Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

उद्योग वाणिज्य संघद्वारा वन मन्त्री यादवप्रति आभार ब्यक्त

spot_img
spot_img

वीरगंज । वीरगंज उद्योग वाणिज्य सङ्घले वन तथा वातावरण मन्त्री प्रदीप यादवप्रति आभार व्यक्त गरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै बाराको पिलुवासम्मको ३३ केभि विद्युत प्रसारण लाईन भूमिगत (अन्डरग्राउण्ड) गर्न मन्त्री यादवले वन मन्त्रालयबाट अनुमति दिएपछि सङ्घले उनीप्रति आभार व्यक्त गरेको हो । सङ्घले मन्त्रालयमा एउटा पत्र पठाएर मन्त्री यादवलाई धन्यवाद दिएको छ ।

वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा अवस्थित उद्योगहरु एवम् घरायसी प्रयोजनका लागि प्रसारण हुने लाईनमा पटकपटक ट्रिपिङ् हुने, विद्युत लाईन अवरुद्ध हुने, विद्युतको गुणस्तर न्यून हुने जस्ता समस्याहरुबाट विगत तिन दशकभन्दा पनि लामो समयदेखि आजित बनेका थिए ।

पटक पटक सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन नसकेको मागलाई मन्त्री यादवले पूरा गरेको भन्दै उहाँ प्रति आभार व्यक्त गरिएको संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र हुँदै बाराको पिलुवादेखि पूर्व गढीमाई जाने मोडसम्मको ३३ केभि क्षमताको विद्युत प्रसारण लाइन भूमिगत भएसँगै सबै समस्याहरु समाधान हुने अध्यक्ष डा. गुप्ताको विश्वास छ ।

मन्त्री यादवले यही साउन १८ गते नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि पर्सा राष्ट्रिय निकुञ्ज हुँदै बाराको पिलुवा भएर गढीमाईसम्म निर्माणाधिन १३२ केभि विद्युत प्रसारण लाईनअन्र्तगत ३३ केभि क्षमताको भूमिगत विद्युत प्रसारण लाइन जडानका लागि मन्त्रालयबाट अनुमति दिएका थिए ।

अनुमति नपाएर उक्त काम विगत ३ दशकभन्दा पनि बढी समयदेखि अगाडि बढ्न सकेको थिएन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...

बाढीपीडितका लागि प्याब्सन पर्साद्वारा १५ लाख रुपैयाँ राहत सहयोग

वीरगंज । बाढीपीडित तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) पर्साले १५ लाख रुपैयाँ राहत सहयोग गरेको...