Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

वीरगंज स्थित दशगज्जा क्षेत्रमा एसएसबीले गाेली चलायाे

spot_img
spot_img

वीरगंज । नेपाल भारतको मुख्य प्रवेशद्वारा वीरगंज रक्सौल नाका स्थित दशगज्जा क्षेत्रमा मंगलबार दिउँसो गोली चलेको छ । वीरगंज रक्सौल नाकाको मित्तेरी पुलदेखि २० मिटर उत्तर नेपाली भूमिमा आएर भारतीय एसएसबीले गोली चलाएको स्थानीयहरुले बताएका छन् । भारतीय भूमिबाट चारजना व्यक्तिलाई लखेट्दै आएको भारतीय एस.एस.बी.ले नेपाली भूमिमा प्रवेश गरेर गोली चलाएको स्थानीय प्रत्यक्षदर्शीहरुको भनाई छ ।

भारत तर्फबाट नेपाल तर्फ ठेलामा केही सामान लिएर आईरहेका दुई महिला दुई पुरुषलाई भारतीय एसएसबीले लखेट्दै शंकराचार्य गेट स्थित नेपाली भूमिमा प्रवेश गरेर भुइँमा गोली चलाएको बताइएको छ । कबाड संकलन गर्ने ति चारैजना महिला तथा पुरुषलाई भारतीय सीमावर्ती गाउँ अहरिवा टोलाबाट एसएसबीका एकजना जवानले लखेट्दै लखेट्दै नेपाली भूमिमा प्रवेश गरि गोली चलाएका प्रत्यक्षदर्शीको भनाई छ । एसएसबीले चलाएको गोली भने कसैलाई लागेको छैन ।

एसएसबीले गोली चलाएपछि कबाडीहरू नेपालतर्फ भागेका थिए । कबाड संकलन गर्ने ति कबाडीहरु नेपालका हुन् अथवा भारतका खुल्न सकेको छैन भने एसएसबीले गोली चलाउनुको कारण पनि हालसम्म खुल्न सकेको छैन । गोली चलेको घटनाबारे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गोली नै चलेको भनेर पुष्टि नभएको बताए । उनले भने ‘घटनास्थलबाट एउटा गोलीको खोका भेटिएको छ, तर गोली नै चलाइएको छ भनेर पुष्टि भएको छैन, अनुसन्धान भइरहेको छ’ । उनका अनुसार नेपाल-भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू-भागमा ‘इन्सास राइफल’मा लाग्ने एउटा गोलीको खोका भेटिएको बताए ।

घटना भएपछि तत्कालै जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय १३ नम्बर गणका प्रतिनिधि सहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेको थियो तर गोली चलेको ६ घण्टासम्म पनि के कारणले गोली चलाइएको छ भने खुल्न सकेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले घटनाबारे छलफल चलिरहेको बताए । उनले भने ‘यही घटनाको विषयमा हामी छलफलमा छौं, अहिले तत्कालै केही भन्न सकिँदैन’ । साँझ करिब ६ बजेसम्म पनि गोली के कारणले चलेको भनेर पुष्टि हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...