Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको विपक्षी दलकाे आरोप

spot_img
spot_img

वीरगंज । विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी दलहरूको बैठकले तीन सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलमा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य शिशिर खनाल र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे छन् ।

विपक्षी दलहरूले आगामी कात्तिक ५ गते राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेटेर गत असोज १० देखि १२ गतेसम्मको विपद्लगायतका विषयमा ध्यानाकर्षणपत्र बुझाउने भएका छन् ।

यसैबीच बैठकले सरकार अध्यादेश ल्याएर पार्टी फुटाउन लागिपरेको आरोप लगाएको छ ।

सरकार अध्यादेश ल्याएर पार्टीहरू फुटाउने दिशामा अग्रसर भएको देखिएकाले त्यसको प्रतिवाद गर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले बताए ।

बैठकमा सहभागी रास्वपा नेता विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यादेशबाट काम गर्ने बानी रहेको बताए ।

“संसद् हुँदा पनि उहाँले अध्यादेशबाट काम गर्नुहुन्छ, त्यो यसअघि पनि देखिएकै हो । अबचाहिँ त्यस्तो हुनुहुन्न भन्ने हाम्रो निष्कर्ष रह्यो,” उनले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...