Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पोखरियामा अन्तर्राष्ट्रिय योग दिवस भव्यतापूर्वक सम्पन्न

spot_img
spot_img

पोखरिया । पोखरिया नगरपालिका वडा नं. ४ स्थित जिल्ला उचाँगल रामदेव कलवार उच्च माध्यमिक विद्यालयको प्रांगणमा अन्तर्राष्ट्रिय योग दिवस २०२५ विशेष कार्यक्रमका साथ मनाइयो ।

भारतको महावाणिज्य दूतावास, वीरगंज र पोखरिया नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा पोखरियाका जनप्रतिनिधि, युवा, महिला, विद्यार्थी, शिक्षक, कर्मचारी तथा सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

कार्यक्रममा भारतका महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत देवीसहाय मिणा, वाणिज्यदूत अजय जैन, वाणिज्यदूत मनिष कुमार दास, पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहान, वडा अध्यक्ष प्रमोद गिरी, लक्ष्मण साह कानु, प्रमाणन्द प्रसाद पटेल, नौसाद आलम, राधा साह कानु, पूर्व मेयर दिपनारायण प्रसाद रौनियार, प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंह, दिनेश प्रसाद चौहान, ओमप्रकाश रौनियार, भगवान प्रसाद कुर्मी, श्रीकिसुन प्रसाद चौहान लगायतकाे उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा योग प्रशिक्षक धिरेन्द्र कुमार सिंहले उपस्थित सहभागीहरूलाई विभिन्न योग आसन र ध्यान अभ्यास गराएका थिए । कार्यक्रममा योगका फाइदाबारे जानकारी दिँदै स्वस्थ जीवनशैलीको महत्वमाथि प्रकाश पारिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एमाले वीरगंज महानगर कमिटीमा लियाकत अली नेतृत्वलाई मान्यता, सुन्दर कुर्मीको नियुक्ति बदर

वीरगंज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटीले पर्सा जिल्ला कमिटीको नामबाट वीरगंज महानगर कमिटीको अध्यक्षमा सुन्दर कुर्मीलाई गरिएको नियुक्ति बदर गरेको छ...

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...