Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 562

५० हजार घुससहित अधिकृत र वडाध्यक्ष पक्राउ

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो । रासस

पाटेबाघले मार्‍याे आधा दर्जन पशुचौपाया

0

वीरगंज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।

निकुञ्जबाट गएराति आएको बाघले ठोरी गाउँपालिका–४ मानाचोकस्थित नवीन तामाङको गोठमा रहेका पाँच वटा ब्राखा र दुई वटा खसी गरी सात वटा पशुचौपाया मारेको स्थानीय तथा कुसुम बाटिका मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बुद्ध पाख्रीनले जानकारी दिनुभयो ।

पाटेबाघले खसीबाख्रा मारेको स्थानीयले निकुञ्ज प्रशासनलाई जानकारी गराएपछि बिहान नेपाली सेनाको टोलीले बाघलाई धपाएको थियो । यसअघि गत चैत ७ मा निकुञ्जबाट निस्केको पाटेबाघले ठोरी गाउँपालिकास्थित मिक्सर लामाको गोठमा छ वटा बाख्रा र एउटा भँैसी मारेको थियो । रासस

हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास

0

दिपेन्द्र यादव /
जितपुर । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास भएको छ । एक कार्यक्रमका बिच बिहिबार लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले मन्दिर तथा धर्मशालाको शिलान्यास गरेका हुन् ।

अनुमानित ५० लाखको लागतमा  निर्माण हुने मन्दिरको लागि स्थानीयहरुले चंदा संकलन गरि बनाउने र विभिन्न दाताहरुलाई सहयोगको अपिल समेत गरिएकाे मन्दिर निर्माण समितीका अध्यक्ष गजेन्द्र प्रसद यादवले वताए ।

मन्दिर शिलान्यास कार्यक्रममा लोसपा जितपुरसिमराका  नगर अध्यक्ष सिवजी साह, प्रदेश सभाका प्रत्यासी सन्तोश कुश्वाहा, वडा नम्बर ९ का अध्यक्ष मोतिलाल यादव, वडा १९ का अध्यक्ष दिपु क्षेत्री, वडा ११ का अध्यक्ष बिन्दा साह, सरोज पटेल, छठु यादव, सन्जय पटेल, राम कुमार मन्ड्ल, राजु यादव, राजकुमार यादव, रवि तिवारी लगायत वडा नम्बर २४ का स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।

मन्दिर शिलान्य गरिएकाे स्थल अगाडी नै बुधबार स्वास्थ्य चाैकीकाे भवन निर्माणकाे लागि नाप नक्सा गर्न लाग्दा विवाद भएका थिए । स्थानियहरुकाे अवराेधलाई हटाउन प्रहरीले गरेकाे लाठी चार्जबाट केही व्यक्तिहरु घाइते समेत भएका थिए भने प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

वल्ड स्कुलले वीरगंजमा शैक्षिक कार्यक्रम गर्दै

0

वीरगंज । काठमाण्डौं वल्ड स्कुलले वीरगंजमा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ । मधेश प्रदेशको वीरगंजमा यही आँउदो चैत्र १७ गते शुक्रबारका दिन कार्यक्रमको आयोजन गर्न लागिएको हो ।

छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गर्ने बारे विशेष जानकारी दिने उद्देश्यले शुक्रबारका दिन साँझ ४ देखी वीरगंजको होटल लड्स दियालोमा कार्यक्रमको आयोजन गर्न लागिएको हो ।

कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने छन । ’वल्र्ड स्कुलको नेपाल टुर’ अन्तर्गत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़, इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेर अब मधेश प्रदेशको प्रमुख शहरहरुमा कार्यक्रम गर्न लागिएको हाे ।

कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विषयमा खुल्ला संवाद सँगै किन काठमाण्डौ वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाई लक्षित गरेर बीरगंज, राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुन लागेको हो ।

पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनु पर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने बताइएको छ ।

रिप्राेडेक्टिभ हेल्थ परियोजनाकाे जिल्ला स्तरीय स्थापना बैठक

0

वीरगंज । स्वास्थ्य कार्यालय पर्साको अगुवाईमा युएसएआईडि एडाेलेसेन्ट रिप्राेडेक्टिभ हेल्थ परियोजनाकाे जिल्ला स्तरीय स्थापना बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

