Date
आइत, असार ७, २०८३
Sun, June 21, 2026
Home Blog Page 379

कालिकामाई युवा समाजले “दहेज बहिस्कार” अभियान संचालन गर्ने

वीरगंज । कालिकामाई युवा समाजले “दहेज बहिस्कार” अभियान संचालन गर्ने भएकाे छ ।  पर्साकाे कालिकामाई गाउँपालिकामा रहेकाे युवा समाजकाे शुक्रबार बसेको बैठकले दहेज बहिस्कार अभियान सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।

मधेशी समुदायमा जल्दोबल्दो समस्याको रूपमा रहेको दाइजो प्रथा उन्मूलन गर्नमा आजको युवा पिढीको विशेष भूमिका हुनसक्ने भएकोले अभियान संचालन गर्ने निर्णय गरिएकाे युवा समाजका अध्यक्ष आकाश चाैरसियाले वताए ।

उनले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै “दाइजो बहिस्कार” अभियान अन्तर्गत दाइजो बिना विवाह गर्ने व्यक्तिलाई समाजले विशेष उपहारकासाथ सम्मान गर्ने जनाएका छन् ।

यसका साथै स्थानिय सरोकारवालाहरुसंग सहकार्य गरी दाइजो प्रथा विरुद्ध सडक नाटकजस्ता जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न पनि निर्णय भएकाे समाजका काेषाध्यक्ष बुलेट तिवारीले वताए ।

बैठकमा युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतो केवट, उपाध्यक्ष भरत साह, महा सचिव बिशाल कुशवाहा, सचिव विकाश पटेल, संस्थापक सदस्यहरु चन्द्रशेखर पटेल, साबिर आलम, मोहन महतो, रमेश चौरसिया, दिपेन्द्र गुप्ता, सहजाद आलम लगायतका उपस्थिति रहेकाे थियाे ।

पकहाँ मैनपुरमा गाउँपालिका अध्यक्षद्वारा विद्यालयकाे अनुगमन

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद मेहताले आइतबार श्री नेपाल राष्ट्रिय माद्यमिक विद्यालय धाेरेकाे अनुगमन गरेका छन् ।

गाउँपालिका अध्यक्ष मेहता, प्रमुख प्रशासकिय अधिकृत उदयाशंकर चौधरी, शिक्षा शाखा प्रमुख दामाेदर द्विवेदी लयागतकाे टाेलीले वडा नं. १ धाेरेस्थित रहेकाे विद्यालयकाे छड्के अनुगमन गरेकाे हाे ।

अनुगमनकाे क्रममा विद्यालयकाे प्रशासनिक, भौतिक तथा अतिरिक्त क्रियाकलापकाे बारेमा बिधार्थीहरुले जानकारी गराएकाे समस्या समाधान गर्ने अध्यक्ष मेहताले प्रतिद्धता जनाएका हुन् । अध्यक्ष मेतहाले विद्यालयमा शिक्षकहरुलाई नियमित र समय मै उपस्थित हुनु पर्ने निर्देशन समेत दिए ।

अनुगमनको क्रममा विद्यार्थीहरु विद्यालय पोशाक मै भेटिएकाे र शान्त तथा स्वच्छ वातावरणमा कक्षा संचालन भइरहेकाे देखिएकाे प्रमुख प्रशासकिय अधिकृत चौधरीले बताए । अनुगमन टाेलीले विद्यार्थीहरुकाे कुन कक्षामा कुन विषयकाे काेर्स कहाँ सम्म पढाई भएकाे बारे पनि जानकारि लिएकाे थियाे ।

यसैगरी अब आउने दिनमा पनि बिभिन्न विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीहरुकाे काम कारवाहीकाे नियमति अनुगमन गरिने प्रमुख प्रशासकिय अधिकृत चौधरीले जानकारी दिए ।

पर्सामा मलकाे अभाव, कृषकहरु मर्कामा

छठु साह/
वीरगंज । पर्सामा रसायनिक मलकाे अभाव भएकाे छ । हाल गेंहु खेती गर्ने समयमा मल नपाउँदा कृषकहरु मर्कामा परेका छन् ।

