Date
आइत, साउन २४, २०८३
Sun, August 9, 2026

नारायणी सिचाईको लापरवाहीले कृषकहरु मर्कामा

spot_img
spot_img

वीरगंज । नारायणी सिचाई डिभिजन नम्बर ५ को ब्लाक नम्बर २ र बिएससी ४ र ५ मा अहिले सम्म पानी छोडिदा कृषकहरु मर्कामा परेका छन । पानीकाे आवश्यकता भएकाे बेला नहर पानी नआउने र पानी आवश्यकता नरहेकाे बेला मात्र याे नहरमा पानी आउने गर्छ ।

अहिले धान खेतीकाे लागि पानी आवश्यकता नरहेकाे र नगदे बाली छर्ने समय भएकाेले नहरकाे पानीकाे कारण समस्या भएकाे कृषकहरुले वताएका छन् । अहिले नहरमा छाेडिएका पानीका कारण खेतमा समेत पानी पुग्ने गरेकाे छ । जसका कारण नगदेवाली मसुरो, तलहन, तोरी तथा गेहु बाली लगाउन समस्या भएकाे कालिकामाई गाउपालिका वडानम्बर २ निवासी मोतलिाल चौरसियाले बताए । उनले अबिलम्ब नहरमा छाेडिएकाे पानी राेक्नु पर्ने वताए ।

अहिले लगाइएकाे सबै धानकाे खेतमा पानी रहेकोले नहरको पानी पनि खेतमा पस्न थालेका छन् । जस कारण खेतमा पानी जम्नाले नगदे वालीमा ढिलाई हुने कृषकहरु वताउँछन् । अहिले समय नगदे वालीको रुपमा मसुरो, तोरी, तिसी, आलु, प्याज, गेहु जस्ता बाली लगाउने रहेकाेले नहरमा पानीकाे आवश्यकता रहेकाे कृषकहरुकाे भनाई छ ।

यी नगदे वाली छर्न वा लगाउन खेत सुकेको हुनु पर्ने कृषकहरु बताउँछन् । तर नहरमा पानी नियमित रुपमा बगीरहदा नहर वरपर रहेकाे खेत सुक्न नसकेकाेले बाली छर्न र लगाउन कठिनाई भएको सोही वडा निवासी हजारी साहले बताए । पानीकाे अवश्यकता नै नभएकाे बेला नहर पानी छाेडनु सम्बन्धित निकायकाे लापरवाही भएकाे उनले वताए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजको मुख्य सडक विस्तार अभियान, अव ६० संरचना हटाउन मात्र बाँकी

वीरगंज । त्रिभुवन राजमार्गअन्तर्गत वीरगंजको मुख्य सडकको दायाँ–बायाँ २५/२५ मिटर क्षेत्र खाली गराउने अभियान अन्तिम चरणमा पुगेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले थालेको...

नयाँ आर्थिक वर्ष र नयाँ प्रहरी नेतृत्व आए पनि रोकिएन कवाडी करको नाममा अवैध असुली

वीरगंज । नयाँ आर्थिक वर्ष सुरु भएसँगै पर्सा प्रहरीले नयाँ नेतृत्व पाए पनि त्रिभुवन राजमार्गअन्तर्गत ड्राइपोर्ट–परवानीपुर सडकखण्डमा कवाडी करको नाममा हुँदै आएको अवैध असुली...

सर्वस्वहरण भएको लोकतन्त्र स्थापित गर्न मोर्चा बनाएका हौं, सहकार्य लामो जान्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा लोकतन्त्रको सवलीकरण नभई ‘सर्वस्वहरण’ भएको दाबी गर्दै वास्तविक लोकतन्त्र स्थापना गर्न...