केयर नेपालको नेतृत्वमा एवाईओएन, एचडिआई, झपिएगाे एण्ड नेपाल सिआरएस कम्पनीसंगको संयुक्त साझेदारीमा साविककाे दिव्य युवा क्लब पर्सा तथा हालको दिव्य विकास स्रोत केन्द्र पर्साद्वारा बैठक सम्पन्न भएकाे हाे ।

बैठकका प्रमुख अतिथी तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह कलवारले किशोर किशोरीहरुको उपचार तथा सेवाको लागी स्थानिय सरकार नै जिम्मेवार रहेको बताए । उनले आफ्नाे नगरपालिकाका ८ वटा स्वास्थ्य संस्थामा किशोरीहरुकाे उपचारका लागी दुई दुई वटाको दरले १६ वटा गोप्य कोठा, आर्थिक बर्ष २०८०/०८१ काे बजेटबाट निमार्ण गराउने प्रतिबद्धता समेत जनाए ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले किशोरीहरुमा देखिएको समस्या हामी सबैले समन्वय, सहकार्य गरी लागी पर्यौ भन्ने सजिल्लै निराकरण हुन सक्ने बताए ।

जिल्ला समन्वय समिती पर्साका उपसभापति पुरन पटेलको अध्यक्षतामा सम्पन्न बैठकमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एआरएच परोजेक्टका दानबहादुर खड्का लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रजनन् स्वास्थ्य कार्यक्रमका जिम्मेवार व्यक्ति बालकिशोर यादव र दिब्य विकास स्राेत केन्द्रका संयोजक सुरेन्द्र चौरसियाले कार्यक्रमकाे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख परतिनिधीहरुको सहभागीता रहेको थियो भन्ने कार्यक्रमकाे सहजीकरण दिव्य विकास स्राेत केन्द्रकी कोपीला चौलागाई साहले गरेका थिइन ।

१० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन, सशक्तीकरण गराउने उदेश्यले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका तथा पर्सा गढी नगरपालिकामा परियाेजना संचालन भई रहेको दिव्य विकास स्राेत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए ।

भूमि आयोगद्वारा सखुवा प्रसौनीमा अभिमुखीकरण

0

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भूमि आयोग पर्साको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरण गरेको हो ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको अभिमुखीकरणमा भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले प्रशिक्षण दिएका थिए ।

अध्यक्ष अहमदकाअनुसार सखुवा प्रसौनीमा १ हजार २ सय १५ जनाको विवरण संकलन गरिएको छ । जसमध्ये ८ सय ८० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने ३ सय ३५ जना अव्यवस्थित बसोबासी रहेका छन् ।

सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती पुर्नगठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

अभिमुखीकरणमा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष र वडा सचिव, कार्यपालिका सदस्य, कर्मचारी, कर्मचारीसँगै अमिन सनोज पटेल र भूमि आयोगका कर्मचारीद्वय भरत प्रसाद कानु, रमेश जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

मन्दिरकाे जग्गा अगाडी स्वास्थ्य चाैकी भवन बनाउन खाेज्दा झडप

0

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २४ हरपुरमा स्वास्थ्य चाैकी र मन्दिर निर्माणकाे बिषयमा झडप भएकाे छ । श्री राधा कृष्ण मन्दिरकाे जग्गाकाे अगाडी स्वास्थ्य चाैकीकाे भवन निर्माणकाे लागि वडा कार्यालयले बुधबार नाप नक्सा गर्न खाेज्दा स्थानियले अवराेध गरेपछि प्रहरीले लाठी चार्ज गरेकाे हाे ।

प्रहरीले स्थानियहरुकाे अवराेध हटाउन लाठी लार्ज गर्दा एक दर्जन व्यक्तिहरु घाइते भएकाे स्थानियहरुले वताएका छन् । स्थानियका अनुसार विकास यादव, भास्कर यादव, लक्षुमण यादव, गाेकुल यादव, दुर्गा यादव, हेमन्त यादव, ओउम् यादव लगायतका घाइते भएका हुन् । घाइते मध्येका गाेकुल यादवकाे सिमरास्थि अलपाइन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएकाे छ । इलाका प्रहरी कार्यालय जितपुरले विकास यादव, भास्कर यादव, दुर्गा यादव, भुषण यादव, हेमन्त यादव, ओउम् यादव, सन्दिप यादव, पृथ्वी यादव, रामचन्द्र यादव, आशा कुमारी यादव लगायतकालाई नियन्त्रणमा लिएकाे हाे ।

