Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

म्याद सकेकाे सामग्री पुन: प्याकिङ गरी बिक्री गर्ने उद्याेगमा छापा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. १३ श्रीपुर स्थित स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. मा प्रहरीले  छापामारी गरेकाे छ । श्रवण रुंगटाकाे घरमा संचालन रहेकाे उद्याेगमा म्याद सकेकाे सामग्रीहरु पुन: नयाँ प्याकिङ हुने गरेकाे विशेष सूचनाकाे आधारमा प्रहरीले छापामारी गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुणस्तर कार्यालय वीरगंज र वीरगंज उद्याेग वाणिज्य संघकाे संयुक्त टाेली पुग्दा एउटै घरमा संचालनमा रहेकाे स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. म्याद गुज्रेकाे खाद्य सामग्रहीहरु पुन: प्याकिङ गरिरहेकाे फेला परेकाे प्रहरीले जनाएकाे छ ।

विना हाेर्डिङ बाेर्डकाे एउटै घरमा गाेप्य तरिकाले संचालनमा रहेकाे उद्याेग र कम्पनीमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: नयाँ प्याकिङ गरी नयाँ मितिकिो लेबल टाँसेर बजारमा बिक्री गर्ने गरेकाे फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । 

वीरगंज महानगरपालिकाकाे वडा नं. ७ निवासी संजय अग्रवाल, साेही ठाउँ निवासी विद्या कुमारी सरावगी र भरतपुर ३ चितवन निवासी सन्ताेष कुमार अग्रवालले साे घरमा उद्याेग र कम्पनी संचालन गर्दै आएका छन् ।

तीनै जनाले संयुक्त रुपमा प्याकिङ गर्ने काम गर्ने उद्देश्यले राखि स्नेक एण्ड प्याक उद्याेग र सामान खरीद बिक्री गर्ने उद्देश्य राखि फुडकाे नेपाल प्रालि नामक कम्पनी दर्ता गराएर उद्याेगमा म्याद सकेकाे सामान प्याकिङ गरी कम्पनी मार्फत बिक्री गर्ने गरेकाे फेला परेकाे हाे । 

उद्याेगमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: प्याकिङ भइरहकाे फेला परेपछि उद्याेगमा कार्यरत ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १३ निवासी ३२ बर्षिय मनिष कुमार चाैधरी, वीरगंज महानगरपालिका कै वडा नं. ७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगंज महानगरपालिका कै वडा नं. १४ निवासी ३८ बर्षिय हरि नारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

उद्याेगमा म्याद सकेकाे अनुमानित ९५ लाख बराबरकाे खाद्य सामग्रीहरु फेला गरेकाे छ । उद्याेगमा छापामारी भएकाे थाहा पाए लगतै संचालकहरु फरार भएका छन् । उद्याेग संचालकहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । 

उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गिरीले जानकारी दिए ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...