Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 380

विभिन्न कार्यक्रम गरि पकहाँ मैनपुरमा विश्व एड्स दिवस मनाइयाे

वीरगंज । पर्साकाे पकहाँ मेनपुर गाउँपालिकामा पनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि ३६ औ बिश्व एड्स दिवसको मनाइएकाे छ ।

विश्व एड्स दिवसकाे अवसरमा शुक्रबार पकहाँ मैनपुर गाउँपालिकाको सहयोग र पकहाँ मैनपुर स्वास्थ्य चौकीको आयोजनामा विभिन्न कार्यक्रम सम्पन्न भएकाे गाउँपालिका स्वास्थ्य संयोजक सदाम हुसेनले जानकारी दिए ।

गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुकाे सहभागीतामा “समुदायको नेर्तत्वमा एड्स अन्त्य गरौं” र “कण्डम लगाऔं एड्स भगाऔ” लगायतका नारासहित निस्केकाे र्‍याली पकहाँ मैनपुरकाे परिक्रमा गरेकाे पुन: स्वास्थ्य चौकी पकहाँ मैनपुर मै पुगी काेण सभामा परिण भएका थिए ।

सभामा मधेश प्रदेश स्वास्थ्य निर्देनालयका प्रदेश खोप स्टोर जनकपुरका कोल्ड चैन निरिक्षक लालबहादुर ठाकुर, जिल्ला स्वास्थ्य कार्यालय पर्साका डा. मुक्तिनारायण साह, केन्द्रिय स्टोर पथलैयाका संजय साह, कोल्ड चैन निरिक्षक पर्साका मोहनलाल साह, पकहाँ मैनपुर स्वास्थ्य चौकीका ईन्चार्ज रामनाथ महतो लगायतकाले मन्तब्य राखेका थिए ।

कार्यक्रममा सहायक स्वास्थ्य संयोजक शत्रुधन गिरी, गाणेश राम लगायत पालिकाका अन्तर्गतका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

एड्स दिवस कै अवसरमा पकहाँ मैनपुर स्वास्थ्य चाैकी मै दीप प्रज्वलन समेत गरिएकाे थियाे ।

वीरगंजबाट नक्कली प्रहरी पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट एक जना नक्कली प्रहरीलाई पक्राउ गरेको छ ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाको वडा नं. २३ हरपतगञ्जबाट बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं. ८ लक्ष्मीटोल निवासी ४५ बर्षिय गोबिन्द महतो कोईरीलाई पक्राउ गरेको हो ।

कोईरीले ५/६ महिनादेखि म मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिआएको बारा, पर्सा र रौतहट जिल्लाको घुमुवा प्रहरी हुँ भनी महिनवारी रकम उठाइरहेको सूचनाको आधारमा सुगौली विर्ता केमिकल कम्पनी अगाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

हरपतगञ्जस्थित ब्यापारीहरुसँग महिनावारी रकम उठाईरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले बुधबार दिउसो १ः३० बजे कोईरीलाई नियन्त्रण लिई थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंज । वीरगंजका क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफकाे प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएकाे छ । स्वर्गिय सर्राफकाे पहिलाे वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियाे वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयाेजना गरेकाे स्मृति सभा सम्पन्न भएकाे हाे ।

रेडियाे वीरगंज परिसरमा भएकाे स्मृति सभालाई सम्बाेधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न महानगरपालिकाले सहयाेग गर्न सधै तयार रहेकाे वताए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सिंहले बर्षमा एक दिन मात्र नभई दुई/तीन पटक भएपनि विभिन्न कार्यक्रमकाे आयाेजना गरि स्वर्गिय सर्राफकाे नाम जिवन्त राख्न र उहाँले पुर्याएकाे याेगदानकाे चर्चा गर्नु पर्ने वताए ।

कार्यक्रममा आयाेजककाे तर्फबाट समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेलले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न र उहाँकाे समझनामा विभिन्न कार्यक्रमकाे आयाेजना गर्न नरेश सर्राफ स्मृति प्रतिष्ठान गठन गरिने वताए ।

उनले साेही प्रतिष्ठानले अबदेखि प्रत्येक वार्षिकीकाे अवसरमा स्मृति सभासहितकाे विभिन्न कार्यक्रम गर्नुकाे साथै स्वर्गिय नरेश सर्राफ पत्रकारिता पुरस्कार समेत विरतण गर्ने जानकारी गराए ।