स्थानियहरुले श्री राधा कृष्ण मन्दिर तथा धर्मशालाकाे खरिद गरेकाे जग्गा अगाडीकाे सार्वजनिक जग्गामा वडा कार्यालयले स्वास्थ्य चाैकीकाे भवन निर्माण गर्न खाेजेपछि विवाद भएकाे हाे । अक्राे ठाउँमा स्वास्थ्य चाैकीकाे दुई तत्ले भवन र प्रयाप्त मात्रामा जग्गा भएपनि वडाध्यक्ष सुल्तान अन्सारीले मन्दिर बन्न नदिने उद्देश्यले मन्दिर बनाउन लागिएकाे जग्गा अगाडी फेरी अक्राे स्वास्थ्य चाैकीकाे भवन बनाउन खाेजेकाे स्थानियहरुकाे आराेप छ ।

भाेली चैत १६ गते बिहिबार राधाकृष्ण मन्दिरकाे शिलान्यास कार्यक्रम तय गरिएकाे र साे कार्यक्रमकाे निमन्त्रणा समेत बाँडि सकिएकाे अवस्थामा त्यसकाे एक दिन पहिला मात्र प्रहरीकाे सहयाेगमा वडाध्यक्ष अन्सारीले साेही जग्गा अगाडीकाे सार्वजनिक जग्गामा स्वास्थ्य चाैकीकाे भवन निर्माणकाे लागि नाप नक्सा गर्न पुग्नु वडाध्यक्षकाे नियत प्रति शंका उत्पन्न भएकाे स्थानियहरुकाे भनाई छ ।

प्रहरीले पनि वडाध्यक्षकाे निर्देशनमा स्थानिय माथि ज्यादती गरेकाे स्थानियहरुकाे आराेप छ । यस बिषयमा बुझ्न वडाध्यक्ष अन्सारीलाई माेबाइलमा सम्पर्क गर्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले स्वास्थ्य कार्यालयकाे भवन निर्माण गर्न खाेज्दा अवराेध गर्नेहरुलाई नियन्त्रणमा लिइएकाे वताए ।

उनले भने “गत बर्ष पनि स्वास्थ्य कार्यालयकाे भवन निर्माणकाे बजेट छुट्टेयाइएकाे थियाे तर गत बर्ष बजेट पनि स्थानियहरुकाे अवराेेधका कारण फ्रिज भयाे । याे बर्ष पनि निर्माण गर्न खाेज्दा अवराेध गरेपछि विवाद भएकाे हाे ।”

प्रहरीले लाठी चार्ज नगरेकाे भन्दै उनले अवराेध गर्नेहरुकाे ढुंगामुडा नै लागेर एक जना घाइते भएकाे दाबी गरे ।

प्रहरीले बल प्रयाेग गरेर स्वास्थ्य चाैकीकाे निर्माण कार्य सुरु समेत गराएकाे छ । मन्दिर शिलान्यास हुने एकदिन अगाडी प्रहरीकाे सहयाेगमा वडाध्यक्ष अन्सारीले स्वास्थ्य चाैकीकाे शिलान्यास गराएकाे स्थानियहरुले वताएका छन् ।

वीरगंजसंग राज्यले सधै सौतेलो व्यवहार गर्‍यो : पूर्व मन्त्री यादव

0

वीरगंज । नारायणी अस्पताल संघिय अस्पतालको रुपमा विकास भएपनि क्षेत्रीय अस्पतालकै जनशक्तिले सञ्चालन भइरहेको प्रति प्रतिनिधि सभा सदस्य प्रदीप यादवले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा विशेष समयमा बोल्दै पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद यादवले जनशक्ति अभाव र जिर्ण भवनका कारण सेवा प्रवाहमा कठीनाई भइरहेको जानकारी गराए । बिर अस्पताल पछि उपत्यका बाहिरकै पहिलो सरकारी अस्पतालको रुपमा नारायणी भएपनि सरकारले बेवास्ता गरेकोप्रति आपत्ती जनाउँदै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले भवन निर्माणका लागि आवश्यक बजेट र जनशक्तिका लागि दरबन्दी थप गर्न माग गरेका छन् ।

‘नारायणी अस्पताल स्थानीयकै सहयोग र नेपाल सरकारको लगानीमा बनेको उपत्यका बाहिरकै पहिलो अस्पताल हो । जुन मधेश प्रदेश मात्रै नभएर सिमावर्ती शहर रक्सौलदेखि चम्पारण, बिहारका जनताको समेत आशाको केन्द्र हो । तर पछिल्लो समय जनशक्ति अभाव र जिर्ण भवनका कारण सेवा प्रवाहमा समस्या भइरहेको छ । यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’, सांसद यादवले थपे, ‘हजारौ बिरामीको उपचार हुने ठाउँमा १ सय ५० जनाको मात्रै दरबन्दी अपर्याप्त भयो । छिटै दरबन्दी थप गरी भवन पुननिर्माणका लागि आवश्यक बजेट बिनियोजन गरियोस् ।’

