Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । संजीवनी एकेडमी, पर्साद्वारा विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायलाई लक्षित गरी आयोजना गरिएको निःशुल्क आँखा, कान तथा नाक (ईएनटी) स्वास्थ्य परीक्षण शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।

विद्यालयकी संस्थापक तथा प्रधानाध्यापक बबीता गुप्ताको अध्यक्षतामा सम्पन्न शिविरको वीरगंज महानगरपालिका–१० का वडा अध्यक्ष सुसिल साह कानूले उद्घाटन गरे । सो अवसरमा दर्जनौँ बालबालिका, शिक्षक तथा स्थानीयवासीहरूले निःशुल्क सेवा प्राप्त गरेका छन् ।

शिविरमा वीरगंज सामुदायिक आँखा अस्पतालका महेश सिंह धामी, रुंगटा वेलफेयर फाउन्डेसनकी डा. श्लेश्मा रिजाल, डा. मुकेश मल्लिक, डा. नरेश कुमार पटेल तथा रुंगटा वेलफेयर कान अस्पताल परियोजनाका प्रमुख तथा ईएनटी विशेषज्ञ डा. जयनारायण थारु लगायतको अनुभवी चिकित्सक टोलीले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए ।

शिविरमा कान, नाक तथा घाँटीसम्बन्धी जाँचमा विशेष ध्यान दिइएको थियो । शिविरभर व्यापकरूपमा कानको श्रवण क्षमता जाँच, नाकको एलर्जी तथा सासप्रश्वाससम्बन्धी समस्या पहिचान, घाँटीका समस्या जस्तै टन्सिल, स्वर यन्त्रसम्बन्धी समस्या आदि जाँच गरिएको थियो । स्वास्थ्य परीक्षणसँगै सरसफाइ र स्वास्थ्य सचेतनाको विषयमा सहभागीहरूलाई जानकारीमूलक परामर्श प्रदान गरिएको थियो ।

शिविरमा विद्यालयका करिब ६५ जना विद्यार्थी तथा शिक्षकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने ३५ जना स्थानीय बासिन्दाहरू पनि लाभान्वित भएका थिए । सहभागीहरूमध्ये कतिपयलाई थप उपचारका लागि सिफारिससमेत गरिएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...