ तिवारी, भुमा अधिकारी, हेमराज महतो, चान्केश्वर भण्डारी, पारस महतो लगायतकाे उपस्थिती रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...