Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष सुमन नेतृत्वको कमिटी नै आधिकारिक

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमन नेतृत्वको जिल्ला कमिटीले आधिकारिकता पाएको छ ।

समाजवादी प्रेस संगठन नेपालको मिति २०८२ जेठ २ गते बसेको कार्यालयको बैठकले अध्यक्ष सुमन नेतृत्वको समिति नै आधिकारिक रहेको निर्णय गरेको हो । संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संगठनको पर्सा जिल्लामा रहेको विवाद व्यवस्थापन गर्न वरिष्ठ उपाध्यक्ष नवराज छत्कुल्ली संयोजक रहेको विवाद व्यवस्थापन समिति बनाएको थियो ।

सोही समितिको प्रतिवेदन समेतलाई आधार मानी २०८० साल माघ १२ गते संगठनका तत्कालीन पदाधिकारी, पार्टी जिल्ला नेतृत्वसहितको उपस्थितिमा भएको संगठनको पर्सा जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शम्भु कुमार सुमन रहेको कमिटीलाई आधिकारिता दिने निर्णय गरेको संगठनका महासचिव रोहित दाहालले जानकारी दिए ।

महासचिव दहालले बुधबार समाजवादी प्रेस संगठन, नेपालका उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज सुभाष प्रसाद साह, केन्द्रीय सचिव वृजलाल पासवान र पर्सा जिल्ला अध्यक्ष शम्भु कुमार सुमनलाई एक पत्र लेख्दै सोही अनुसार संगठनको काम गर्न/गराउन आग्रह समेत गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...