कृषी सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पालिकाहरुलाई उपलब्ध गराउँदै आएकाे मलकाे काेटा प्रयाप्त नहुँदा मलकाे अभाव भएकाे हाे । उपलब्ध काेटा अनुसार पालिकाहरुले वडालाई वितरण गर्दै आएका छन् ।   

आवश्यकता अनुसारकाे मल नपाउँदा गेंहु र मसुरो छर्न ढिलाई भईरहेको कृषकहरु बताउँछन् । मल नपाउँदा गेंहु र मसुराे छर्न समस्या भएकाे कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी मुस्तुफा राउत गदीले बताए ।

६ सय देखी १२ सय सम्म घरदुरी रहेको वडामा ५० देखी १ सय बोरा मल जादा कृषकहरुलाई वितरण गर्न समेत कृषि सहकारीहरुलाई समस्या भइरहेकाे छ ।

अपुग मल पाउँदा वितरण गर्ने संघ/संस्था कृषकहरुकाे गाली, होहल्ला सुन्ने र केही अगुवाहरु धाकधम्की समेत सुन्नु परेकाे डिलर संचालकहरुले वताउँछन् । कृषककाे अवश्यकता र क्षेत्रफलको आधारमा कोटा निर्धारण नगर्दा समस्या भएकाे उनीहरुकाे भनाई छ ।

अपुग मल पाएका कारण बाेराले चाहिने मल कृषकहरुलाई २० किलो मल मात्र वितरण गर्नु परेकाे छ । प्रयाप्त मल नपाउँदा गेंहुबालीमा असर पर्ने कृषकहरु वताउँछन् । एक कट्ठाका लागी ५ किलो मल चाहिने भएकोले एक साना कृषकहरुलाई कम्तीमा १ बोरा मलकाे आवश्यकता रहेकाे छ ।

धान खेती होस या गेहु खेती सबैमा चाहिने मात्रामा मल नपाउँदा कृषकहरु चाहिने जति बाली उत्पादन गर्न सकेका छैनन । कृषी सामग्री कम्पनी र साल्टट्रेडिंगबाट वितरण गर्दै आएकाे मल समयमा उपलब्ध नगराउँदा कृषकले पाउन समस्या भएकाे जिल्ला कृषी सहकारीका नरेश गुप्ताले बताए ।

नेपालमा मल नपाउँदा कृषकहरु भारतको सिमावर्ती बजार सिक्टा, भेलवा, ईनारर्वा, मैनाटाड र रक्सौलमा जान बाध्य भएका छन । भारतका बजारबाट मल ल्याएर खेतमा छर्दा बाली पनि बिग्रने र बाली कम हुने गरेको वताइन्छ । यहासम्मकी जगगाको उर्वरा शक्ति पनि छिन हुन थालेको विज्ञहरु बताएका छन् ।

भारतबाट मल ल्याउदा भारतीय प्रहरी तथा नेपाली प्रहरीलाई प्रति बोरा २५ देखी १०० रुपैया दिन कृषकहरु बाध्य भएका छन । नेपाल कृषी प्रधान देश भएपनि समयमा प्रयाप्त मात्रामा मल उपलब्ध नहुँदा कृषकहरु मर्कामा परेका हुन् ।

वीरगंजका र्‍यापर महमद अफताबकाे गीत दर्शक मन पराउँदै

वीरगंज । वीरगंजका र्‍यापर महमद अफताब शेखले नेपाली चलचित्र क्षेत्रमा र्‍यापरको रुपमा डेब्यु गरेका छन् ।

महमद अफताब शेख, नेपालको एक युवा, बहुमुखी र प्रतिभाशाली र्‍यापर कलाकार हुन् । जसले आफ्नो गीतबाट आजभोलि सबै दर्शकको मुटुमा बसेका छन् । उनले संसारभरका दर्शकहरूसँग आफ्नो अनुभव साझा गर्न २०२१ देखी संगीत प्रयोग गर्दै आएका छन्।

