Date
सोम, भदौ २९, २०८३
Mon, September 14, 2026

भूमि आयोगद्वारा सखुवा प्रसौनीमा अभिमुखीकरण

spot_img
spot_img

वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा भूमि आयोग पर्साको आयोजनामा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले अभिमुखीकरण गरेको हो ।

गाउँपालिका अध्यक्ष जसवन्त यादवको अध्यक्षतामा भएको अभिमुखीकरणमा भूमिहिन, सुकुम्बासी, दलित एवम् अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमदले प्रशिक्षण दिएका थिए ।

अध्यक्ष अहमदकाअनुसार सखुवा प्रसौनीमा १ हजार २ सय १५ जनाको विवरण संकलन गरिएको छ । जसमध्ये ८ सय ८० जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासी छन् भने ३ सय ३५ जना अव्यवस्थित बसोबासी रहेका छन् ।

सोही अवसरमा भूमि सम्बन्धी कामको सहजताका लागि पालिकास्तरीय र वडास्तरीय सहजीकरण समिती पुर्नगठन गर्ने निर्णय पनि गरिएको छ । आयोगका अध्यक्ष अहमदका अनुसार पालिकामा राष्ट्रिय भूमिहिन सेवा केन्द्र सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

अभिमुखीकरणमा गाउँपालिकाका ६ वटै वडाका वडाध्यक्ष र वडा सचिव, कार्यपालिका सदस्य, कर्मचारी, कर्मचारीसँगै अमिन सनोज पटेल र भूमि आयोगका कर्मचारीद्वय भरत प्रसाद कानु, रमेश जैसवाल लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशमा ७७४ अस्थायी स्वास्थ्यकर्मीको कामकाजमा रोक

राजविराज । मधेश प्रदेशका स्वास्थ्य संस्थामा अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कामकाजमा नखटाउन तथा हाजिर नगराउन प्रदेश सरकारले निर्देशन दिएको छ। मधेश प्रदेश...

उपनेश चौरसिया तरुण दल पर्साको उपाध्यक्षमा नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्सा जिल्ला कार्यसमितिको उपाध्यक्षमा उपनेश कुमार चौरसिया नियुक्त भएका छन्। नेपाल तरुण दल पर्साका जिल्ला अध्यक्ष बालमीकी यादवले जिल्ला कार्यसमितिलाई...

सुधीर पटेलको नेतृत्वमा धादिङका बाढीपीडितलाई १५ लाखको राहत सामग्री वितरण

वीरगंज । जेन–जी पर्सा तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता सुधीर पटेलले धादिङको गजुरी गाउँपालिकाका बाढीपीडित परिवारलाई करिब १५ लाख रुपैयाँ बराबरको...