Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

म्याद सकेकाे सामग्री पुन: प्याकिङ गरी बिक्री गर्ने उद्याेगमा छापा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. १३ श्रीपुर स्थित स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. मा प्रहरीले  छापामारी गरेकाे छ । श्रवण रुंगटाकाे घरमा संचालन रहेकाे उद्याेगमा म्याद सकेकाे सामग्रीहरु पुन: नयाँ प्याकिङ हुने गरेकाे विशेष सूचनाकाे आधारमा प्रहरीले छापामारी गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला प्रशासन कार्यालय पर्सा, बाणिज्य आपुर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय वीरगंज, खाद्य तथा गुणस्तर कार्यालय वीरगंज र वीरगंज उद्याेग वाणिज्य संघकाे संयुक्त टाेली पुग्दा एउटै घरमा संचालनमा रहेकाे स्नेक एण्ड प्याक उद्याेग र फुडकाे नेपाल क्राेप प्रा.लि. म्याद गुज्रेकाे खाद्य सामग्रहीहरु पुन: प्याकिङ गरिरहेकाे फेला परेकाे प्रहरीले जनाएकाे छ ।

विना हाेर्डिङ बाेर्डकाे एउटै घरमा गाेप्य तरिकाले संचालनमा रहेकाे उद्याेग र कम्पनीमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: नयाँ प्याकिङ गरी नयाँ मितिकिो लेबल टाँसेर बजारमा बिक्री गर्ने गरेकाे फेला परेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । 

वीरगंज महानगरपालिकाकाे वडा नं. ७ निवासी संजय अग्रवाल, साेही ठाउँ निवासी विद्या कुमारी सरावगी र भरतपुर ३ चितवन निवासी सन्ताेष कुमार अग्रवालले साे घरमा उद्याेग र कम्पनी संचालन गर्दै आएका छन् ।

तीनै जनाले संयुक्त रुपमा प्याकिङ गर्ने काम गर्ने उद्देश्यले राखि स्नेक एण्ड प्याक उद्याेग र सामान खरीद बिक्री गर्ने उद्देश्य राखि फुडकाे नेपाल प्रालि नामक कम्पनी दर्ता गराएर उद्याेगमा म्याद सकेकाे सामान प्याकिङ गरी कम्पनी मार्फत बिक्री गर्ने गरेकाे फेला परेकाे हाे । 

उद्याेगमा म्याद सकेकाे खाद्य सामग्रीहरु पुन: प्याकिङ भइरहकाे फेला परेपछि उद्याेगमा कार्यरत ३ जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १३ निवासी ३२ बर्षिय मनिष कुमार चाैधरी, वीरगंज महानगरपालिका कै वडा नं. ७ निवासी २३ बर्षिय आयुष अग्रवाल र वीरगंज महानगरपालिका कै वडा नं. १४ निवासी ३८ बर्षिय हरि नारायण प्रसाद कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

उद्याेगमा म्याद सकेकाे अनुमानित ९५ लाख बराबरकाे खाद्य सामग्रीहरु फेला गरेकाे छ । उद्याेगमा छापामारी भएकाे थाहा पाए लगतै संचालकहरु फरार भएका छन् । उद्याेग संचालकहरुकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ । 

उद्योग सञ्चालकहरू विरुद्ध मुलुकी फोजदारी अपराधसंहिता २०७४ को दफा १०७ र १०८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रवक्ता गिरीले जानकारी दिए ।   

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
शम्भु कुमार सुमन
शम्भु कुमार सुमन
यस अनलाइनका सम्पादक हुन् । सम्पर्क नं. ९८५५०३५४५७, ईमेल : shambhushah6@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...