राष्ट्रिय सहारा दैनिकका प्रकाशक चन्द्रभुषण साहकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेकपा एमाले पर्साका संयाेजक डा.विश्वम्भर कुमार शर्मा, समाजवादी प्रेस संगठन नेपालका महासचिव राम कुमार एलन, जसपा पर्साका सचिव तबरेज अहमद, नेकपा एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष मनाेज चाैधरी, जनमत पार्टीका पर्सा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, रेडियाे वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारी, प्रेस सेन्टरका पर्सा अध्यक्ष दिपक गाैतम, प्रेस चाैतारी पर्साकी उपाध्यक्ष कविता खड्का, प्रेस युनियन पर्साका पूर्व सभापति रामनारायण कुर्मी लगायतकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन पत्रकार शम्भु कुमार सुमनले गरेका थिए ।

कार्यक्रम मै एकीकृत समाजवादीका वीरगंज महानगर अध्यक्ष चाैधरीले स्वर्गिय नरेश सर्राफकाे नाम जिवन्त राख्न गठन हुने प्रतिष्ठानलाई रु ५० हजार सहयाेग गर्ने प्रतिवद्धता समेत जनाए ।   

नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका कार्य समिति सदस्य समेत रहेका पत्रकार सर्राफकाे २०७९ मंसिर १५ गते अल्पायु मै हृदयघातबाट निधन भएकाे थियाे । स्वर्गिय सर्राफकाे श्रीमती र एक छाेरी छन् । 

पोखरिया नगरपालिकामा नियम विपरित कर्मचारी भर्ना थालिएकाे भन्दै चार दलकाे आपत्ति

वीरगंज । पर्साकाे पोखरीया नगरपालिकाले नियम विपरित कर्मचारी भर्ना आव्हान गर्न लागेकाे विभिन्न राजनीतिक दलले आराेप लगाएका छन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा माओवादी केन्द्र र रास्वपाले संयुक्त रुपमा बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै  नगरपालिकाले २०८० मंसिर ७ गते र मंसिर १० गते करार कर्मचारी भर्नाको लागी ऐन कानून विपरीत सूचना प्रकाशित गरेको जनाएकाे छ ।

उक्त सूचना अनुसार विभिन्न पदमा समावेशी सिद्धान्त विपरीत र मात्र मौखिक अन्तर्वाताको माध्यमवाट आफ्नो नजिकको व्यक्तिहरुलाई आर्थिक लेनदेनको भरमा कर्मचारी भर्ना गरी नगरपालिकाको थप आर्थिक भार ठेग्न नसकिने अवस्थामना पुर्याउने जारी विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव सुरेन्द्र प्रसाद सिंह, जसपा पाेखरिया नगरपालिकाका अध्यक्ष राजु साह तेली, माओवादी केन्द्र पाेखरियाका अध्यक्ष पान्नालाल पटेल, रास्वपा पर्सा संयाेजक दिलिप कुमार कुर्मीद्वारा जारी विज्ञप्तीमा सुनयोजित तरिकाले कर्मचारी भर्नाको प्रक्रिया शुरु भएकोमा आपति जनाएकाे छ ।

सो कर्मचारी भर्ना प्रक्रिया अविलम्व वन्द गरी हालसम्म पोखरीया नगरपालिकामा अस्थाई, स्थाई, करार र ज्यालादारी कर्मचारीहरुको समेत संख्या सार्वजनिक गरी आवश्यक जनशक्ति मात्र पदपुर्तिको लागी नियम संगत नयाँ सूचना प्रकाशित राजनीतिक दलहरुकाे माग छ ।

एक हप्ता भित्र माग पुरा नभए हामी सम्पूर्ण राजनितिक दलहरु चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरि आन्दोलन गर्ने बाध्य हुने प्रेस विज्ञप्ती मार्फत चेतावनी समेत दिएका छन् । सो आन्दोलनवाट हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्वय् नगरपालिका कार्यालय नै हुने ४ राजनीतिक दलहरुले जनाएका छन् ।

मधेसमा नमुना संयुक्त राष्ट्रिय सङ्घ आयोजना हुँदै

वीरगंज । मधेसमा नमुना संयुक्त राष्ट्रिय सङ्घ आयोजना हुने भएकाे छ । “मधेस युनाइटेड नेसन्स सिमुलेशन” वैचारिक युवा समाज र अमेरिकी दूतावासद्वारा आयोजित संयुक्त राष्ट्र सङ्घको एउटा नमुना सम्मेलन हो ।

सम्मेलनले मधेस प्रदेशका विभिन्न भागका विद्यार्थी र युवा वर्गलाई संयुक्त राष्ट्र सङ्घको कार्य प्रणालीसँग परिचित हुन र प्रमुख विश्वव्यापी मुद्दा र घटनाबारे छलफल गर्ने अवसर प्रदान गर्दछ । सम्मेलन अन्तर्राष्ट्रिय स्तरको शैक्षिक फोरम हो, जसको मूल उद्देश्य सहभागीमा अनुसन्धान, नेतृत्व, कूटनीतिक बहस, लेखन र विशेष गरी बौद्धिक विश्लेषण जस्ता सीप वृद्धि गर्नेमा केन्द्रित छ ।

