Date
बिहि, असार ४, २०८३
Thu, June 18, 2026
Home Blog Page 325

पत्रकार महासंघको सदस्यता सूचि सच्याउन समाजवादी प्रेस संगठनकाे माग

वीरगंज । समाजवादी प्रेस संगठनले  नेपाल पत्रकार महासंघको जेठ २६ मा हुने तीनै तहको निर्वाचन पू्र्वप्रकाशित गर्नुपर्ने सूचीमा जालझेल भएको भन्दै आपत्ति जनाएको छ । संगठनमा अध्यक्ष विश्वमणि सूवेदीले विज्ञप्ति जारी गर्दै जालझेल गरी बनाको सूचिलाई २४ घण्टाभित्र सच्चाउन भनेका छन् । नसच्याए देशभर महासंघमा तालाबन्दी गर्ने चेतावनी पनि दिएका छन् ।

यसअघि सदस्यता शुद्धिकरणका क्रममा भएका विभेदपूर्ण सिफारिसलाई सच्याउनका निम्ति महासंघले उजुरी छानबिन गर्ने चार सदस्यीय कार्यदल बनाएर काम अगाडि बढाएको थियो ।

सोही कार्यदलका सदस्यहरुको उपस्थितिमा जेठ ८ गते देशभरिको सदस्यता सूची तयार पारिएको थियो । चार सदस्यीय कार्यदलले सदस्यता सूचीलाई अन्तिम रुप दिएपछिको नामावली निर्वाचन समितिलाई बुझाउनुको सट्टा रातारात कतिपय गैरपत्रकारका नाम सदस्यका रुपमा थप्ने, कतिपय नाम हटाउनेजस्ता काम भएको संगठनको आरोप छ ।

जिल्ला लिग फुटबल प्रतियोगिता : दुबै टिम एक-एक अंक बाडे

वीरगंज । वीरगंजमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा दोस्रो दिनको खेलमा सगरमाथा युवा क्लब बगही र शक्ति युवा क्लब परवानीपुरले बराबरी खेलेका छन ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा आदर्शनगर खेल मैदानमा जारी खेलमा शक्ति युवा क्लब र सगरमाथा युवा क्लबले १-१ गोलको बराबरी खेलेका हुन । खेलको पहिलो हाफमा शक्ति युवा क्लबका विशाल ढुङेलले गोल गरेका थिए ।

खेलको सुरु मै पहिलो गोल गरेर अग्रता बनाएको शक्तिले पहिलो हाफको अन्तिममा गोल खान पुग्यो । त्यसपछि खेलको अन्तिम समय सम्ममा दुबै टिम आफ्नो स्कोर अगाडि बढाउन सकेनन् । आजको खेलको म्यान अफ दि म्याच सगरमाथा युवा क्लबका क्षितिज तामाङ भए ।

अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी हुने आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए । भोलिको खेल लालिगुरास युथ क्लब विर्ता र ग्यालेक्सी युवा क्लब पिपरा बीच हुने महासचिव परीयारले बताए ।

मन्त्री प्रदीप यादवद्वारा स्वास्थ्य मन्त्रालयको कार्यालयमै अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य मन्त्रालयको कार्यालयमै अनुगमन गर्नुभएको छ । मन्त्री यादवले आइतबार सवा १० बजे तिर कार्यालयअन्तर्गत रहेका विभिन्न महाशाखा, शाखा र फाँटहरूको छड्के अनुगमन गर्दै कर्मचारीहरूको समयमा उपस्थित भएर काम गरे नगरेको विषयमा जानकारी लिनुभएको हो ।

अनुगमनका क्रममा मन्त्री यादवले कर्मचारीहरूसँग छलफल पनि गर्नुभयो । कर्मचारीहरूले गर्ने काम कारबाही लगायतका गतिविधिसँगै योजनाहरूको प्रगतिको विवरण लिनुका साथै कार्यान्वयनका क्रममा आएका समस्याको बारेमा समेत जानकारी लिनुभयो ।

