Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

ठाकुरराम क्याम्पसमा शिक्षकलाई कार्यकक्षमै थुनेर विद्यार्थीको विरोध

spot_img
spot_img

वीरगंज । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा फर्जी भर्ना प्रकरणका कारण आक्रोशित विद्यार्थीहरूले क्याम्पस परिसरमा विरोध प्रदर्शन गर्दै क्याम्पस प्रमुखसहित केही शिक्षकलाई कार्यकक्षमै थुनेका छन् ।

लामो समयदेखि फर्जी भर्नासम्बन्धी गम्भीर आरोप लगाउँदै आएका विद्यार्थीहरूले प्रशासनले कुनै सुनुवाइ नगरेको भन्दै आजको प्रदर्शनमार्फत ती शिक्षक र क्याम्पस प्रमुखमाथि दबाब सिर्जना गर्न कार्यकक्षमै थुनेर विरोध जनाएका हुन् ।

विद्यार्थीहरूले क्याम्पस प्रशासनले हजारौँ रुपैयाँ असुलेर नक्कली कागजातको आधारमा केही विद्यार्थीलाई अवैध रूपमा भर्ना गरेको आरोप लगाएका छन् । पटक–पटक उजुरी र प्रमाण पेस गर्दा पनि छानबिन नहुँदा आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको उनीहरूको भनाइ छ ।

प्रदर्शनका क्रममा स्वतन्त्र युवा समूहका श्याम प्रसाद गुप्ता, समाजवादी विद्यार्थी युनियनका सागिर आलम र अखिल क्रान्तिकारीका अनिस पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसक्रममा थुनिएका क्याम्पस प्रमुखसहित केही शिक्षक तथा कर्मचारीलाई पछि प्रहरीले उद्धार गरेको जनाइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...