Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास

spot_img
spot_img

दिपेन्द्र यादव /
जितपुर । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास भएको छ । एक कार्यक्रमका बिच बिहिबार लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले मन्दिर तथा धर्मशालाको शिलान्यास गरेका हुन् ।

अनुमानित ५० लाखको लागतमा  निर्माण हुने मन्दिरको लागि स्थानीयहरुले चंदा संकलन गरि बनाउने र विभिन्न दाताहरुलाई सहयोगको अपिल समेत गरिएकाे मन्दिर निर्माण समितीका अध्यक्ष गजेन्द्र प्रसद यादवले वताए ।

मन्दिर शिलान्यास कार्यक्रममा लोसपा जितपुरसिमराका  नगर अध्यक्ष सिवजी साह, प्रदेश सभाका प्रत्यासी सन्तोश कुश्वाहा, वडा नम्बर ९ का अध्यक्ष मोतिलाल यादव, वडा १९ का अध्यक्ष दिपु क्षेत्री, वडा ११ का अध्यक्ष बिन्दा साह, सरोज पटेल, छठु यादव, सन्जय पटेल, राम कुमार मन्ड्ल, राजु यादव, राजकुमार यादव, रवि तिवारी लगायत वडा नम्बर २४ का स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।

मन्दिर शिलान्य गरिएकाे स्थल अगाडी नै बुधबार स्वास्थ्य चाैकीकाे भवन निर्माणकाे लागि नाप नक्सा गर्न लाग्दा विवाद भएका थिए । स्थानियहरुकाे अवराेधलाई हटाउन प्रहरीले गरेकाे लाठी चार्जबाट केही व्यक्तिहरु घाइते समेत भएका थिए भने प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...