त्यस्तै उहाँले कर्मचारीहरूले कार्यालयमा काम गर्ने समयमा आएका अप्ठ्यारा र व्यक्तिगत समस्याका बारेमा समेत जानकारी लिनुभयो । ‘मातहतका अन्य विभाग र संस्थाहरू अनुगमन गर्नुका साथै आफै बसेर काम गर्ने कार्यालयको बारेमा पनि अपडेट राखौँ भनेर आज अनुगमन गरेको हुँ,’ मन्त्री यादवले भन्नुभयो, ‘अनुगमनसँगै कर्मचारीहरूसँग चिनजान हुनुका साथै छलफल गर्ने अवसर पनि मिल्यो ।’

कार्यालय अनुगमन गर्नुको उद्देश्य कर्मचारीहरूसँग व्यक्तिगत सम्बन्ध स्थापित गर्नु पनि रहेको मन्त्री यादवले बताउनुभयो । मन्त्री यादवले कार्यालय समयमा उपस्थित नभएका कर्मचारीहरूको बारेमा समेत जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ । समयमा नआउने र आएर पनि गयल हुने कर्मचारीहरूलाई तत्कालै कारबाही गर्न उहाँले निर्देशन समेत दिनुभएको थियो ।

वीरगंजमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु

वीरगंजमा । वीरगंजमा शनिबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ ।

पर्सा जिल्ला फुटबल संघको आयोजनामा जिल्लामा रहेको क्लबहरुको सहभागिता उक्त प्रतियोगिता सुरु भएको हो ।

आदर्शनगर खेल मैदानमा भएको उदघाटन खेलमा युवा स्पोर्ट्स क्लब र युनिटी युवा क्लब बीचको बराबरी भएको थियो ।

खेलको निर्धारित समयमा दुबै टिम बिना गोल बराबरी खेलेका हुन । शनिबार भएको खेलको म्यान अफ दि म्याच युवा स्पोर्ट्स क्लबका गोलकिपर सावन कुमार भए ।

अगामी जेठ २६ गते सम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी हुने आयोजक क्लबका महासचिव विनोद परीयारले जानकारी दिए ।

भोलिको खेल सगरमाथा युवा क्लब र शक्ति युवा क्लब बीच हुने महासचिव परीयारले बताए ।

प्रतियोगिताको उदघाटन अखिल नेपाल फुटबल संघका केन्द्रिय महासचिव किरण राईले गरेका थिए ।

खेल उदघाटन कार्यक्रममा सम्बोधन गर्दै उनले अब संघको राजनीतिलाई एउटा डालोमा राखेर खेलकुद प्रतियोगिता निरन्तर अगाडि बढाउने बताए ।

यस्तै अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले पनि केही समय देखि रोकिएको सबै प्रतियोगिता अब सुरु हुन लागेको बताए ।

पर्सा जिल्ला फुटबल संघ पर्साका अध्यक्ष रोसन कलवारको अध्यक्षता भएको उदघाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघ मधेस प्रदेशका महासचिव दिपक साह, नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव, भेट्रान सिटि क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत, वरिष्ठ उपाध्यक्ष रोसन श्रेष्ठ लगायतकाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पर्सा जिल्ला फुटबल संघका महासचिव बिनोद परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पंकज श्रेष्ठले गरेका थिए ।

पर्सामा ३२ हजार बालबालिकालाई ‘आइपीभी’ खोप लगाइँदै

 

प्रिन्सिपल एसोसिएन अफ नेपाल पर्साकाे कार्यसमिति गठन

वीरगंज । प्रिन्सिपल एसोसिएन अफ नेपाल पर्साको जिल्ला कार्यसमिति गठन भएको छ । शारदा मा.वि बहुअरी सुगौलिका प्रधानाध्यापक बिनोद मेहताको अध्यक्षतामा २५ सदसीय जिल्ला कार्यसमित गठन भएको हो ।
 
नवगठित समितिको उपाध्यक्षमा माईस्थान मा.वि वीरगंजका प्रधानाध्यापक मुनिलाल कर्ण, सचिवमा ने.रा प्रा.वि मधवलका प्रधानाध्यापक मुकलेश राउत गद्दी, सहायक सचिवमा कोईलाभार आ.वि का प्रधानाध्यापक सुरुज नारायण पटवारी, कोषाध्यक्षमा कन्या मा.वि वीरगंजकी प्रधानाध्यापिका अनिता साह चयन भएका छन् ।
 
