Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

हन्ड्रेडस् ग्रुप छाडेर परिवर्तन नेपाल फाउन्डेसनमा

spot_img
spot_img

वीरगंज । हन्ड्रेडस् ग्रुप पर्साका संयाेजकसहित ११ जनाले सामुहिक राजिनामा दिएका छन् । साेमबार पत्रकार सम्मेलन गर्दै संयाेजक बिशेष साहसहित ११ जनाले आफुहरु सामुहिक राजिनामा दिएकाे जानकारी गराएका हुन् ।

लकडाउनकाे समयमा निशुल्क खाना खुवाएर एकासी चर्जामा आएका हन्ड्रेडस् ग्रुप पर्साका ८० प्रतिशत सदस्यले संस्था छाडेकाे वताइएकाे छ । हन्ड्रेडस् ग्रुपमा पदकाे दुरुपयाेग हुनुकाे साथै कुनै पनि काम व्यवस्थित रुपमा नभएकाे सांस्था छाडनेहरुकाे भनाई छ ।

जिल्ला समन्वय समिति पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा आफुहरु आजकाे मितिदेखि हन्ड्रेडस् ग्रुपकाे साधारण सदस्य समेत नरहने गरी सांस्था छाडेकाे जानकारी गराउँदै परिवर्तन नेपाल फाउन्डेसनमा लागेकाे संयाेजक बिशेष साहले वताए ।

उनले भने “कुनै कार्यक्रम गर्दा जिल्ला शाखाकाे रुपमा गठन भएकाे हन्ड्रेड्स ग्रपुकाे केन्द्रिय समितिले सहयाेग नगर्ने र उल्टै काे संग साेधेर कार्यक्रम गरेकाे प्रश्न गर्नुकाे साथै विभिन्न दातृ निकायबाट प्राप्त भएकाे सहयाेग रकमबाट कटाैती गरे पठाउने गरेकाे थियाे ।” त्यस कारण काम गर्न ग्राहाे भएर आफै परिर्वतन नेपाल फाउन्डेसन खाेल्नु परेकाे उनले वताए ।

परिवर्तन नेपाल फाउन्डेसनका अध्यक्ष रणधिर कुमार बर्णवालकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा फाउन्डेसनकी उपाध्यक्षमा नेहा साह, सचिव विशेष साह, सह सचिव सुजित कुमार बर्णवाल, काेषाध्यक्ष सुशील पटेल, स‌चालक प्रमुख अतुल कुमार, सदस्यता संयाेजक विजय साह लगायतकाे उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजसहित पर्सा-बाराका ६ पालिका जोड्ने सार्वजनिक यातायात सञ्चालनको तयारी

वीरगंज । वीरगंज महानगरपालिकासहित बारा र पर्साका छ पालिकालाई जोडेर एकीकृत सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारी अघि बढाइएको छ । ग्रामीण बस्तीलाई मुख्य...

केवाईसी अपडेटको बहानामा ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

रौतहट । बैंक तथा डिजिटल वालेटको केवाईसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याएर करिब ५० लाख रुपैयाँ...

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...