Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026

पनौतीमा बाढी प्रभावित संरचनाको काम फास्ट ट्र्याकमा अघि बढाउन निर्देशन

spot_img
spot_img

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा बाढीले क्षति गरिएका खानेपानी मन्त्रालय अन्तर्गतका विभागका संरचनाहरूको काम फास्ट ट्र्याकबाट गर्न निर्देशन दिनुभएको छ ।

गएको असोज १० गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पनौती नगरपालिकाका वडा नम्बर २ र १२ का खानेपानीका मुहानलगायतका विभिन्न संरचनामा भएको क्षतिको जानकारी लिन आज मन्त्री यादवले स्थलगत भ्रमण गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री यादवले भन्नुभयो, “पनौतीमा खानेपानी मन्त्रालयअन्तर्गतका संरचनामा बाढीले ठूलो क्षति गरेको छ । मन्त्रालय मातहतका संरचनाहरूको काम हामी तुरुन्तै सुचारु गर्नेछौँ । अन्य विषयमा आवश्यक प्रक्रिया पूरा गरेर अगाडि बढ्नेछौँ ।”

उहाँले थप्नुभयो, “पनौताका जनप्रतिनिधि र स्थानीय वासीहरूको सहयोगमा अस्थायी रूपमा पानी आइरहेको भए पनि त्यो दीर्घकालीन समस्याको समाधानको लागि योजना तयार गर्नुपर्ने आवश्यकता छ । मन्त्रालय, विभाग, र खानेपानी संस्थानका प्रतिनिधिहरूसँग बैठक गरेर बाढी र पहिरोले गरेको क्षतिको अनुमान बनाउनेछौँ र तीन दिन भित्र सूचना प्रकाशन गरी काम सुरु गर्नेछौँ ।”

बाढीका कारण नेपाल खानेपानी संस्थानअन्तर्गत पर्ने पनौतीमा रहेको मिनिरल वाटर उत्पादन प्लान्टमा पनि ठूलो क्षति भएको भन्दै मन्त्री यादवले सबै संरचनाहरूको काम तुरुन्तै विस्तार गरी बाढीले क्षति गरेका संरचनाहरूको काम फास्ट ट्र्याकमा गर्ने बताउनुभयो ।

मन्त्री यादवले एकीकृत खानेपानी आयोजनाको बगेको ११ किमी पाइपको विषयमा सहरी विकास मन्त्रीसँग सल्लाह गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पाइप क्षतिग्रस्त छ । म प्राविधिक त होइन, तर मन्त्रीको जिम्मेवारीले हेर्नु पर्ने विषय हो । म सहरी विकास मन्त्रीलाई आग्रह गर्दै छु कि ११ किमी बगेको पाइपको छानबिन समिति बनाउन ।”

स्थानीयवासीले बाढीले क्षति पुगेको खानेपानी व्यवस्थापनसँगै मुहान क्षेत्रमा पनि ठूलो क्षति भएको भन्दै मुहान नजिक रहेका बस्तीहरूको स्थानान्तरणका लागि आवश्यक सहयोगको आग्रह गर्नुभएको थियो ।
मन्त्री यादवले भन्नुभयो, “तपाईँहरूको समस्या मैले देखेको छु । पुनः विपद् घटनाहरू दोहोरिन नदिन दीर्घकालीन रूपमा समस्याको समाधान खोजिनेछ ।” उहाँले खानेपानीको प्रयोग गर्न मुहान क्षेत्रका स्थानीयहरूसँग आवश्यक समन्वय गर्ने पनि बताउनुभएको छ ।

यस अनुगमनमा बागमती प्रदेश सांसद कञ्चनचन्द्र बादी, पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारी, बनेपा नगरपालिकाका नगरप्रमुख शान्ति रत्न शाक्य, स्थानीय, राजनीतिक दलका नेता, खानेपानी तथा ढल व्यवस्थापन विभागका प्रमुख रामकुमार श्रेष्ठ, र खानेपानी संस्थानका महाप्रबन्धक त्रिदेव श्रेष्ठलगायतका सहभागी रहेको मन्त्री यादवको सचिवालयका प्रशासन सहायक साहेब खानले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लब गठन, अनुकम्पा गुप्ता चार्टर अध्यक्ष

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको प्रायोजनमा मिनिल्याण्ड स्कुलमा इन्टरएक्ट क्लबको औपचारिक चार्टर (स्थापना) समारोह सम्पन्न भएको छ। विद्यालयमा पहिलोपटक गठन गरिएको क्लबले...

पर्सामा च्यातिएका र फोहोर राष्ट्रिय झण्डा तत्काल फेर्न प्रशासनको निर्देशन

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाभित्रका सार्वजनिक स्थानमा राखिएका नेपालको राष्ट्रिय झण्डाको संरक्षण, मर्मत तथा नियमित फेरबदल गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको...

पर्साको सीमाक्षेत्रबाट ११ किलो गाँजासहित एक जना पक्राउ

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बलले ११ किलोग्राम गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बिहान करिब...