त्यसै गरी युवाहरूको जीवनमा अर्थपूर्ण प्रभाव सिर्जना गर्ने, र बौद्धिक रूपमा सचेत विश्वव्यापी नागरिक बन्न उनीहरूलाई सहयोग गर्ने दीर्घकालीन दृष्टिकोणका साथ यो कार्यक्रम अघि बढ्दै आएको छ ।

सन् २०१४ मा, वैचारिक युवा समाजले नेपालमा पहिलो विश्वविद्यालय स्तरको अन्तर्राष्ट्रिय मोडल संयुक्त राष्ट्र सङ्घ एभरेस्ट इन्टरनेशनल मोडल युनाइटेड नेसन्स (इआइएमयुएन) बाट आफ्नो यात्रा सुरु गरेको थियो । सन् २०१६ देखि संस्थाले नेपालमा स्थित अमेरिकी दूतावाससँग सहकार्य गरी इआइएमयुएन सञ्चालन गर्दै आएको छ । 

सम्मेलन “ रोड टु इआइएमयुएन” अभियानअन्तर्गत पर्ने प्रादेशिक स्तरको सम्मेलनमध्ये एक हो । यस वर्ष “मधेस युनाइटेड नेसन्स सिमुलेशन” को तेस्रो संस्करण वीरगंजमा आयोजना हुँदै छ । तिन दिनसम्म चलने सम्मेलनमा सहभागिताको लागि आवेदन फारम खुला गरिएको छ ।

कार्यक्रमको बारेमा थप जानकारीका लागि तपाईँले युथ्स थिन्कर्स सोसाइटी र एभरेस्ट इन्टरनेशनल मोडेल युनाइटेड नेशन्सको सामाजिक सञ्जालमा गएर लिन सक्नु हुनेछ । युवाहरूको लागि एमयुएन एउटा सुनौलो अवसर रहेकोले यसलाई नछुटाउन आयोजकहरूको आग्रह छ ।

ठोरीमा दश कट्ठामा लगाइएको गाँजा खेती नष्ट

वीरगंज । पर्साको ठोरी गाउँपालिकामा लगाइएको अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार दिउँसो ठोरी – ३ र ४ स्थित दश कट्ठा जग्गामा लगाइएको अवैध गाँजा खेती नष्ट गरेको हो ।

पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाका अनुसार बुधवार दिउँसो १ बजेदेखि ५ बजेसम्ममा प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईको कमान्डमा खटिएको टोलीले अवैध रूपमा लगाइएका झन्डै आठ हजार बोटहरू नष्ट गरेको छ ।

गाँजा खेतीमा संलग्नहरूको पहिचान र खोजतलास पनि भइरहेको डिएसपी थापाले बताए ।

रणवीर कपूरको ‘एनिमल’ ले तोड्यो ‘जवान’ को रेकर्ड

अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ । केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । 

ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन् । फिल्ममा रणवीर कपूर हिंस्रक अवतारमा प्रस्तुत भएका छन् । यस फिल्मले भारतमा मात्र नभई विश्वभर चर्चा बटुलिरहेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार अमेरिकामा यो फिल्म ८८८ स्क्रिनमा रिलिज हुँदैछ । रणवीरको पछिल्लो फिल्म ‘ब्रह्मास्त्र’ ८१० स्क्रिनमा प्रदर्शन भएको थियो । यस मामिलामा ‘एनिमल’ ले शाहरूख खानको फिल्म ‘जवान’ को पनि रेकर्ड तोडेको छ ।  

अमेरिकामा ‘जवान’ ८५० स्क्रिनमा प्रदर्शन भएको थियो । अमेरिकामा सर्वाधिक शोज पाउने ‘एनिमल’ पहिलो भारतीय फिल्म हो ।

साथै ‘एनिमल’ ले ‘जवान’ लाई २४ घण्टामा ट्रेलर हेरिएको सूचीमा पनि उछिनेको छ । ‘एनिमल’ को हिन्दी ट्रेलर २४ घण्टामा ७१ मिलियन पटक हेरिएको छ भने ‘जवान’ ले ५५ मिलियन भ्युज पाएको थियो । तर ‘एनिमल’ ले ‘केजिएफ २’ र ‘आदिपुरूष’ को रेकर्ड भने तोड्न सकेन ।

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन् । 

भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको फिल्मको कथा निर्देशक सन्दिपले नै लेखेका हुन् । यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन हुँदैछ । 