यसैगरी समितिकाे सदस्यहरुमा त्रिजुद्ध मा.विका प्र.अ. नविन कुमार मिश्रा, श्रीपुर विद्यापीठ मा.विका प्र.अ अनिल वर्णवाल, द्वारदेवी मा.वि अलौका प्र .अ दयाकान्त झा, मु.सु मा.वि बहुदरमाईका प्र.अ लक्ष्मीकान्त साह, सुरजीदेवी मा.वि वीरगंजका प्र.अ रामनारायण मिश्र, सन्ठी मा.वि जगरनाथपुरका प्र.अ रामादेश चौहान, जिल्ला उच्चांगन मा.वि पोखरियाका प्र.अ ओमप्रकाश साह रौनियार, श्री मंगल मा.वि भिस्वाका प्र.अ दिनेश प्रसाद कुर्मी, अजिज मिया मा.वि धोविनीका प्र.अ जितेन्द्र राम लगायत रहेका छन् ।
 
सामुदायिक विधालयहरुको नेतृत्वकर्ता प्रधानाध्यापकहरुको शैक्षिक प्रशासन र व्यवस्थापनमा सहयोग तथा सहजीकरण गर्न प्रधानाध्यापकहरुको क्षमता अभिवृद्धि गरी सामुदायिक बिद्यालयहरुको शैक्षीक गुणस्तर उकास्ने उद्देश्यले समिति गठन गरिएको प्रिन्सिपल एसोसियन अफ नेपाल पर्साका अध्यक्ष बिनोद मेहताले बताए ।
 
प्रिन्सिपल एसोसियसन अफ नेपाल पर्साका जिल्ला संयोजक बिनोद मेहताको अध्यक्षतामा तथा प्रिन्सिपल एसोसियसन अफ नेपाल मधेश प्रदेशका उपाध्यक्ष सुबास कुमार यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मधेश प्रदेश समिति सदस्य महानन्द मावि बगहिका प्र.अ राजकुमार सिंहसहित पर्साको चौध वटै स्थानीय तहमा रहेका सामुदायिक विधालयहरुका प्रधानाध्यापकहरुको सहभागती रहेको सचिव मुक्लेश राउत गद्दीले जानकारी दिए ।

प्रेस सेन्टर पर्साद्वारा पत्रकार खनाल र मण्डल पुरस्कृत

वीरगंज । प्रेस सेन्टर नेपाल पर्साले स्व.कृष्णसेन स्मृति दिवसको अवसरमा दुई जना पत्रकारलाई पुरस्कृत गरेकाे छ । प्रेस सेन्टरले यसै बर्षदेखि स्थापना गरेकाे कृष्णसेन स्मृति सम्मान पुरस्कार र प्रेस सेन्टर पर्सा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरेकाे हाे ।

एक कार्यक्रमका बिच प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा बारा इञ्चार्ज कृष्ण उदास खनाललाई कृष्णसेन स्मृति सम्मान पुरस्कार र सेन्टरका सदस्य राम मण्डललाई प्रेस सेन्टर नेपाल पर्सा क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मान गरिएकाे  हाे ।

कार्यक्रमका अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चाैहान र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले संयुक्त रुपमा दुवैजनालाई जनही २१-२१ हजार पुरस्कार राशीकाे चेक र सम्मान पत्रले सम्मान गरेका थिए ।

प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गाैतमकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिताल, बार एशाेसियसन पर्साका अध्यक्ष अधिवक्ता कमल माेहन पाेखरेल, वीरगंज उद्याेग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल, पर्सा अध्यक्ष शम्भु कुमार सुमन, प्रेस युनियन पर्साका उपाध्यक्ष अलि असगर देवान लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य एवम् पर्सा इन्चार्ज निरज पिठाकाेठे मगरले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन प्रेस सेन्टर पर्साका सचिव शवनाथ यादवले गरेका थिए ।

