Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

२४ बुंदे माग पुरा गर्न एकीकृत समाजवादी पर्साले बुझायाे स्मरण पत्र

spot_img
spot_img
वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्सा जिल्ला कमिटीले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई स्मरण पत्र बुझाएकाे छ ।
 
गत बैशाख १९ गते केन्द्रीय एवं पर्सा जिल्लाका समसामयीक माँगहरुलाई समेटेर प्रमुख जिल्ला अधिकारी अर्याल मार्फत संघिय सरकारलाई बुझाएकाे २४ बुँदे माँगहरुकाे एकीकृत समाजवादी पर्साले स्मरण गराएकाे हाे । हाम्रा माँगहरुलाई गम्भिरताको साथ लिइयोस् र त्यसलाई सम्बोधन गर्न वर्तमान नेपाल सरकारको प्रमुखले तत्परता देखाओस भन्दै स्मरण पत्र बुझाइएकाे एकीकृत समाजवादी पर्साका अध्यक्ष बालगाेपाल थापाले वताए । 
 
पर्सास्थित विभिन्न स्वदेशी तथा बहुराष्ट्रिय उद्योग तथा कल-कारखानामा दक्ष, अध्यक्ष, संजदुरको नाममा गैर नेपाली मजदूरहरूलाई काममा राख्ने र नेपाली श्रमिक तथा मजदूरहसालाई बेरोजगार तथा विदेश पलायन हुने अवस्था तत्काल बन्द गर्न, पर्साका किसानहरूलाई सहज मल-वाघ समयमा नपाउने, पाएमा कालाबजारीबाट किन्न बाध्न हुनु पर्ने, छिमेकी मुलुकबाट ल्याउँदा प्रशासनिक यातना भोग्नुपर्ने, साथै सिचाईको समस्या असल बिजांशी अभाव, कृषी विद्युतमा समस्या, कृषि ऋणमा झन्झट र शोषण, प्राविधिक सेवामा कृष र पशु केन्द्रबाय पाउँने पिडाहरु तत्काल रोकन माग गर्दै पार्टीले ज्ञापन पत्र बुझाएकाे थियाे ।
 
यसैगरी किसानहरूले सहज र सरकारले तोकेको मूल्यमा पाउनुपर्ने, मल खाद्यहरुमा राजनितिक हस्तक्षेप, सहकारी नाममा सेटिङ्ग, विचौलियाहरूको गलत चलखेलबाट हुने शोषण र विकृतिलाई तत्काल रोकन, आर्थिक तथा वितिय नीतिहरूलाई कृषि तथा औद्योगिक मैत्री बनाइयोस्, उद्योगि-व्यापारीहरूमाथी राज्यद्वारा हुने गरेको गैर कानुनी हस्तक्षेप, डर, त्रास, आर्मक र प्रशासनिक छापामारी शैलिलाई तत्काल बन्द गर्न, सामुदायीक विद्यालयहरूमा प्राविधिक तथा व्यवसायीक तथा सिपमुलक शिक्षामा जोड दिन लगायतका माग राख्दै पार्टीले ज्ञापन पत्र बुजाएकाे थियाे । साेही मागहरुलाई पुरा गर्न पार्टीले स्मरण पत्र बुझाइएकाे अध्यक्ष थापाले जानकारी दिए ।
 
स्मरण पत्र बुझाउन साेमबार जिल्ला प्रशासन कार्यालय पर्साका नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मनाेज चाैधरी, पर्सा जिल्ला अध्यक्ष थापा, सचिव गंगा खड्का, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सचिव बृजलाल पासवान लगायतका पुगेका थिए ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...