महिलाहरु रोजगार मुलक कार्य तर्फ अग्रसर हुनुपर्छ : नेता पटेल

वीरगंज । नेकपा एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेलले सिलाइ कटाई तालिम लिएर महिलाहरुलाई रोजगार मुलक कार्य तर्फ अग्रसर हुन आग्रह गरेका छन् ।

बहुदरमाई नगरपालिका -४ वडा समितिले आयोजना गरेको ६० दिने सिलाई कटाई तालिमको बुधबार एक समारोहका बिच उद्घाटन गर्दै नेता पटेलले पालिका भित्र रहेका गृहिणी एवम् युवतिहरुलाई स्वरोजगार मुलक तालिम दिनु सराहनिय कार्य रहेको बताए । उनले तालिम लिएर सिलाइ कटाईलाई ब्यापारको रुपमा अगाडी बढाई रुपैयाँ कमाउन तिर अग्रसर हुन सह्भागि महिलाहरुसंग आग्रह समेत गरे ।

वडाध्यक्ष सुनिल कुशवाहाकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा बहुदरमाइ नगरपालिका -४ का वडा अध्यक्ष सुरेन्द्र यादव, नेकपा एमालेका नेता रामबाबु साह, अशोक रौनियार, प्रमोद यादव, प्रशिक्षक मनोज कर्ण, सुनिता दास लगायतकाले तालिम लिएपछि सहभागिले ब्यवहारमा उतारि पैसा कमाउन सके वडाका अरु महिला पनि यस्त्तो तालिम प्रति आकर्शित हुने र वडा अध्यक्षले गरेको यस्तो कार्यले सार्थकता पाउने बताएका थिए ।

तालिममा भौराटारका ४५ जना युवती सहभागी रहेकाे आयाेजकले जनाएकाे छ ।

बसडिलवामा आँखा शिविर, ४३ जनामा देखियो मोतियाबिन्दु

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं. २९ बसडिलवामा बुधबार निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

साहिब दरबारको आयोजना र सामुदायिक आँखा अस्पताल वीरगंजको प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा १८४ जनाको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिए ।

आँखा जाँच गरिएकाहरु मध्ये ४३ जनामा मोतियाबिन्दुको समस्या भेटिएको आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिए ।

शिविरमा जाँच गराएकाहरुलाई निशुल्क औषधी समेत उपलब्ध गराइएको थियो । शिविरमा जाँच गराएका मध्ये मोतियोबिन्दुका समस्या देखिएकाहरुको बिहीबार सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यकृया गरिने पनि अस्पतालका मेडिकल संयोजक धामीले जानकारी दिए ।

शिविरको उद्घाटन गर्दै महानगर प्रमुख राजेशमान सिंहले महानगरको ग्रामिण क्षेत्रलाई मध्यनजर गर्दै आँखा शिविर संचालन गराइएको बताए ।

साहिब दरबारको आयोजना र सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा महानगरका विभिन्न स्थानमा निशुल्क आँखा जाँच शिविर संचालन भइरहेको छ ।

बिहीबार सम्पन्न शिविरमा वडा नं. २९ का वडाध्यक्ष धम्रेन्द्र चौधरी, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, कार्यपालिका सदस्य खैरुद्धिन मियाँ, साबिह दरबारकी कोषाध्यक्ष प्रेरणा श्रेष्ठ, संगिता दास, लक्ष्मी देवी चौरसिया, सुरज गुप्ता, अवधेस यादव, जगरनाथ राउत अहिर लगायतको उपस्थिति रहेको थियो ।

रणवीर कपूरको ‘एनिमल’ को अग्रिम टिकट बुकिङ आक्रमक

अभिनेता रणवीर कपूर र रश्मिका मन्दना अभिनीत फिल्म ‘एनिमल’ मंसिर १५ गतेदेखि प्रदर्शन हुँदैछ । भारतमा फिल्मको अग्रिम बुकिङ खुला गरिएको छ ।

केही दिनअघि फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो । ट्रेलर सार्वजनिक भएपछि फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन् । दर्शकको उत्साह अग्रिम टिकट बुकिङमा पनि देखिएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मको २ लाखबढी अग्रिम टिकट बुकिङ भइसकेको छ । यस फिल्मले रिलिजको चार दिनअघि नै अग्रिम टिकट बुकिङमा ७ करोड भारू कमाएको छ । योसँगै फिल्मले ४० करोडमाथि ओपनिङ गर्ने फिल्मकर्मीको अपेक्षा छ । 

सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपूर, रश्मिका मन्दना, बबी देओल, अनिल कपूरको मुख्य भूमिका छ । फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन् । 

भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेको फिल्मको कथा निर्देशक सन्दिपले नै लेखेका हुन् । यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा प्रदर्शन हुँदैछ ।