वीरगंजस्थित वृन्दावन हाेटलमा भएकाे कार्यक्रममा प्रेस सेन्टरका संस्थापक पत्रकार सुदर्शन राज पाण्डे, गाेबिन्द देवकाेटा, जगत राई, दिपक गाेतमलाई पनि सम्मान गरिएकाे थियाे ।

रास्वपा पर्साको संजाेजक बने हरि पन्त

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे पर्सा संयाेजककाे जिम्मेवारी बुद्धि प्रसाद पन्त (हरि पन्त)ले पाएका छन् ।

जनकपुरमा बसेकाे रास्वपाकाे बैठकले पर्सा संयाेजककाे जिम्मेवारी पन्तलाई दिने निर्णय गरेकाे हाे । पन्त रास्वपाकाे मधेस प्रदेश समिति सदस्यपनि हुन् ।

रास्वपा मधेस प्रदेशका महामन्त्री तथा मधेस प्रदेश संगठन विभाग प्रमुख मनिष कुमार साहले पन्तलाई संयोजकको जिम्मेवारी दिइएकाे पत्र प्रदान गरे ।

त्यस अवसरमा रास्वपाका केन्द्रीय महामन्त्री मुकुल ढकाल, पर्सा जिल्लाका निवर्तमान संयोजक दिलिप कुर्मी, उपसंयोजक तुलसा अधिकारी, पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्र लगायतको उपस्थिती थियाे।

रास्वपाको बिधान बमोजिम सम्बन्धित जिल्लामा रहेका प्रदेश सदस्य मध्येबाट एक जना जिल्ला संयोजक र एक जना जिल्ला उप–संयोजक निर्बाचित हुने प्रावधान छ ।

पर्सा जिल्ला संयाेजककाे जिम्मेवारी पाएपछि पन्तले पर्सा जिल्लामा रास्वपालाई बलिायो बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताए । संगठन बिस्तारलाई प्राथमिकता दिँदै पर्सा जिल्लाका १४ वटै स्थानमा तहमा जाने भन्दै उनले आगामी निर्वाचनमा पर्सा जिल्लामा रास्वपालाई जनताले विश्वास गर्ने वातावरणको निर्माण गर्ने बताए ।

पन्त होटल व्यवसायी महासंघ नेपालका केन्द्रिय सचीव तथा होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष पनि हुन् ।

लियो क्लब वीरगंजको नयाँ कार्यसमिति गठन

वीरगंज । लियो क्लब अफ वीरगंजले वर्ष २०२४/२५ को लागि नयाँ कार्यसमिति गठन गरेको छ । बिहिबार बसेको क्लबको बैठकले इन्जिनियर मुसरफ अन्सारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

नव नियुक्त अन्सारीको नेतृत्वमा गठन भएको नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा लियो सादिया प्रविन,सचिवमा लियो रजत पाण्डे, कोषाध्यक्षमा लियो आसिम सम्मानी, सह-सचिव लियो सेख अन्जर, सह-कोषाध्यक्ष लियो सेख सारिक, जनसम्पर्क अधिकृत लियो कबिर फिरोज, टेल ट्विस्टर प्रेम प्रजापती, सल्लाहकारमा लियो मेराजुल हवारी, जेयाद अन्सारी, रिसभ अग्रवाल, सरिता खडगी, तिवारी यादव, शम्भु कुमार सुमन, रामकिसोर सिंह, होम क्लन लायन्सको तर्फबाट लायन्स बिनित जैस्वाल चयन भएका छन ।

यस्तै क्लबले कार्यसमितिको पुर्णता लगायत अन्य पदाधिकारीको चयन अगामी दिनमा बस्ने नयाँ कार्यसमितिले गर्ने लियो क्लब अफ वीरगंजले जनाएको छ । नव नियुक्त क्लबका अध्यक्ष अन्सारीले वीरगंज क्षेत्रको विकास र पछाडी परेको क्षेत्रमा लियो क्लब अफ वीरगंजले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

