Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

रिप्राेडेक्टिभ हेल्थ परियोजनाकाे जिल्ला स्तरीय स्थापना बैठक

spot_img
spot_img

वीरगंज । स्वास्थ्य कार्यालय पर्साको अगुवाईमा युएसएआईडि एडाेलेसेन्ट रिप्राेडेक्टिभ हेल्थ परियोजनाकाे जिल्ला स्तरीय स्थापना बैठक बुधबार वीरगंजमा सम्पन्न भएकाे छ ।

केयर नेपालको नेतृत्वमा एवाईओएन, एचडिआई, झपिएगाे एण्ड नेपाल सिआरएस कम्पनीसंगको संयुक्त साझेदारीमा साविककाे दिव्य युवा क्लब पर्सा तथा हालको दिव्य विकास स्रोत केन्द्र पर्साद्वारा बैठक सम्पन्न भएकाे हाे ।

बैठकका प्रमुख अतिथी तथा बहुदरमाई नगरपालिकाका मेयर सिंहासन साह कलवारले किशोर किशोरीहरुको उपचार तथा सेवाको लागी स्थानिय सरकार नै जिम्मेवार रहेको बताए । उनले आफ्नाे नगरपालिकाका ८ वटा स्वास्थ्य संस्थामा किशोरीहरुकाे उपचारका लागी दुई दुई वटाको दरले १६ वटा गोप्य कोठा, आर्थिक बर्ष २०८०/०८१ काे बजेटबाट निमार्ण गराउने प्रतिबद्धता समेत जनाए ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले किशोरीहरुमा देखिएको समस्या हामी सबैले समन्वय, सहकार्य गरी लागी पर्यौ भन्ने सजिल्लै निराकरण हुन सक्ने बताए ।

जिल्ला समन्वय समिती पर्साका उपसभापति पुरन पटेलको अध्यक्षतामा सम्पन्न बैठकमा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, एआरएच परोजेक्टका दानबहादुर खड्का लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रजनन् स्वास्थ्य कार्यक्रमका जिम्मेवार व्यक्ति बालकिशोर यादव र दिब्य विकास स्राेत केन्द्रका संयोजक सुरेन्द्र चौरसियाले कार्यक्रमकाे प्रस्तुती गरेका थिए ।

कार्यक्रममा बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख परतिनिधीहरुको सहभागीता रहेको थियो भन्ने कार्यक्रमकाे सहजीकरण दिव्य विकास स्राेत केन्द्रकी कोपीला चौलागाई साहले गरेका थिइन ।

१० देखि १९ वर्षका सिमान्तकृत समुदाय लगायतका किशोर किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकार हासिल गर्न सक्षम बनाउन, सशक्तीकरण गराउने उदेश्यले पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका, पोखरिया नगरपालिका, बहुदरमाई नगरपालिका तथा पर्सा गढी नगरपालिकामा परियाेजना संचालन भई रहेको दिव्य विकास स्राेत केन्द्रका कार्यकारी निर्देशक रामाकान्त पटेलले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...