Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ : कानुन मन्त्री चाैरसिया

spot_img
spot_img

वीरगंज । संघीय सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले संविधान संशोधनको विषयमा सत्तारुढ दलहरूबिच छलफल चलिरहेको बताएका छन् ।

वीरगंजमा बिहीबार नेपाल प्रेस युनियन पर्साले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा कानुनमन्त्री चौरसियाले कांग्रेस–एमालेबिच संविधान संशोधन लगायतका ७ बुँदे सहमति भएरै अहिलेको सत्ता समिकरण बनेको बताए । बाहिर प्रचारमा आएको जस्तो संविधान संशोधनको मुद्धाबाट सत्तारुढ दलहरु पछाडि नहटेको उनले प्रष्टीकरण दिए ।

उनले भने,‘कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने विषयमा सत्तामा रहेका दलहरुबिच अहिले आन्तरिक छलफल चलिरहेको छ । सत्तारुढ दलहरुबिचको छलफलपछि सत्ताबाहिर रहेका अन्य दलहरुसंग छलफल र संवाद हुन्छ । ’संविधान संशोधन हतारमा गर्ने विषय नभएको भन्दै सत्तामा रहेका र सत्ताबाहिरका सबै दलहरुबिच साझा सहमति गरेरमात्रै संविधान संशोधन गरिने उनले बताए ।

वर्तमान सरकारमा प्रमुख दुई घटक कांग्रेस र एमालेबिच कुनै मनमुटाव नभएको उनले बताए । उनले भने,‘यो सरकार दुई ठूला पार्टीको सहकार्यमा बनेको छ । त्यसका कारण यो सरकार २०८४ को निर्वाचनसम्म चल्छ । त्योभन्दा पहिले अहिलेको सत्तासमिकरणमा कुनै फेरबदल हुदैन ।’

संविधान संशोधन, सुशासन,अर्थतन्त्रलाई पुन चलायमान बनाउने लगायतका एजेण्डामा अहिलेको सत्तासमिकरण बनेको भन्दै मन्त्री चौरसियाले भने,‘यीसब काम पुरा भएपछि मात्रै अर्को समिकरण बन्छ । त्योभन्दा पहिले कुनै फेरबदल हुदैन । ढुक्क भए हुन्छ ।’

वर्तमान सरकारको तीन महिनाको कार्यकाल सफल रहेको भन्दै उनले जनताका असन्तुष्टिहरु विस्तारै सरकारले सम्बोधन गर्दै अगाडि बढिरहेको दाबीपनि गरे । विगत डेढ दशकदेखि अड्किएको टीआरसी विधेयक आफु कानुमन्त्री भएपछि सबै दलको सहमतिमा संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण हुनु कानुन मन्त्रालयको सबै भन्दा ठूलो उपलब्धी रहेको जिकिर उनले गरे ।

प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति अशोककुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव अशोक तिवारी, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतकोपनि सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...