Date
आइत, भदौ २८, २०८३
Sun, September 13, 2026

सई पण्डितकाे सेटिङमा पर्सामा एतिहासिक तस्करी

spot_img
spot_img

वीरगंज । पर्सामा पछिल्लो समय संस्थागत रुपमा तस्करी मौलाएको पाईएको छ । केही समय यतादेखि जिल्लामा प्रहरी कै मिलेमतोमा एतिहासिक तस्करी भईरहेको पाईएको हो ।

जिल्लामा करिब एक महिना यता एक लाख भन्दा बढिको भन्सार छलिको अवैध समाग्री पक्राउ नपरेको पर्सा प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । साे तथ्यांक अनुसार जिल्लामा अहिले तस्करी नियन्त्रणमा रहेको देखिएपनि जिल्लाका विभिन्न नाकाबाट संस्थागत रुपमा एतिहासिक तस्करी भईरहेको स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन ।

स्थानीयहरुका अनुसार पर्सा जिल्लाको करिब एक दशकको ईतिहासमा अहिले जस्तो संस्थागत तस्करी नभएको पर्सामा कार्यरत पुर्व प्रहरी अधिकारीहरु बताउने गरेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका क्राईम शाखाका बरिष्ठ प्रहरी नायब निरिक्षक (सई) लोकेन्द्र पण्डितको सेटिङमा तस्करी भइरहेकाे तस्करहरु नै बताउने गरेका छन । सई पण्डितको निर्देशनमा काईम शाखा कै प्रहरी हवलदार निरज सिंहलाई आर्थिक संकलन गर्न खटाइएकाे छ ।

क्राइम शाखाका सिंहले पण्डितको निर्देशनमा पैसा उठाउने देखि लाइनमा सहजीकरण गर्दै आएको तस्करहरुले बताउन्छन् । बरिष्ठ सई पण्डितले जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेका चौकी ईन्चार्जहरुको माध्यमबाट समेत तस्करहरु संग रकम असुल गरीरहेका छन ।

स्थानिय प्रत्यक्षदर्शीका अनुसार अहिले जिल्लाको मुख्य भन्सार, ईनर्वा गाउँ, छपकैया, अलौ, कोनिया, अमरपट्टी, झौवा, प्रसौनीभाट्टा, धोरे, सिक्टा भिस्वा‍, जानकीटोला नाकाबाट व्यापक तस्करी भइरहेकाे छ ।

ईनर्वा गाँउबाट महिला पोकेहरुको अटो रिक्सा सेटिङ्गमा भारतीय सटिङ्ग सुटिङ्गको कपडा, रेडिमेड कुर्ता सुरुवाल, थानको कपडाको तस्करी गरी वीरगंजकाे ट्रान्सपोर्टहरुमा पुग्ने गरेको छ ।

यस्तै मुख्य भन्सार भएर अटो रिक्सा सेटिङ्गमा कपडा, हार्डवेयर, काजुकिसमिसको तस्करी भईरहेको छ । त्यस्तै छपकैया नाकाबाट रातिको समयमा लचका घाटबाट कपडा, काजु किसमिस लगायतको समानहरुको मोटरसाईकल र अटोरिक्साको माध्यमबाट तस्करी भईरहेको छ ।

अलौ नाकाबाट खाद्यान्न, काजुकिसमिस, कबाड लगायतको समानहरुको तस्करी हुँदै आएको स्थानीयहरुले जनाएका छन ।
यति मात्र होईन अमरपट्टी र झौवा नाकाबाट भारतीय कुखुराको चल्ला, माछा, भैसी र किराना समाग्रीको तस्करी भईरहेको छ ।

सई पण्डित काे हुन् ?

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखमा एसपी गाैतम मिश्र आएपछि सई पण्डित क्राइम शाखाको कमान्डर बनेका छन ।

उनलाई जिल्लामा अहिले दोस्रो तहको कमान्डर भन्दा केहि फरक पर्दैन । लोकेन्द्र काठमांडौ उपत्यकाबाट आएका प्रहरी हुन् । तत्कालीन जिल्ला प्रमुख कुमोद ढुङ्गेेलकै कार्यकालमा पर्सा दरबन्दी बनाएका लोकेन्द्र यहाँ हाजिर भएनन् ।

उनले आफ्नो ब्याचमेट रमेश बजागाईलाई छाडेर काठमाडौं बसेका थिए । तत्कालीन प्रहरी प्रमुख कुमोद संगै आएका क्राइम शाखाका वरिष्ठ सई रमेश बजागाई संगै गएपछि लोकेन्द्र पर्सा आएका हुन ।

अहिले लोकेन्द्रको एकलौटी जिल्ला प्रहरीमा आर्थिक रकम संकलन देखि तस्करी गराउदै आएका छन । उनले सेटिङ गरेपछी अहिले जिल्लामा निर्वाध रूपमा तस्करी भइरहेको अवस्था छ ।

पर्सामा आएको समय देखि एनी हाउ माल कमाउ भन्ने नाराका साथमा तस्करी, हुण्डी, क्यासिनो, ट्रान्सपोर्ट लगायतबाट पैसा उठाईरहेका छन । वरिष्ठ सई लोकेन्द्रले तस्करबाट रकम लिने र लाइन दिनेको आधा दर्जन भन्दा बढी अडियो रेकर्ड पत्रकार सम्म पुगेकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...