उनले आफुलाई सानैदेखि सामाजिक क्षेत्रमा काम गर्ने रहर भएको र अहिले त्यसको लागि उपयुक्त स्थान पाएको बताए ।

वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा स्वास्थ्य मन्त्री यादवको छड्के अनुगमन

वीरगंज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले काठमाडौँस्थित वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा छड्के अनुगमन गरेका छन् । बुधवार दिउँसो मन्त्री यादवले मन्त्रालयका सचिवलगायतका कर्मचारीहरूसँग अस्पताल र सेन्टरमा पुगेर छड्के अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा वीर अस्पतालस्थित आकस्मिक कक्षमा एउटै बेडमा तिन जनासम्म बिरामीहरूलाई राखेर उपचार गरिरहेको पाइएको थियो । त्यस्तै अस्पतालस्थित फार्मेसीले व्यवस्थित ढङ्गले औषधी वितरण नगर्दा धेरै भिड लाग्ने, भिडियो एक्स-रे कक्षमा कर्मचारीहरू उपस्थित नहुने, डायलिसिस गर्न आएका बिरामीहरूले शय्याका कारण समस्या खेप्नुपर्ने र जानकारीको अभावमा बिरामी तथा कुरुवाहरूलाई सास्ती भोग्नु परिरहेको पाइएको थियो ।

अस्पताल र सेन्टरमा रहेका बिरामी र तिनका कुरुवाहरूसँग समेत मन्त्री यादवले कुराकानी गरेका थिए । सो क्रममा उनीहरूले अस्पतालमा स्वास्थ्यकर्मीहरूले समयमा उपचार नगरिदिने, इन्स्युरेन्सको औषधी लिन धेरै समयसम्म कुर्नुपर्ने, फार्मेसी व्यवस्थित नहुँदा धेरै भिड लाग्नेलगायतका समस्या रहेको बताएका थिए ।

मन्त्री यादवले वीर अस्पतालका उपकुलपति डा. भूपेन्द्र बस्नेतलाई बिरामी तथा कुरुवाले गरेको गुनासोलाई तत्काल सुधार गर्न निर्देशन दिए । त्यस्तै फार्मेसीको समस्यालाई समाधान गर्न टोकन प्रणाली लागू गर्न, ड्युटीमा अनुपस्थित कर्मचारीहरूलाई कारबाही गर्न निर्देशन दिनुका साथै अस्पताल पछाडि जम्मा गरिएको कवाडीलाई तत्कालै अन्यत्र व्यवस्थापन गर्न सुझाव दिए ।

त्यसै गरी अस्पतालमा रहेको जनशक्तिलगायत अन्य समस्यालाई पनि समाधान गर्न आफू लागिपरेको बताउँदै उनले भने, ‘जनशक्तिको समस्यालाई समाधान गर्न म लागेको छु । अर्थमन्त्रीज्यूसँग पनि यस विषयमा मेरो छलफल भएको छ । यो छिट्टै समाधान हुन्छ ।’

त्यसै गरी राष्ट्रिय ट्रमा सेन्टरको अनुगमनका क्रममा उपचारका लागि बिरामीलाई धेरै समयसम्म कुर्नुपर्ने समस्या रहेको, नर्सिङ स्टाफहरू राजीनामा दिएर विदेश गएका कारण रातीको समयमा ड्युटीमा खट्ने कर्मचारी अभाव रहेको, ओपिडीमा धेरै भिडभाड रहेको पाइएको थियो । मन्त्री यादवले सो समस्यालाई समाधान गर्न त्यहाँका प्रमुखलगायतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

यादवले देशभरका अस्पतालहरूमा आफूले छड्के अनुगमन गर्दै सेवाग्राही र जनतासँग प्रत्यक्ष रुपमै भेटघाट गरेर उनीहरूको समस्या सुन्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अनुगमनमा मन्त्रालयका सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा. विकास देवकोटा, डा. दीपेन्द्र रमण सिंह, मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारी, मन्त्रीका निजी सचिव डा. भक्तराज जोशी, विशेष सल्लाहकार अवधेशकुमार दास लगायतको सहभागिता रहेको थियो ।