सानै उमेरमा उनले र्‍याप संगीत सुन्न र नेपाली र्‍यापरहरु जस्तै यम्म बुद्ध, बालेन, मिस्टर डि, भिटेन र अन्य थुप्रै नेपाली र्‍यापरहरुबाट प्रेरणा लिने गर्थे । उनले आफ्नो रचनात्मकताले संगीतमा एक अद्वितीय र ताजा परिप्रेक्ष्य ल्याउन र मधेस क्षेत्रको समृद्ध सम्पदा र राष्ट्रमा प्रकाश पार्न आफ्नो संगीतको प्रयोग गरेर आफ्नो संस्कृति र समुदायको वकालत गर्छन् ।

उनी चाहि वीरगंजकाे मुर्लीस्थित वीरगंज गोल्डेन गेट एकेडमी स्कूलबाट नर्सरी देखी १० सम्मको पढाई पुरा गरेर हाल चाहि वीरगंज इंस्टिटूट ऑफ टेक्नोलॉजीमा अध्यन गर्दै छन ।

महमद अफताब शेखले नेपाली चलचित्र क्षेत्रमा र्‍यापरको रुपमा डेब्यु गरेका हुन् । उनले आरती वेबसीरी़जमा आफ्नो परिचय गीत पेश गरेका छन । बलत्कार घटनामा आधारित बनेको आरती फिल्ममा उनले देश भरीमा भइरहेको घटना र फिल्ममा दिखाए जस्तै घटनालाई लिएर उनको गीतमा बनेको छ ।

उनको गीत चाहि नेपालको सब भन्दा बढी सबस्क्रिबर भएका यूटूब चैनेल ओ-एस-आर डिजिटलमा रिलीज़ भएको छ । आरती वेबसिरिजको निर्देशक रोशन दास र मुख्य अभिनय गरेका मनीषा गिरी, राज पौडेल, नूतन र अन्य कलाकार गरेका छन् ।

महमद अफताब शेखले यो गीत बारे थप जनकारी दिदै भने- म मेरा दर्शकहरूको लागि एउटा घोषणा गर्न जाँदैछु । मेरो पहिलो बलात्कार सम्बन्धित गीत आरती नेपाली वेबसिरिजमा उपलब्ध हुनेछ ।

म र मलाई सहयोग गर्ने साथी श्रीकांत मांझी र प्रिंस पांडे पूर्ण रूपमा खुसी छौ र विशेष धन्यवाद हाम्रा निर्देशक दास रोशन सरलाई मलाई छनोट गर्नु भएकोमा र मलाई यति ठूलो अवसर दिनुभएकोमा । उहाँकै कारणले नेपाली चलचित्र क्षेत्रमा र्‍यापरको रुपमा डेब्यु गरेको हुँ । उनले भने । 

https://youtu.be/-0bujdKyBKc?si=diHFhPXezsOAqhQN

पत्रकार त्रिपाठी “नाफिज-कृषि पत्रकारिता पुरस्कारू”बाट सम्मानित

वीरगंज । वीरगंजका पत्रकार रितेश त्रिपाठी “नाफिज- कृषि पत्रकारिता पुरस्कार” बाट पुरस्कृत भएका छन् ।
 
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले शनिबार काठमाडौंमा आयोजित सातौं महासभा तथा १४ औं वार्षिक सधारण सभाको अवसरमा पत्रकार त्रिपाठीलाई रु ५० हजार राशीको “नाफिज- कृषि पत्रकारिता पुरस्कार” प्रदान गरिएकाे हाे ।
 
कार्यक्रमका प्रमुख अतिथि भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पत्रकार त्रिपाठीलाई पुरस्कार  तथा सम्मान पत्र प्रदान गरेका थिए ।
 
पत्रकार त्रिपाठी हाल उकालोका वरिष्ठ सम्वाददाता रुपमा कार्यरत छन् । त्रिपाठी नेपाल आर्थिक पत्रकार संघ पर्साका पूर्व अध्यक्ष समेत हुन् ।
 

सोही अवसरमा ५० हजार राशिकै बिमा पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय रिन खत्री र भिमा पन्थी पुरस्कृत भए । 

यस्तै, भरतमोहन अधिकारी नाफिज आर्थिक पत्रकारिता पुरस्कार पत्रकार रोबिन पौडेललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि ५० हजार रुपैयाँ नै रहेको छ ।

निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज । बाराकाे अमलेखगञ्जमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । प्रभु हस्पिटल वीरगंजकाे सहभागिता र सङ्गालो बचत तथा ऋण सहकारी संस्थानको आयोजनामा निशुल्क स्वास्थ्य सिविर सम्पन्न भएको हाे ।

सिविरमा प्रभु हस्पिटलका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा लक्ष्मी थापा गुप्ता, वरिष्ठ स्त्रीरोग तथा ल्याप्रास्कोपी सर्जन डा बिरेन्द्र भगत, वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा अरविन्द साह, वरिष्ठ फिजिसियन डा. शिव कुमार झा, वरिष्ठ बालरोग विशेषज्ञ डा असलम अन्सारी, दन्तरोग विशेषज्ञ डा ज्याेति गुप्ता, वरिष्ठ युरोलोग्जिस्ट डा रुपेश कुमार झा लगायतको टोलिले महिला, बृद्धा एवं बालवालिकको स्वास्थ्य चेकजाचको साथै जनचेतना मुलक परामर्श दिएकाे प्रभु हस्पिटलले जनाएकाे छ ।

उक्त शिविरमा जितपुर सिमरा उपमहानगरपालिकाकाे वडा नं. २१ का वडाध्यक्ष सुबास श्रेस्ठ लगायतले आफ्नो स्वास्थ्य परिक्षण गराएका हुन् । 

तिलावे पुल नजिक बसले किचिएर एक जनाकाे मृत्यु

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलाै‌ंस्थित तिलावे पुल नजिक आज विहान सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । दुईटा माेटरसाइकल एकआपसमा ठाेकिदा बसले किचिएर एक जनाकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

सर्लाहीकाे रामनगर गाउँपालिका वडा ६ सिसवा टोल निवासी ३५ बर्षिय अभय झाकाे मृत्यु भएकाे वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक (इन्सपेक्टर) धर्मजंङ थिङले वताए । 

ठाेरी पिकनिककाे लागि गइरहेकाे सालिमार ना ८ ख ४८६१ नम्बरकाे बसले किचिएर माेटरसाइकलमा सवार यात्रुकाे मृत्यु भएकाे इन्सपेक्टर थिङले जानकारी दिए ।

उनका अनुसार वीरगंजबाट पाेखरिया तर्फ गइरहेकाे बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकल र विपरित दिशाबाट आइरहेकाे ना ३५ प ६४०० नम्बरकाे माेटरसाइकल एकआपसमा ठाेकिदा बा ७४ प ४५२८ नम्बरकाे माेटरसाइकलमा सवार यात्रुकाे बसले किचिएर मृत्यु भएकाे हाे ।

अर्काे माेटरसाइकल चालक कालिकामाई गाउँपालिका वडा नम्बर २ निवासी २९ बर्षिय अखिलेश कुमार मण्डल घाईते भएका छन् । घाइतेकाे उपचार वीरगंजस्थित नारायणी अस्पतालमा भइरहेकाे छ भने मृतककाे शव पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल मै राखिएकाे छ ।

ठक्कर दिने बस र बस चालक सिन्धुलली कमलामाई नगरपालिकाकाे वडा नं. ४ का ५५ वर्षिय बिस्णु कुमार दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पाेखरियामा लैंगिक हिंसा विरूद्धकाे जनचेतनामूलक र्‍याली

पोखरीया । पर्साकाे पाेखरियामा ३६ औं विश्व एड्स दिवसको अवसरमा लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत जनचेतनामुलक र्‍याली निकालिएकाे छ ।

श्री जिल्ला उच्चांगल रामदेव कलवार माद्यमिक विद्यालय पोखरीयाको प्राङ्गणबाट सुरु भएकाे र्‍याली पोखरिया बजार र सतवरिया टोलको परिक्रमा गरि पुन: विद्यालयमा पुगी काेण सभामा परिणत भएकाे थियाे ।

दिव्य विकास स्राेत केन्द्रका अध्यक्ष उमेश चाैहानकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन पोखरीया नगरपालिकाका मेयर प्रदुमन चौहानले ब्यानर पढेर उद्घाटन गरेका थिए ।

काेण सभालाई सम्बाेधन गर्दै मेयर चाैहानले लैंगिक हिंसा र दहेज विरोध गाउँ गाउँ, टोल, विद्यालय, समुदाय, समाज र घरपरिवारमा जनचेतना फैलाउन जरुरी रहेको वताए ।

