Date
बिहि, बैशाख ३१, २०८३
Thu, May 14, 2026

वल्ड स्कुलले वीरगंजमा शैक्षिक कार्यक्रम गर्दै

वीरगंज । काठमाण्डौं वल्ड स्कुलले वीरगंजमा एक शैक्षिक कार्यक्रमको आयोजना गर्न लागेको छ । मधेश प्रदेशको वीरगंजमा यही आँउदो चैत्र १७ गते शुक्रबारका दिन कार्यक्रमको आयोजन गर्न लागिएको हो ।

- Advertisement -

छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गर्ने बारे विशेष जानकारी दिने उद्देश्यले शुक्रबारका दिन साँझ ४ देखी वीरगंजको होटल लड्स दियालोमा कार्यक्रमको आयोजन गर्न लागिएको हो ।

कार्यक्रममा स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले आफ्नो अनुभव आदान प्रदान गर्ने छन । ’वल्र्ड स्कुलको नेपाल टुर’ अन्तर्गत यस अघि कोशी प्रदेशको धरान, बिर्तामोड़, इटहरी लगायतका स्थानहरुमा कार्यक्रम सम्पन्न गरेर अब मधेश प्रदेशको प्रमुख शहरहरुमा कार्यक्रम गर्न लागिएको हाे ।

कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विषयमा खुल्ला संवाद सँगै किन काठमाण्डौ वल्ड स्कुल बालबालिकालाइ पढाउने भन्ने बारे जानकारी दिइने छ । मधेश प्रदेशलाई लक्षित गरेर बीरगंज, राजविराज लगायतका स्थानमा यो कार्यक्रमको आयोजन हुन लागेको हो ।

पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने र अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनु पर्ने मान्यताका साथ वर्ल्ड स्कुलले आफ्नो शिक्षण पद्धतिलाइ अगाडि बढाउदै आएको बारे स्कुलका चियरमेन इन्जिनियर डा. मिथिलेश कुमार झाले विशेष प्रस्तुति दिने बताइएको छ ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पटेर्वासुगौलीमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण, २८० लाभान्वित

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा बुधबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पटेर्वासुगैलीमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको...

अखाद्य मासु बिक्री गर्ने दुई व्यवसायीलाई ४० हजार जरिवाना

वीरगंज । पर्सा प्रशासनद्वारा वीरगंजका विभिन्न मासु पसलमा गरिएको अनुगमनका क्रममा अखाद्य मासु बिक्री तथा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको भेटिएपछि दुई व्यवसायीलाई जरिवाना...

प्रहरी कार्यालयमा पीडित भएर आउने अवस्था कम हुने समाज बनाऔं : आईजीपी कार्की

वीरगंज । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले प्रहरी कार्यालयमा पीडित भएर आउने नागरिकको संख्या कम हुने खालको समाज निर्माण गर्न सबैलाई...