साथै उनले भवन निर्माणका लागि यसअघि परेको ठेक्काको मुद्धाका कारण अल्झिएको हुँदा यथाशिघ्र सुनुवाई गरी समाधानको बाटो खोज्न पनि ध्यानाकर्षण गराएका छन् ।

भवन निर्माणको लागि छनोट भएको भनिएको कम्पनीको कागजात नमिलेको भन्दै भवन विभागले अदालतमा मुद्दा दायर गरेपछि २ वर्षभित्र निर्माण सम्पन्न हुनुपर्ने भवन ४ वर्ष पुग्दा पनि सुरु भएको छैन । शहरी विकास विभागले बनाएको भवनको नक्साका आधारमा २०७६ साल वैशाख ८ गते पहिलो पटक बोलपत्र आह्वान गरिएको थियो ।

पहिलो पटक आह्वान गरेको बोलपत्र पुरा हुन नसकेपछि सोही वर्षको जेठ ५ गते पुन दोस्रो पटक बोलपत्र आह्वान गरिएको नारायणी अस्पतालको तथ्यांकमा उल्लेख छ । वि.सं २०७६ जेठ १३ गते भवन विभागले २ अर्ब रुपैयाँ सम्मको राष्ट्रिय बोलपत्रमा सहभागीहरूको बारेमा सूचना जारी गरेको थियो । सो विरुद्ध उच्च अदालतमा मुद्दा परेपछि अस्थायी इजलास वीरगञ्जले सो विषयमा स्टे अडर दिएको थियो । तर अन्तिम सुनुवाइमा उच्च अदालत जनकपुरले ठेक्का पाएको कम्पनीलाई पुनः मूल्याङ्कन गरी काम बढाउने फैसला दिएपछि भवन विभाग पुन सर्वोच्च गएको हो । उच्च अदालतको सो फैसला विरुद्ध भवन विभाग ०७७ पुस २ मा सर्वोच्च गएको थियो ।

यादवले जिर्ण बनेको वीरगञ्जस्थित नारायणी रंगशालाको बारेमा पनि संसदलाई अवगत गराउँदै पुर्ननिर्माणका लागि पहल गरेका छन् । दशरथ रंगशालापछिको नारायणी रंगशाला जिर्ण बनेकोमा चिन्ता व्यक्त गर्दै उनले रंगशाला पुर्ननिर्माणका लागि आवश्यक बजेटको बिनियोजन गर्न आग्रह गरे । यादवले भने, ‘वीरगञ्जलाई राज्यले सँधै सौतेलो व्यवहार गरेको छ । दशरथ रंगशालामा वर्षेनी करोडौ रकम छुट्टिएपनि त्यसपछिको ऐतिहासिक रंगशाला नारायणीलाई बेवास्ता गरिएको छ । पहिला राष्ट्रियस्तरका खेल हुने रंगशालामा अहिले त्यँहीका स्थानीय खेलाडी पनि जोखिमपूर्ण अवस्थामा खेलीरहेका छन् ।’

मधेश प्रदेशकै नमुना रंगशाला रुपमा रहेको नारायणी रंगशाला स्थानीयकै जग्गा दान र सहयोगमा बनेको बताउँदै उनले अब सरकारले रकम उपलब्ध गराएर पुर्ननिर्माण गर्नुपर्नेमा जोड दिए ।

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुलाई १५ लाख जरीवाना

0

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने वीरगन्जका पाँच वटा उद्योगलाई कारबाही गरि १५ लाख रुपैयाँ जरीवाना गरेको छ ।

महानगरपालिकाले वीरगन्न्ज– पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच वटा उद्योगलाई जनही ३/३ लाखका दरले १५ लाख रुपैयाँ जरीवाना गरेको हो ।

महानगरले वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई ३/३ लाखका दरले जरीवाना गरेको हो ।

नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए । ७ दिनभित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरु विरुद्ध थप कारबाहीको प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेखछ ।

वीरगन्ज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदुषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताए ।

यसअघि महानगगरले गत फागुन १६ गते उद्योगहरुबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टरलाई पनि नियन्त्रणमा लिएर १/१ हजार रुपैया जरिबाना तिराएको थियो ।

करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगन्ज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाईरहेको छ ।उक्त अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले पटक पटक अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा  नदी तटमा रहेका उद्योगहरुले त्यहाँबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदिमा फाल्दै आएको भेटिएको थियो ।त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदुषण नगर्न चेतावनी पनि दिएको थियो ।

महानगरले लिखित रुपमै चेतावनी दिदा समेत अटेरी गरि उद्योगका फोहोर र रसयानयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि पाँच उद्योगलाई जनही ३/३ लाख रुपैयाँको दरले जरीवाना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ सिर्सिया नदि वीरगन्ज शहरकै लाइफलाइन हो , त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ , नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब रोकिदैन ।

उहाँले अनुगमन जारी रहने र नदिलाई प्रदुषित बनाउने अन्य उद्योग र निकायलाई पनि यस्तै प्रकारको कारबाही गरिने पनि बताउनुभयो ।

बाराको सीमरा भन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्साको वीरगन्ज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइँदा दुर्गन्धित बनेको हो ।

नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित हुँदै आएका छन्।

सिर्सिया नदीको प्रदुषित पानीका कारण नदी छेउका बासिन्दा तथा पशु चौपायामा समेत रोगको संक्रमण देखिने गरेको नदि छेउका स्थानीय बताउछन् ।

सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो ।

उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।

रितेश त्रिपाठी संयोजकत्वको समितिको प्रतिवेदनमा नदि प्रदुषित बनाउनेमा औद्योगिक करिडोरका ४६ वटा उद्योगहरुको नाम किटान गरिएको थियो ।

समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो । सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एकदशक यता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन्।

म्याद सकेकाे सामग्री पुन: प्याकिङ गरी बिक्री गर्ने उद्याेगमा छापा

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. १३ श्रीपुर स्थित स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. मा प्रहरीले  छापामारी गरेकाे छ । श्रवण रुंगटाकाे घरमा संचालन रहेकाे उद्याेगमा म्याद सकेकाे सामग्रीहरु पुन: नयाँ प्याकिङ हुने गरेकाे विशेष सूचनाकाे आधारमा प्रहरीले छापामारी गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुणस्तर कार्यालय वीरगंज र वीरगंज उद्याेग वाणिज्य संघकाे संयुक्त टाेली पुग्दा एउटै घरमा संचालनमा रहेकाे स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. म्याद गुज्रेकाे खाद्य सामग्रहीहरु पुन: प्याकिङ गरिरहेकाे फेला परेकाे प्रहरीले जनाएकाे छ ।

विना हाेर्डिङ बाेर्डकाे एउटै घरमा गाेप्य तरिकाले संचालनमा रहेकाे उद्याेग र कम्पनीमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: नयाँ प्याकिङ गरी नयाँ मितिकिो लेबल टाँसेर बजारमा बिक्री गर्ने गरेकाे फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । 

वीरगंज महानगरपालिकाकाे वडा नं. ७ निवासी संजय अग्रवाल, साेही ठाउँ निवासी विद्या कुमारी सरावगी र भरतपुर ३ चितवन निवासी सन्ताेष कुमार अग्रवालले साे घरमा उद्याेग र कम्पनी संचालन गर्दै आएका छन् ।

तीनै जनाले संयुक्त रुपमा प्याकिङ गर्ने काम गर्ने उद्देश्यले राखि स्नेक एण्ड प्याक उद्याेग र सामान खरीद बिक्री गर्ने उद्देश्य राखि फुडकाे नेपाल प्रालि नामक कम्पनी दर्ता गराएर उद्याेगमा म्याद सकेकाे सामान प्याकिङ गरी कम्पनी मार्फत बिक्री गर्ने गरेकाे फेला परेकाे हाे । 

उद्याेगमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: प्याकिङ भइरहकाे फेला परेपछि उद्याेगमा कार्यरत ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १३ निवासी ३२ बर्षिय मनिष कुमार चाैधरी, वीरगंज महानगरपालिका कै वडा नं. ७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगंज महानगरपालिका कै वडा नं. १४ निवासी ३८ बर्षिय हरि नारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

उद्याेगमा म्याद सकेकाे अनुमानित ९५ लाख बराबरकाे खाद्य सामग्रीहरु फेला गरेकाे छ । उद्याेगमा छापामारी भएकाे थाहा पाए लगतै संचालकहरु फरार भएका छन् । उद्याेग संचालकहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । 

उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गिरीले जानकारी दिए ।