Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

प्रधानाध्यापक संघ पर्साकाे दोस्रो जिल्ला सभा सम्पन्न, विनोद मेहताको अध्यक्षतामा नयाँ समिति चयन

spot_img
spot_img

वीरगंज । प्रधानाध्यापक संघ नेपाल (PAN) पर्साको दोस्रो जिल्ला सभा मंगलबार वीरगञ्जको त्रिजुध माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। सभाबाट विनोद मेहताको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ ।

नवगठित कार्य समितिमा उपाध्यक्षमा मनोज कुमार श्रीवास्तव, सचिवमा मुकलेश राउत गद्दी, सह–सचिवमा सुरज नारायण पटवारी, कोषाध्यक्षमा अनिता कुमारी साह चयन भएका छन् । अन्य सदस्यहरूमा रमादेश प्रसाद चौहान, बिन्दु भूषण साह, अकबर हवारी, निमा जैसवाल, नसिमा प्रवीण, सबिर अहमद, रामनारायण मिश्र, सुनिल कुमार चौरसिया, लक्ष्मीकान्त साह, शेषनाथ प्रसाद साह, राजकिशोर साह, र चन्द्रमोहन चौरसिया रहेका छन् ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरी राउत कुर्मी प्रमुख अतिथि रहेका थिए भने PAN मधेश प्रदेशका सदस्य राजकुमार सिंह, वीरगञ्ज महानगर अध्यक्ष नवीन कुमार मिश्रलगायत पर्सा जिल्लाका विभिन्न पालिकाका प्रधानाध्यापकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

सभामा शिक्षाको गुणस्तर अभिवृद्धि, प्रधानाध्यापकहरूको नेतृत्व विकास, र विद्यालय व्यवस्थापनमा पारदर्शिता एवं उत्तरदायित्वका विषयमा महत्वपूर्ण छलफल तथा निर्णयहरू गरिएका थिए । नयाँ कार्य समितिले शिक्षा क्षेत्रमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...