Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको भोजपुरी प्रतिष्ठानले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन गरेको छ ।

उक्त अभियान अन्तर्गत शुक्रबार कन्या माध्यमिक विद्यालयमा एक कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रमोद पाण्डेले मधेशमा भोजपुरी भाषाको प्रचलन र यसको महत्वको बारेमा प्रकाश पार्दै सबैलाई आफ्नो मातृभाषाको विकासमा योगदान पुर्याउन आह्वान गरे। उनले भाषा भनेको के हो, यसको अवस्था र विकासका उपायहरूको बारेमा विद्यालयका कक्षाका विद्यार्थीहरूसँग छलफल गरे।

प्रतिष्ठानका सदस्य मुकेश महतो नुनियाले भोजपुरी लोक चित्रकलाको महत्व र यसलाई संरक्षण गर्ने उपायहरूको बारेमा जानकारी दिए। उनले विद्यार्थीहरूलाई चित्र कोर्ने सजिलो उपायहरूको बारेमा प्रयोगात्मक जानकारी प्रदान गरे। कवि र गीतकार आमोद गुप्ताले भोजपुरी गीतमार्फत भाषा र संस्कृतिको महत्वको सन्देश दिए। उनले आफैले लेखेका कविता पनि वाचन गरे र भोजपुरी तथा अन्य कविता लेखनका लागि आवश्यक जानकारी प्रदान गरे।

कार्यक्रममा श्याम सर्राफले मातृभाषाको प्रयोगमा लाज नगरी यसको सकारात्मक पक्षलाई आत्मसात गर्न आग्रह गरे। उनले विरासतमा प्राप्त लोक धुन र लोक गीतहरूको प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

भोजपुरी प्रतिष्ठानकी अध्यक्ष अनिता साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन माधुरी महतोले गरेकी थिइन्। कार्यक्रममा ७० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

भोजपुरी प्रतिष्ठानले आगामी दिनहरूमा पनि यस अभियानलाई निरन्तरता दिने जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...