Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास

spot_img
spot_img

दिपेन्द्र यादव /
जितपुर । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरपुरमा श्रीकृष्ण मन्दिर तथा धर्मशालाको शिलान्यास भएको छ । एक कार्यक्रमका बिच बिहिबार लोकतान्त्रिक समाजवादी पार्टीका क्षेत्रीय अध्यक्ष घनश्याम गिरीले मन्दिर तथा धर्मशालाको शिलान्यास गरेका हुन् ।

अनुमानित ५० लाखको लागतमा  निर्माण हुने मन्दिरको लागि स्थानीयहरुले चंदा संकलन गरि बनाउने र विभिन्न दाताहरुलाई सहयोगको अपिल समेत गरिएकाे मन्दिर निर्माण समितीका अध्यक्ष गजेन्द्र प्रसद यादवले वताए ।

मन्दिर शिलान्यास कार्यक्रममा लोसपा जितपुरसिमराका  नगर अध्यक्ष सिवजी साह, प्रदेश सभाका प्रत्यासी सन्तोश कुश्वाहा, वडा नम्बर ९ का अध्यक्ष मोतिलाल यादव, वडा १९ का अध्यक्ष दिपु क्षेत्री, वडा ११ का अध्यक्ष बिन्दा साह, सरोज पटेल, छठु यादव, सन्जय पटेल, राम कुमार मन्ड्ल, राजु यादव, राजकुमार यादव, रवि तिवारी लगायत वडा नम्बर २४ का स्थानिय बासीहरुको उपस्थिती रहेको थियो ।

मन्दिर शिलान्य गरिएकाे स्थल अगाडी नै बुधबार स्वास्थ्य चाैकीकाे भवन निर्माणकाे लागि नाप नक्सा गर्न लाग्दा विवाद भएका थिए । स्थानियहरुकाे अवराेधलाई हटाउन प्रहरीले गरेकाे लाठी चार्जबाट केही व्यक्तिहरु घाइते समेत भएका थिए भने प्रहरीले १३ जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...