पोखरीया नगरपालिकाकी उपमेयर रूबी ठाकुरले एडस, लैंगिक हिंसा र दहेज विरूधको जनचेतनामूलक कार्यक्रम गर्नु सराहनिय भएकाे वताइन ।

 उनले छिट्टै ने यस्तै खाले जनचेतनामूलक कार्यक्रम पोखरीया नगरपालिकाले पनि संचालन गर्ने वताइन ।

साे अवसरमा नेपाल रेडक्रस सोसाइटी पोखरीयाका सभापति भगवान कुर्मी, दिव्य विकास केन्द्रका कार्यकारीका निर्देशक रामाकान्त प्रसाद कुर्मी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन गुलशन कुमार तिवारीले गरेका थिए ।

पाेखरिया अस्पताललाई सरसफाई तथा स्वच्छता सामग्री

वीरगंज । दिव्या विकास श्रोत केन्द्र पर्साको आयोजनामा पर्साकाे पोखरिया नगरपालिकामा सरसफाई तथा स्वच्छता सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

युएसएआईडीएआरएच परियोजना अन्तर्गत लैंगिक हिंसा विरूद्धकाे १६ दिने अभियान अन्तर्गत विश्व एड्स दिवसको अवसरमा नगरपालिकाकाे वडा नं. ४ मा रहेकाे पाेखरिया अस्पताललाई सरसफाइ तथा स्वच्छता सामग्री हस्तान्तरण गरिएकाे दिव्य विकास स्राेत केन्द्रले जनाएकाे छ ।

केन्द्रका कार्यकारी निर्देशक राममाकान्त प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पोखरीया नगरपालिकाकी उपमेयर रूबी ठाकुरले पोखरीया अस्पतालको प्रतिनिधि सन्जु दासलाई फेनाइल, कुचो, झाडू, डस्टबीन, हार्पिक्स, वाईपर, पोछा, ब्रस, डस्ट पैन लगायतका सरसफाइ तथा स्वच्छता सामग्री हस्तान्तरण गरेकी थिइन ।

साे अवसरमा केन्द्रका कन्हैया प्रसाद जैसवाल, श्री भगवान प्रसाद, अनु अधिकारी, विष्णु पटेल लगायतकाे उपस्थिति रहेको थियाे ।

शिक्षा समिती र प्रधानाध्यापक बिचको समन्वयात्मक बैठक

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकाको शिक्षा समिती र प्रधानाध्यापकहरु बिचको समन्वयवात्मक बैठक सम्पन भएको छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताको अध्यक्षतामा बसेको बैठकले यहि पुष ५ गतेदेखी अर्धबार्षिक परिक्षा संचालन गर्ने निर्णय गरेको छ ।

यसका साथै गाउँपालिका कै सभा हलमा बसेकाे बैठकमा अर्धबार्षिक परिक्षाकाे प्रश्नपत्र र परिक्षाको मितीमा एकरुपता हुनु पर्ने जस्ता निर्णय भएको गाउँपालिकाका शिक्षा संयोजक दामोदर दुबेले बताए ।

बैठकमा परिक्षाको कपी पालिकामा अन्तर्गतका विद्यालयमा परिवर्तन गरेर चेक चेकजाच गर्ने बारे पनि छलफल भएको प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरीले बताए ।

बैठकमा गाउँपालिकाको १६ वटा विद्यालयमा दिवा खाजा संचालन भएको खर्चको फर्छाैटका लागी पत्र ल्याई पुरानो भुक्तानी लिनु पर्ने र दिवाखाजा निरन्तरत रुपमा संचालन, प्रभावकारी रुपमा कक्षा संचालन गर्ने निर्णय पनि भएकाे वताइएकाे छ ।

बैठकमा प्रमुख प्रशासकिय अधिकृत उदयशंकर चौधरी, उपाध्यक्षकी स्वकिय सचिव नसुरुल्लाह मियाँ, शिक्षा प्रमुख दामोदर दुबेसहित गाउँपालिका अन्तर्गतका १५ विद्यालयका प्रधानाध्यापकहरुकाे सहभागीता रहेको थियो ।